विशेष समाचार

कांग्रेसले उपराष्ट्रपतिमा रामसहायलाई मत दिने

काठमाडौं । नेपाली कांग्रेसले उपराष्ट्रपति पदका उमेदवार रामसहायप्रसाद यादवका पक्षमा मत गर्ने निर्णय गरेको छ । प्रवक्ता प्रकाशरण महतका अनुसार आज (बुधबार) बिहान केन्द्रीय कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले रामसहायका पक्षमा मतदान गर्न सांसदलाई निर्देशन दिने निर्णय गरेको हो ।  यादव जनता समाजवादी पार्टी (जसपा)का तर्फबाट उमेदवार बनेका हुन् । त्यस्तै, नेकपा एमालेका उपाध्यक्ष अष्टलक्ष्मी शाक्य, र प्रमीला कुमारी र जनमत पार्टीका ममता झा उपराष्ट्रपतिका उम्मेदवार छन् ।

कर्मचारी हटाएको चार महिना नपुग्दै फेसबुकले १० हजार कर्मचारी कटौती गर्दै

काठमाडौं । फेसबुकको अभिभावक कम्पनी मेटाले १० हजार कर्मचारी कटौती गर्ने तयारी गरेको छ । बीबीसीका अनुसार ११ हजार कर्मचारी हटाएको चार महिना नपुग्दै मेटाले पुनः १० हजार कर्मचारी कटौती गर्न लागेको हो । मेटाका संस्थापक मार्क जुकरबर्गले सन् २०२२ मा कम्पनीको राजस्वमा भारी गिरावट आएकाले भारी संख्यामा कर्मचारी कटौती गर्नुपरेको बताएका छन । अमेरिकामा बढेको ब्याजदर, अस्थिरता र नियामक कानुनमा भएको वृद्धिले आम्दानीमा गिरावट आएको उनको भनाइ छ ।

सातै प्रदेशका प्रमुखहरुले भेटे प्रधानमन्त्री प्रचण्डलाई

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई सात प्रदेशका प्रमुखहरूले भेटेका छन्।काठमाडौं आएका प्रदेश प्रमुखहरूले आज (बुधबार) बिहान बालुवाटार पुगेर प्रधानमन्त्रीसँग भेटवार्ता गरेका हुन् । भेटका अवसरमा प्रदेश प्रमुखहरू र प्रधानमन्त्रीबीच समसामयिक राजनीतिक विषय र प्रदेशलाई बलियो बनाउन संघले गर्नुपर्ने सहयोगलगायत विषयमा पनि कुराकानी भएको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।

मन्त्री फेरिएपनी सरकार तलमाथि हुँदैन : प्रधानमन्त्री प्रचण्ड

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले राजनीतिक समीकरणमा फेरबदल भए पनि सरकारको नेतृत्व तलमाथि नहुने बताएका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालय मातहतका कार्यालयहरूको दोस्रो चौमासिक समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले तत्कालै आफू नेतृत्वको सरकार तलमाथि नहुने बताए । उनले भने, ‘राजनीतिक समीकरणमा फेरबदल आएको छ । तर यसको अर्थ सरकारको नीति फेरिँदैन, हिजो हामीले जुन प्राथमिकता निर्धारण गरेका थियौँ सामाजिक न्याय, सुशासन र

स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै त्रिचन्द्र क्याम्पसमा विद्यार्थीले गरे तोडफोड

काठमाडौं । विद्यार्थीको एक समूहले घण्टाघरस्थित त्रिचन्द्र क्याम्पसमा तोडफोड गरेको छ । स्ववियु निर्वाचन प्रक्रिया अघि नबढाइएको भन्दै मंगलबार विद्यार्थीको एक समूहले क्याम्पस प्रमुख, सहायक क्याम्पस प्रमुख र निर्वाचन अधिकृतको कार्यकक्षमा तोडफोड गरेका हुन् । तोडफोडबाट टेबल तथा कुर्सीहरुमा क्षति पुगेको छ । त्रिचन्द्र क्याम्पसमा विवादका कारण पुस २६ गते मनोनयन दर्ता हुन सकेको थिएन । त्यसपछि पनि मतदाता नामावली प्रकाशनदेखि अन्य आवश्यक समन्वय नगरेको भन्दै नेविसंघसहितका विद्यार्थी संगठनहरु आक्रोशित

नायिका वर्षा शिवाकोटीको वैवाहिक जीवन टुट्यो

बैशाख महिनाको ९ गते नायिका वर्षा सिवाकोटीले अमेरिका रहँदै आएका इन्जिनियर आशिष गेलालसँग बिहे गरिन् । आशिष र वर्षाबिच मागी बिहे थियो । परिवारबाट कुरा चलेपछि वर्षाले आशिषसँग बिहे गरेकी हुन् । बिहे गरेको केही दिन पोखरामा हनिमुन मनाएर आशिष अमेरिका हानिए । त्यसको केही दिनपछि वर्षा पनि अमेरिका पुगिन् ।  तर, अमेरिका गएको २ महिनामै वर्षा नेपाल फर्किइन् । उनी, नेपाल फर्किएसँगै आशिष र उनको सम्बन्धमा दरार आएको खबर

गोली लागेर सल्यानमा एक जनाको मृत्यु

सल्यान : बन्दुकको गोली लागेर सल्यानमा एक जनाको मृत्यु भएकाे छ । जिल्लाको बनगाड कुपिण्डे नगरपालिका वडा नं. ९ स्वारा नजिकैकाे जंगलमा साेमबार बेलुका साढे ५ बजेतिर शिकार खेल्न गएका एकजनाले बाेकेकाे बन्दुक पट्किएर अर्का एक जनाकाे मृत्यु भएकाे हाे । शिकार खेल्न गएका अन्दाजी ४० वर्षीय आइते रावतले बोकेको भरुवा बन्दुक एक्कासी पड्किएर अन्दाजी १६ वर्षीय चित्र बहादुर रावतको मृत्यु भएकाे हाे । दुवै जना सँगै स्वारा नजिकैकाे बाहुननाका

स्ववियु निर्वाचनका लागि  उम्मेदवारीको अन्तिम नामावली प्रकाशन

काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि)मा हुने स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनका लागि आज (सोमवार) उम्मेदवारीको अन्तिम नामावली प्रकाशन गरिएको छ । यही फागुन २७ गते उम्मेदवार मनोनयन गराएका उम्मेदवारको छानविन र उम्मेदवारी फिर्ता गरेपछि अन्तिम नामावली प्रकाशन गरिएको हो । आज(सोमवार) फागुन २९ गते दिउँसो १ बजेसम्म उम्मेदवारले नाम फिर्ता र दिउँसो २ बजे उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेको थियो । आज अन्तिम नामावली प्रकाशन भएसँगै अब उम्मेदवार

'नाईं नभन्नू ल ६' को पहिलो गीत रिलिज

काठमाडौं : नयां वर्षका अवसर पारेर आगामी वैशाख १ गतेबाट प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘नाईं नभन्नू ल ६’को पहिलो गीत रिलिज गरिएको छ। सोमबार निर्माण टिमले शरद शंकर र बेनिशा पौडेलको आवाज रहेको ‘दिउँला माया’ बोलको गीत रिलिज गरेको हो ।गीतमा विकाशराज आचार्यले शब्द, शरद शंकरको संगीत रहेको छ । गीतको भिडियोमा नायिका आँचल शर्मा र नव नायक आशिर्वाद क्षेत्रीको अभिनय हेर्न सकिन्छ । बाल्यप्रेमसंगै युवापुस्ताको प्रेम कथालाई समावेश गरिएको

आईसीसी विश्वकप लिग २ : पीएनजीविरुद्ध नेपालको कीर्तिमानी जित

आईसीसी क्रिकेट विश्वकप लिग टूको त्रिकोणात्मक एक दिवसीय सिरिजअन्तर्गत सोमबार भएको खेलमा पपुवा न्युगिनी(पीएनजी)माथि नेपालले कीर्तिमानी जित निकालेको छ । टियु क्रिकेट मैदानमा भएको खेलमा नेपालले पीएनजीलाई ९ विकेटले पराजित गरेको हो । जितका लागि पीएनजीले दिएको ९६ रनको लक्ष्य नेपालले ७ ओभर ४ बलमा १ विकेट गुमाएर पूरा गर्यो । नेपालका लागि ओपनर कुशल भुर्तेलले ३३ रन र अर्का ओपनर आसिफ शेखले ५३ रन बनाए । कुशल मल्लले अविजित