विशेष समाचार

रवि,रमेश र स्वर्णिमले अपराह्न ४ बजे पत्रकार सम्मेलन गर्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज (शनिबार) पत्रकार सम्मेलन गर्ने भएको छ । आगामी वैशाख १० गते हुने उपनिर्वाचनमा रास्वपाका चितवन-२ का उम्मेदवार रवि लामिछाने, तनहुँ-१ का उम्मेदवार स्वर्णिम वाग्ले र बारा-२ का उम्मेदवार रमेश खरेलले उम्मेदवारी दिने पक्का भएपछी आज संयुक्त रूपमा पत्रकार सम्मेलन गर्न लागेका हुन् । पत्रकार सम्मेलन पार्टी केन्द्रीय कार्यालय बसुन्धारामा शनिबार अपराह्न ४ बजे हुनेछ । स्वर्णिम वाग्ले नेपाली कांग्रेस पार्टी परित्याग गरी

कर्णालीका मुख्यमन्त्री शर्माले पाए विश्वासको मत

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन् । मुख्यमन्त्री शर्मालाई प्रदेशसभामा रहेका ३९ मध्ये ३८ सदस्यले मत दिएका छन् । यसअघि गत माघ ६ गते पहिलोपटक विश्वासको मत लिँदा उनलाई २५ सदस्यले विश्वासको मत दिएका थिए । उनलाई नेपाली कांग्रेस, नेकपा एमाले, नेकपा एकीकृत समाजवादी र स्वतन्त्र सदस्यले विश्वासको मत दिएका हुन् । उनको विपक्षमा राप्रपाका प्रदेशसभा सदस्य सन्तोषी शाहीले मात्रै मत दिएनन् ।

शपथ लिएलगत्तै भूमि व्यवस्था मन्त्री रञ्जिता पुगिन डिल्लीबजार कारागार

काठमाडौं । नवनियुक्त भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री रञ्जिता श्रेष्ठ शपथ लिएलगत्तै डिल्लीबजारस्थित कारागार पुगेकी छन् । शुक्रबार राष्ट्रपति कार्यालय शीतनिवासमा शपथ लिएपछि सिधै उनी नागरिक उन्मुक्ति पार्टीका संरक्षक एवं आफ्ना श्रीमान रेशम चौधरीलाई भेट्न कारागार पुगेकी हुन् । कारागार स्रोतका अनुसार उनीहरुबीच करिब आधा घण्टा कुराकानी भएको थियो । त्यसपछि मन्त्री श्रेष्ठ मन्त्रालय फर्केकी छन् । नागरिक उन्मुक्ति पार्टीकी अध्यक्षसमेत रहेकी मन्त्री श्रेष्ठले टीकापुर घटनाका मुख्य अभियुक्त भनिएका

डीआईजी सरुवा:लुम्बिनीमा जोशी,बागमतीमा राणा

काठमाण्डौं । नेपाल प्रहरी प्रधान कार्यालयले प्रहरी नायब महानिरीक्षक (डीआईजी) हरुको सरुवा गरेको छ । नेपाल सरकार, गृह मन्त्रालयको आज (शुक्रबार) को निर्णयाअनुसार नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) द्वय उमेश राज जोशी र किरण राणाले प्रदेश प्रहरी प्रमुखको जिम्मेवारी पाएका छन्। नेपाल प्रहरी प्रधान कार्यालयले डीआईजी जोशीलाई लुम्बिनी र राणालाई बागमती प्रदेश प्रहरी प्रमुखको रूपमा सरुवा गरेको छ।

मन्त्रीहरुको शपथ दिउँसो ३ बजे

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’बीच भेटवार्ता भएको छ । मन्त्रिपरिषद्को विस्तार गर्न लागेका प्रधानमन्त्री प्रचण्ड आज बिहान राष्ट्रपति कार्यालय शीतलनिवास पुगेर राष्ट्रपति पौडेलसँग भेटवार्ता गरेका हुन् । प्रधानमन्त्रीका प्रेस विज्ञ मनोहरि तिमिल्सिनाका अनुसार नवनियुक्त मन्त्रीको पद तथा गोपनियताको शपथका लागि अपराह्न ३ बजेका लागि तयारी गरिएको छ । गत पुस १० गते प्रधानमन्त्रीमा नियुक्त भएका प्रधानमन्त्रीले लामो समयपछि आज मन्त्रिपरिषद् विस्तार गर्न लागेका हुन् ।

रास्वपाबाट बारामा रमेश खरेल,तनहुँमा स्वर्णिम वाग्ले उम्मेदवार

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी वैशाख १० गते चितवन, तनहुँ र बारामा हुने उपनिर्वाचनका लागि उम्मेदवारहरूको प्रारम्भिक नामावली सार्वजनिक गरेको छ । बिहीबार राति रास्वपाले एक विज्ञप्ति जारी गर्दै चितवन २, तनहुँ–१ र बारा–२ को रिक्त प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि प्रारम्भिक उम्मेदवारको नामावली सार्वजनिक गरेको हो । रास्वपाले चितवन–२ मा रवि लामिछानेलाई उम्मेदवार सिफारिस गरेको छ । तनहुँ–१ मा तीन जान डाक्टर स्वर्णिम वाग्ले, ईश्वर लामिछाने र

आज प्रधानमन्त्री प्रचण्डले मन्त्रिपरिषद् विस्तार गर्ने

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज मन्त्रिपरिषद बिस्तारको तयारी गरेका छन्।बिहीबार अबेरसम्म प्रधानमन्त्री निवास बालुवाटारमा बसेको बैठकमा सहमति नभएपछि मन्त्रिपरिषद् विस्तार मिति आजलाई सरेको हो । उक्त बैठकमा शुक्रबार मन्त्रिपरिषद बिस्तार गर्ने समझदारी बनेको थियो। प्रधानमन्त्री दाहालले बिहीबार नै सत्तारूढ दलका शीर्ष नेताहरूसँग बेग्लाबेग्लै छलफलसमेत गरेका थिए। गठबन्धनमा कांग्रेसले ८ माओवादीले ५, एकीकृत समाजवादी, जसपा २–२ र लोसपा, नागरिक उन्मुक्ति, जनमतले १–१ मन्त्रालय पाउने यसअघि नै सहमति भइसकेको छ

एसईई परीक्षा आजदेखि, चार लाख ८५ हजार विद्यार्थी सहभागी

काठमाण्डौं । यसवर्षको एसईई (सेकेन्डरी एजुकेसन एक्जामिनेसन) परीक्षा आजदेखि सुरु हुँदै छ ।शुक्रबार बिहान ८ बजेदेखि ११ बजेसम्म परीक्षा चल्नेछ। एसईईका लागि करिब पाँच लाख विद्यार्थी सहभागी हुँदैछन्। परीक्षा नियन्त्रक विष्णुनारायण श्रेष्ठका अनुसार करिब २ लाख ६० हजार छात्र र करिब २ लाख ५५ हजार छात्राले एसईई परीक्षा दिँदैछन् । वर्षको माध्यमिक शिक्षा परीक्षा (एसइई) जापानमा पनि परीक्षा केन्द्र कायम गरेको छ । बोर्डका अध्यक्ष महाश्रम शर्माका अनुसार नेपालबाट रोजगारीका

एक्सपर्टले शुक्रबार नेपालगन्जमा 'एक्सपर्ट एडमिसन डे २०२३' विशेष कार्यक्रम गर्दै

नेपालगन्ज : त्यसो त पछिल्लो समय कोरोनाको कहर कम हुँदै गएपछि वैदेशिक अध्ययन गर्न जाने विद्यार्थीहरुको संख्या बढ्दो छ। मुख्यतया अमेरिका, अष्ट्रेलिया, क्यानडा र यूके जस्ता देशहरु विद्यार्थीहरुको रोजाइमा पर्ने गरेका छन्। यही कुरालाई मध्यनजर गर्दै एक्सपर्ट एजुकेसन एण्ड भिजा सर्भिसेसले ‘एक्सपर्ट एड्मिसन डे २०२३’ विशेष कार्यक्रम आयोजना गर्नेभएको छ। शुक्रबार एक्पर्टको नेपालगन्ज स्थित कार्यालयमा उक्त कार्यक्रम हुनेछ। मुख्यतया अमेरिका, अष्ट्रेलिया, क्यानडा र यूके गरि ४ देशमा अध्यन गर्न जाने

आज मन्त्रिपरिषदले पूर्णता पाउदै

काठमाडौं । सत्ता साझेदार १० दलको बैठकले आज बिहीबार साँझसम्ममा मन्त्रिपरिषदलाई पूर्णता दिने निर्णय गरेको छ । बुधबार दोस्रोपटक बालुवाटारमा बसेको सत्ता गठबन्धन बैठकले यस्तो निर्णय गरेको हो । बैठकमा सहभागी जसपा वरिष्ठ नेता राजेन्द्र श्रेष्ठका अनुसार मन्त्रालय भागबन्डामा सहमति भइसकेकाले बिहिवार साझसम्म मन्त्रिपरिषदले पूर्णता पाउने जानकारी दिएका हुन् । बैठकपछि पत्रकारहरूसँग उनले भने, ‘मन्त्रालय भागबन्डा लगभग टुंगिएको छ । बिहिवार बेलुकीसम्म मन्त्रिपरिषद बिस्तार हुन्छ ।’ उनका अनुसार दलहरू प्रधानमन्त्री