विशेष समाचार

सयभन्दा बढी आईएस लडाकुको मृत्यु

काबुल : अफगानिस्तानको कार्यवाहक सरकारको सुरक्षा बलले विगत १२ महिनामा दाएस वा इस्लामिक स्टेट (आईएस) सङ्गठनसँग आबद्ध १०० जनाभन्दा बढी लडाकुहरूलाई मारेको स्थानीय सञ्चारमाध्यम टोलोन्युजले मङ्गलबार उल्लेख गरेको छ । निजी सञ्चार माध्यमका अनुसार सुरक्षा बलहरूले काबुल, बाल्ख, हेरात र अफगानिस्तानका अन्य भागहरूमा आईएस लडाकुहरू लुकेका ठाउँहरूमा पछिल्लो समय ७० भन्दा बढी सैन्य कारवाही गरेका छन् । सन् २०२१ अगष्टमा तालिबानले देश कब्जा गरेपछि सुरक्षा स्थितिमा उल्लेखनीय सुधार आएको भए

बिओपीलाई गुल्म बनाउने तयारी,खुशीयालीमा सशस्त्रका डिएसपी

काठमाडौं । सशस्त्र प्रहरीमा लामो समयसम्म बढुवा नभइ नैराश्यता छाइरहेको अवस्थामा पछिल्लो निर्णयले संगठनमा केही उत्साह छाएको छ । सशस्त्र प्रहरीले हालै नयाँ संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी केही नीतिगत सुधार गर्दै सीमामा रहेका बिओपीलाई स्तरोन्नी गरी सीमा सुरक्षा गुल्म बनाएर त्यहाँ डिएसपीलाई खटाउन थालिएको छ । ४८ वटा बिओपीलाई गुल्म बनाउने तयारी भैरहेको र महत्वपूर्ण नाकामा डिएसपीको कमाण्डमा गुल्म खडा गर्न लागिएको छ । यससँगै सशस्त्रका डिएसपीहरुले इन्चार्जको अवसर

बाँकेको डुडुवामा टिप्पर दुर्घटना

नेपालगन्ज : बाँकेको डुडुवामा टिप्पर दुर्घटना भएको छ। रा १ ख १५३८ नम्बरको टिप्पर बाँकेको डुडुवा गाउँपालिका वडा नम्बर ४ स्थित लालापुरमा मंगलबार दिउँसो करिव साढे १२ बजेको समयमा दुर्घटनामा परेको हो। बाटो निर्माण कार्य भइरहेकोले निर्माण सामाग्रीहरु जथाभावि राखेको र साँघुरो बाटोमा तिव्र गतिका कारण दुर्घटना भएको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार उक्त टिप्पर ठाकुरबाबा नगरपालिका वडा नम्बर २ बस्ने ४१ वर्षीय गगनसिंह सुनुवारले चलाएका थिए। मानवीय क्षति भने

विराट गोल्ड कपको पुरस्कार राशिमा ५ लाख वृद्धि, विजेताले २० लाख पाउने

विराटनगर । चैत्र ९ गतेबाट सुरु हुने विराट गोल्ड कपको विजेताले यसपटक २० लाख रुपैयाँ प्राप्त गर्ने भएको छ ।आयोजक विराट गोल्ड कप ट्रष्टले गत वर्षभन्दा पुरस्कार राशिमा ५ लाख वृद्धि गरेको हो । यसपटकको विजेताले २० लाख १५ हजार रुपैयाँ, उपविजेताले १० लाख २५ हजार रुपैयाँ प्राप्त गर्ने आयोजकले पत्रकार सम्मेलन गरी घोषणा गरेको छ ।यसैगरी विधागत उत्कृष्ट खेलाडी तथा प्रशिक्षकलाई नगद २५ हजार रुपैया प्रदान गर्ने र हरेक

अयोग्य लडाकुलाई सरकारले जनही २ लाख राहत उपलब्ध गराउने

काठमाडौं । नेपाल सरकारले सेना समायोजनका क्रममा अयोग्य ठहरिएका पूर्वजनमुक्ति सेनाहरूलाई राहत उपलब्ध गराउने भएको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले ‘अयोग्य’ लडाकुहरूलाई कार्यविधि बनाएर जनही दुई लाख रूपैयाँ दिने निर्णय गरेको हो। ‘यसअघि २०७३ सालमा बहिर्गमित लडाकुलाई दिने भनिएको रकम सर्वोच्च अदालतका कारण रोकिएको थियो।त्यही रकम अहिले दिन लागिएको हो,’ स्रोतले भन्यो, ‘कार्यविधि बनाएर प्रत्येकलाई दुई लाख दिने निर्णय भएको छ।’

बाघको आक्रमणबाट बर्दियामा २ जनाको मृत्यु

नेपालगन्ज : बाघको आक्रमणबाट बर्दियामा २ जनाको मृत्यु भएको छ। बर्दियाको मधुवन नगरपालिका–५ का स्थानीय ५५ वर्षीया समुद्री बुढा क्षेत्री र ५० वर्षीया धनसरी गुरुङको बाघको आक्रमणबाट मृत्यु भएको हो । डिभिजन वन कार्यालय बर्दियाका प्रमुख प्रविण बिडारीका अनुसार सोमबार दिउँसो चिरौटे सामुदायिक वनमा दाउरा खोज्न जाने क्रममा बाघको आक्रमणमा परी क्षेत्री र गुरुङको मृत्यु भएको हो । अहिले स्थानीय, प्रहरी, वनका कर्मचारी र हात्तीसहितको टोली घटनास्थलमा पुगेको पनि बिडारीले

रवि लामिछाने फेरि जितेर आउनेछन्: डीपी अर्याल

रास्ट्रिय स्वतन्त्र पार्टीका नेता डीपी अर्यालले आफ्नो पार्टीका सभापति रवि लामिछाने चितवनबाट पुनः निर्वाचित भएर आउने टिप्पणी गरेका छन् । सोमबार प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रतिनिधिसभाबाट विश्वासको मत लिने क्रममा भएको छलफलमा अर्यालले अब हाम्रो पार्टी सभापति रवि लामिछानेबारे केही कुरा भन्छु भन्दै उक्त कुरा बताएका हुन् । हाल विदेशमा रहेका ४० लाख नेपाली जस्तै अवसरको खोजीमा बाहिर गएको र त्यहाँ राम्रो व्यवस्था हुँदाहुँदै मुलुकमै केही गर्नुपर्छ भनेर फर्केको एक

प्रहरीका ५ डीआईजी एआईजीमा बढुवा

काठमाडौं । नेपाल प्रहरीका पाँच प्रहरी नायव महानिरीक्षक (डीआईजी) अतिरिक्त प्रहरी महानिरीक्षक (एआईजी) मा बढुवा भएका छन्। आज (सोमबार) बिहान बसेको मन्त्रिपरिषद्को बैठकको बढुवा समितिले सिफारिस गरेका ५ जनालाई अतिरिक्त प्रहरी महानिरीक्षकमा बढुवा गरेको हो । प्रहरी नायव महानिरीक्षकहरु बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्यलाई प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा सिफारिस गरिएको थियो।

आज विश्वासको मत लिँदै प्रधानमन्त्री प्रचण्ड

काठमाण्डौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज दिउँसो बस्ने प्रतिनिधि सभा बैठकमा विश्वासको मतको प्रस्ताव पेश गर्ने भएका छन्। नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले सरकारको समर्थन फिर्ता लिएपछि प्रचण्डले विश्वासको मत लिन लागेका हुन् । नेकपा माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री दाहाललाई नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), राष्ट्रिय जनमोर्चा, नेपाल समाजवादी

बङ्गलादेश बस दुर्घटना:१७ जनाको मृत्यु, २५ बढी घाइते

ढाका । बङ्गलादेशको दक्षिणी जिल्ला शिवचरमा आज बिहान भएको सडक दुर्घटनामा १७ जनाको मृत्यु भएको छ । दुर्घटनामा परि २५ जनाभन्दा बढी घाइते भएका छन् । हालै निर्माण गरिएको द्रुतमार्गमा यात्रुबाहक बस दुर्घटना हुँदा १७ जनाले ज्यान गुमाएका तथा घाइते सबैलाई नजिकको अस्पताल भर्ना गरिएको स्थानीय प्रहरी प्रमुख मसुद आलमले बताएका छन् । द्रुत गतिकमा हुँइकिएको बस द्रुतमार्गको रेलिङमा ठोक्किएर खाडलमा खसेको छ । थोत्रा सवारी साधन, नियमित मर्मतसम्भार नभएका