बिपिडब्लु लघुवित्तको आईपीओमा १५ लाख बढीको आवेदन, ८ हजार ९५ जनाले मात्रै शेयर पाउने
काठमाण्डौं ।बिपिडब्लु लघुवित्त वित्तीय संस्था लिमिटेडले सर्वसाधारणका लागि निष्काशन गरेको आईपीओमा १५ लाख भन्दा बढीको आवेदन परेको छ । बिपिडब्लुले फागुन १८ गतेदेखि २३ गते मंगलबारसम्म आईपीओ निष्काशन गरेको थियो । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार मंगलबार साँझ ५ः०१ बजेसम्ममा १५ लाख ३२ हजार ९७३ जना आवेदकबाट १ अर्ब ६७ करोड ६५ लाख ५ हजार रुपैयाँ बराबरको १ करोड ६७ लाख ६५ हजार ५० कित्ता शेयरको लागि आवेदन परेको हो ।