विशेष समाचार

भागबन्डामा कांग्रेसले ८, माओवादी केन्द्रले ५ मन्त्रालय पाउने

काठमाडौं । सरकार विस्तारका लागि सत्तारुढ गठबन्धन दलहरूबीच सहमति जुटेको छ । बुधबार प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धन दलहरूको बैठकले मन्त्रालय बाँडफाँटको टुंगो लगाएको हो । बैठकमा सहभागी जसपाका नेता राजेन्द्र श्रेष्ठका अनुसार कांग्रेसलाई ८ मन्त्रालय, माओवादी केन्द्र ५, नेकपा एकीकृत समाजवादीलाई २, जसपालाई २, लोसपालाई १, नागरिक उन्मुक्तिलाई १, आमजनता पार्टीलाई १, जनमतलाई राज्यमन्त्रीसहित १ मन्त्रालय, नेसपालाई १ मन्त्रालय बाँडफाँटको सहमति जुटेको छ । यद्यपि कुन दललाई कुन मन्त्रालय

प्रहरीका ३१ प्रहरी नायव निरीक्षक वरिष्ट नायव निरीक्षकमा बढुवा सिफारिस

काठमाण्डौं । नेपाल प्रहरीका विभिन्न प्राविधिक प्रहरी समुहका ३१ जना प्रहरी नायब निरीक्षक(सई)हरू प्रहरी वरिष्ट नायव निरीक्षक (वरिष्ट सई)मा बढुवा सिफारिस भएका छन्। बुधवार बसेको बढुवा समितिको बैठकले ३१ जना नायब निरीक्षकलाई प्रहरी वरिष्ट नायब निरीक्षकमा बढुवा गर्न सिफारिस गरेको हो।

प्रकाश ज्वाला एकीकृत समाजवादीबाट मन्त्री बन्दै

काठमाडौं । नेकपा एकीकृत समाजवादीले प्रकाश ज्वालालाई पहिलो चरणमा मन्त्री बनाउने भएको छ । एकीकृत समाजवादीले प्रकाशलाई आजै सपथग्रहण गर्नेगरी मन्त्री बनाउने निर्णय गरेको हो । बुधबार बसेको केन्द्रीय सचिवालयको आकस्मिक बैठकले प्रधानमन्त्रीको आग्रहबमोजिम पार्टीका उपमहासचिव प्रकाशलाई मन्त्रीमा सिफारिस गरिएको सम्मानित नेता झलनाथ खनालले बताए । एकीकृत समाजवादीले भौतिक पूर्वाधार मन्त्रालय पाउने भएको छ । यस्तै, एकीकृत समाजवादी अर्को कृषि वा श्रम मन्त्रालय दाबी गरेको छ । तर, प्रधानमन्त्रीले भने

चार एआईजीको पदस्थापन : एकेडेमीमा राई ,मेट्रोमा ज्ञवाली

काठमाण्डौं: सरकारले हालै बढुवा भएका प्रहरीका चार अतिरिक्त महानिरीक्षक (एआईजी) को पदस्थापन गरेको छ ।मंगलबार वसेको मन्त्रिपरिषद बैठकले उनीहरुलाई पदस्थापन गर्ने निर्णय गरेको हो । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) मा किरण बज्राचार्य, काठमाडौं उपत्यका प्रहरी कार्यालय रानीपोखरीमा श्यामलाल, राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानमा टेकप्रसाद राई र प्रहरी प्रधान कार्यालयको प्रशासन विभागमा दीपक थापाको पदस्थापन भएको छ ।

मन्त्रालय भागबण्डा मिलाउन गठबन्धनको बैठक आज बस्दै

काठमाडौं । १० दलीय गठबन्धनको बैठक आज(बुधवार) बस्दैछ । मन्त्रालय भागबण्डा मिलाउन हिजो(मंगलवार) साँझ बसेको बैठक बिना निष्कर्ष सकिएपछि आज पुनः बस्ने भएको हो । बैठक आज बिहान ९ बजेको छ । मंगलबार साँझ बसेको बैठकमा मन्त्रालय बाँडफाँटबारे छलफल भए पनि कुनै सहमति हुन सकेको थिएन । नेपाली कांग्रेसले आठ, नेकपा (एकीकृत समाजवादी)ले तीन, जसपाले तीन र लोसपाले दुई मन्त्रालयको दाबी नछोडेपछि बैठक विनानिस्कर्ष टुंगिएको थियो । त्यस्तै आज (बुधवार)को

आज चैते दशैं पर्व मनाइँदै

काठमाडौं । आज चैत्र शुक्ल अष्टमी अर्थात् चैतेदशैँ। ​शक्तिस्वरूपा भगवतीको आराधना गरी मनाइँदै छ। चैत्र शुक्ल पक्षलाई वासन्ती नवरात्र पनि भनिन्छ। शारदीय नवरात्रमा जस्तै ९ दिनसम्म देवीको उपासना गर्ने परम्परा छ। नवरात्रको पूरै विधि नगर्नेले भने अष्टमीमा देवीको आराधना गर्छन्। वर्षमा चारवटा नवरात्र हुने भए पनि शारदीय र वासन्ती नवरात्रको महत्त्व रहेको धर्मशास्त्री प्राडा रामचन्द्र गौतम बताउँछन्। यसै पक्षमा देवीको आराधना गरी मर्यादापुरुष श्रीरामले रावणमाथि विजय प्राप्त गरेको बताइन्छ। चैतेदशैँका

सुनसान सुन्दर पोखरा (फोटो फिचर)

काठमाडौं : आन्तरिक होस् या बाह्य पर्यटक नै किन न हुन् घुम्न जानको लागि पोखरालाई प्रमुख रोजाइमा पार्ने गर्छन्। प्रायः विदेशी पर्यटकको घुइँचो लाग्ने गर्छ पोखरामा। विन्दवासिनी मन्दिर, फेवाताल, तालवाराही मन्दिर, बेगनाश ताल अनि नजिकै रहेका सुन्दर हिमालहरु अवलोकन गरेर रमाउने गर्छन् पर्यटक। तर हिजो आज पोखरा सुनसान छ। पर्यटकको भिड खासै छैन। सुन्दर पोखरा सुनसान जस्तै छ। पोखरा घुम्न गएका फोटो पत्रकार सुरेन्द्र थापाले कैद गरेका केही तस्वीरहरु यस्ता

मिटरब्याज पीडितको समस्या समाधानका लागि पहल गर्छु: सभापति लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आज (मंगलवार) मिटरब्याजी पीडितहरूलाई भेटेर समस्या समाधानका लागि पहल गर्ने बताएका छन्। आज बिहानै टंगालमा मिटरब्याज पीडितहरुको धर्ना कार्यक्रममा सहभागी भएका लामिछानेले उनीहरुको समस्या समाधानको पहल गर्ने बताएका हुन् । ‘म यहाँ धर्नामा ऐक्यबद्धता जनाउन आएको होइन, समस्या समाधानको पहल गर्ने बाचा गर्न आएको हुँ, लामिछानेले भने आजै प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेटवार्ता हुँदैछ । त्यहाँ मेरा कुरा राख्नुभन्दा पहिला तपाईहरुको समस्याका बारेमा जानकारी

गोली लागेर ताप्लेजुङमा ५८ वर्षीय ललित गुरुङको मृत्यु

काठमाडौं । ताप्लेजुङमा भरुवा बन्दुकको छर्रा लागेर एक जनाको मृत्यु भएको छ । आठराई त्रिवेणी गाउँपालिका–३ हाङपाङमा शिकार खेल्न गएका ५८ वर्षीय ललित गुरुङको उनकै साथीले चलाएको बन्दुकको छर्रा लागेर मृत्यु भएको हो । गएराति शिकार खेल्नसँगै गएका ५२ वर्षीय वीरबहादुर गुरुङले चलाएको भरुवा बन्दुकको छर्रा लागेर ललितको घटनास्थल मै मृत्यु जिल्ला प्रहरी कार्यालय ताप्लेजुङले जनाएको छ । घटना लगत्तै वीरबहादुरलाई भरुवा बन्दुकसहित नियन्त्रणमा लिइएको छ । घटनाबारे थप अनुसन्धान

मन्त्रिपरिषद् विस्तारको टुंगो लगाउन गठबन्धनको बैठक बस्दै

काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज बस्दै छ । बैठक दिउँसो ४ बजे बालुवाटारमा बस्ने छ । बैठकमा मन्त्रिपरिषद् विस्तारका विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । यसअघि सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालबीच मंगलबार दिउँसो ४ बजे गठबन्धनमा आबद्ध दलका नेताको बैठक बोलाउने सहमति भएको थियो । आजको बैठकले मन्त्रालय भागवण्डाको अन्तिम टुङ्गो लगाउने बताइएको छ