विशेष समाचार

ग्यास बोकेको ट्यांकर दुर्घटना: एकको मृत्यु,एक जना गम्भीर घाइते

काठमाडौं । एलपी ग्यास लोड गरेको ट्यांकर पृथ्वी राजमार्गमा पल्टिँदा एक जनाको मृत्यु भएको छ । चितवनको इच्छाकामना गाउँपालिका वडा नम्बर ४ लेवाटारमा आज बिहान ६ बजेतिर ट्यांकर पल्टिएको थियो । चितवनको मुग्लिनबाट काठमाडौंतर्फ गइरहेको युपी ७० डिटी ६०५५ नम्बरको भारतीय ट्यांकर अनियन्त्रित भई सडक छेउमा पल्टिएको हो । दुर्घटनामा परेर एक पुरुषको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी विजयराज पण्डितले बताए । दुर्घटनामा परेर अर्का एक

धनुषाको एक परीक्षा केन्द्रमा  नेपालीको ठाउँमा विज्ञान विषयको प्रश्नपत्र पुग्यो

जनकपुरधाम । धनुषाको एक परीक्षा केन्द्रमा नेपाली विषयको प्रश्नपत्र पुग्नुपर्ने ठाउँमा विज्ञान विषयको पुगेको छ ।  रामप्रसाद माविमा विज्ञान विषयको प्रश्नपत्र पुगेको हो । त्यहाँ नेपालीको प्रश्नपत्र पठाउने तयारी भइरहेको छ । खामको माथि नेपाली लेखिए पनि भित्र विज्ञान विषयको प्रश्नपत्र भेटिएको धनुषाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहालले जानकारी दिए ।  पहिलो दिन अंग्रेजी विषयको परीक्षामा पनि प्राविधिक त्रुटिको कारण यस्तै समस्या भएको थियो । त्यहाँ ५० मिनेट ढिलो परीक्षा

उपनिर्वाचनका लागि तीन जिल्लामा आज उम्मेदवारी दर्ता हुँदै

काठमाडौं । आगामी वैशाख १० गते तनहुँ, बारा र चितवनमा हुने उपनिर्वाचनका लागि आज उम्मेदवारी दर्ता हुँदैछ । प्रतिनिधिसभाको रिक्त तीन वटै क्षेत्रमा हुने उपनिर्वाचनका लागि विभिन्न दल तथा स्वतन्त्र उम्मेदवारले आज मनोनय दर्ता गराउने भएका हुन् । प्रतिनिधिसभा अन्तर्गत तनहुँ क्षेत्र नम्बर १, चितवन क्षेत्र नम्बर २ र बारा क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचन हुँदैछ । गत मङ्सिर ४ गतेको निर्वाचनमा निर्वाचित रवि लामिछाने नागरिकतासम्बन्धी मुद्दामा सर्वोच्च अदालतको

चैत २६ गते आरआर क्याम्पसमा स्ववियु निर्वाचन हुने

काठमाडौं । राज्यलक्ष्मी (आरआर) क्याम्पसमा स्वतन्त्र विद्यार्थी युनियनको चुनाव चैत २६ गते हुने भएको छ । आइतबार बसेको सर्वपक्षीय बैठकमा चैत २६ गते स्ववियु निर्वाचन गर्ने सहमति भएको हो । विद्यार्थी संगठनभित्रको विवादले चैत ५ गते हुने भनिएको निर्वाचन स्थगित भएको थियो । स्ववियु निर्वाचनको विषयलाई लिएर सत्ता गठबन्धन निकट विद्यार्थी संगठनहरूले गत फागुन २६ गतेदेखि आरआर क्याम्पसमा ताला लगाएका थिए । निर्वाचन अधिकृतको राजीनामासहित फर्जि विद्यार्थी भर्ना सम्बन्धि छानबिनको

दुर्घटनाको उच्च जोखिमका कारण पाल्पा-बुटवल सडकखण्ड दैनिक ९ घण्टा बन्द हुने

काठमाडौं । पाल्पा–बुटवल सडकखण्ड अब दैनिक नौ घण्टा अबरुद्ध हुने भएको छ । सिद्दबाबा सुरुङमार्ग निर्माणका क्रममा हुने जोखिमलाई मध्यनजर गर्दै पाल्पा–बुटवल सडकखण्ड दैनिक ९ घण्टा बन्द गर्न लागिएको हो । राष्ट्रिय महत्वको सुरुङ मार्ग निर्माणमा दुर्घटनाको उच्च जोखिम हुने हुँदा चैत २१ गते मंगलबार बिहान ११ बजेदेखि अपराह्न २ बजेसम्म र राती १० बजेदेखि बिहान ४ बजेसम्म अर्को सूचना प्रकाशित नभएसम्म सडक बन्द हुने पाल्पाका प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद

कांग्रेससँग मेरो साइनो नै छैन:गोविन्दराज जोशी

काठमाडौं । नेपाली कांग्रेसका नेता गोविन्दराज जोशीले आफू कांग्रेसको मान्छे नभएको बताएका छन् । उपनिर्वाचनलाई लक्षित गर्दै पार्टीले उनीमाथिको कारबाही फुकुवा गरेपछि उनले यस्तो कटाक्षपूर्ण प्रतिक्रिया दिएका हुन् ।  नेता जोशीले एक वक्तव्य जारी गर्दै पूर्वमन्त्रीसमेत रहेका जोशीले कांग्रेसले आफूलाई कारबाही गरेर साधारण सदस्यबाट समेत निष्कासन गरिसकेकाले अहिले आएर पार्टीसँग आफ्नो कुनै साइनो नरहेको बताएका छन् । उनले भनेका छन्, ‘नेपाली कांग्रेसले म र म सँग सम्बन्धित मान्छेसँग कुनै किसिमको

मोदी इनर्जीको आईपीओ बाँडफाट

काठमाडौं । मोदी इनर्जी कम्पनी लिमिटेडले निष्काशन गरिएको आईपीओ बाँडफाट गरेको छ । कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकहरुका लागि उक्त आईपीओ फागुन २५ गतेदेखि चैत्र ९ गतेसम्म जारी गरेको थियो । कम्पनीका अनुसार तोकिएको समयभित्र रितपूर्वक आवेदनलाई आवेदकहरूमा आईपीओ बाँडफाट गरिएको छ ।  कम्पनीले आफ्नो जारी पुँजीको १५ प्रतितश अर्थात ४३ करोड ५० लाख रुपैयाँ बराबरको १०० रुपैयाँ अंकित दरका ४३ लाख ५० हजार कित्ता साधारण सेयरमध्ये १० प्रतिशत अर्थात ४

प्रतिनिधिसभा बैठक दिउँसो १ बजे बस्दै

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज (आइतबार) बस्ने भएको छ । वर्तमान संसद्को पहिलो अधिवेशनको १८ औँ बैठक बस्न लागेको हो । नयाँ बानेश्वरस्थित संघीय संसद् भवनमा दिउँसो १ बजे बैठक बस्नेछ । बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ‘राष्ट्रिय समावेशी आयोगको चौथो वार्षिक प्रतिवेदन (आ. व. २०७८/०७९) पेस गर्ने सम्भावित कार्यसूची छ । यस्तै, प्रतिनिधिसभा नियमावली मस्यौदा समितिका सभापति चित्रबहादुर केसीले ‘प्रतिनिधिसभा नियमावली मस्यौदा समितिको प्रतिवेदन, २०७९ माथिको दफावार छलफल सदनमा

रसुवागढी नाका खुलेसँगै व्यवसायी उत्साहित

काठमाडौं । आंशिक रुपमा सञ्चालन हुँदै आएको रसुवागढी नाका आजदेखि पूर्णरुपमा सञ्चालनमा आएको छ। रसुवाको रसुवागढी नाका दुईतर्फी सञ्चालनमा आएको हो। नाका पूर्ण रुपमा खुलेसँगै व्यापारी, व्यवसायी तथा सरोकारवाला उत्साहित भएका छन् । नाकामा कोरोना जोखिमलाई ध्यानमा राखेर स्वास्थ्य मापदण्डको पालना तथा जाँचलाई व्यवस्थित पारिएको रसुवा भन्सार कार्यालयका प्रमुख भन्सार अधिकृत नारायणप्रसाद भण्डारीले जानकारी दिए। आज २५ देखि ३० कन्टेनर सामान पैठारी हुने अनुमान छ । केरुङ जान सीमा पास

टाटासुमो दुर्घटना हुँदा नुवाकोटमा ३ को मृत्यु, तीन जनाको अवस्था गम्भीर

नुवाकोट । नुवाकोटको दुप्चेश्वर गाउँपालिका–४ बेतिनीमा शुक्रबार टाटासुमो दुर्घटना हुँदा मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ । दुर्घटनामा १० जना घाइते भएकाले काठमाडौंमा उपचार भइरहेको छ । बेतिनीबाट यात्रु लिएर शुक्रबार काठमाडौं जान लागेको सुमो अपराह्न सोही स्थानको सानोगोल्फुको ओरालोमा अनियन्त्रित भएर दुर्घटना हुँदा घटनास्थलमा दुईजना र उपचारको क्रममा गए राति थप एकजनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटका प्रवक्ता प्रहरी नायब उपरीक्षक खगेन्द्रबहादुर खड्काले जानकारी दिए । उनको अनुसार