विशेष समाचार

ओली पुगे प्रधानमन्त्री प्रचण्ड भेट्न बालुवाटार

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको छ । बालुवाटारस्थित प्रधानमन्त्रीको सरकारी निवासमा शुक्रबार दिउँसो पुगेका ओली र प्रधानमन्त्री प्रचण्डबीच भावी राष्ट्रपति र एमालेसहितको गठबन्धन जोगाउने विषयमा छलफल भएको छ ।  पूर्ववत् सहमतिअनुसार राष्ट्रपतिमा एमाले उम्मेदवारलाई सघाउन ओलीले माओवादी केन्द्रका अध्यक्षसमेत रहेका प्रधानमन्त्री प्रचण्डसँग आग्रह गरेका छन् । 

नेपालगन्जमा कृत्रिम विमान दुर्घटना तथा उद्धार अभ्यास

नेपालगन्ज : त्यसो त हवाई यात्रालाई निकै सुरक्षीत यात्रा भनिन्छ। तर पनि बेलाबेला हुने विमान दुर्घटनाले भने यात्रुहरुलाई डर पैदा भइरहेको हुन्छ। यही कुरालाई मध्यनजर गर्दै नेपालगन्जमा कृत्रिम विमान दुर्घटना तथा उद्धार अभ्यास गरिएको छ। नेपालगन्ज उपमहानगरपालिका २२ राँझा स्थित नेपालगन्ज विमानस्थलमा काल्पनिक विमान दुर्घटना तथा उद्धार अभ्यास गरिएको हो। उक्त अभ्यास नेपाली सेना, नेपाल प्रहरी,नेपाल प्रहरी अस्पताल, सशस्त्र प्रहरी, नागरीक उड्यनका पदाधिकारी, नेपाल रेडक्रस सोसाईटि बाँकेका पदाधिकारी, मिडियाकर्मी लगायतको

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आज

काठमान्डौं । सर्वोच्च अदालतले क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको पेसी आजका लागि तोकेको छ । लामिछानेले बिहीवार सर्वोच्चमा दायर गरेको मुद्दाको पेसी आजका लागि तोकिएको हो । नाबालिग बलात्कारको कसुरमा काठमाडौं जिल्ला अदालतमा मुद्दाको पुर्पक्ष गरिरहेको क्रिकेटर लामिछाने बिहीवार सर्वोच्च अदालत पुगेका थिए । धरौटीमा रिहा गर्ने उच्च अदालत पाटनको आदेशमा प्रतिवन्धात्मक व्यवस्था रहेकाले उक्त आदेशको प्रतिवन्धात्मक व्यवस्था हटाउन माग गर्दै लामिछानेले सर्वोच्चमा मुद्दा दायर गरेका हुन् ।

सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख सिंहको राजीनामा स्वीकृत

काठमाडौं । नागरिकतामा उमेर विवादमा परेका नेपाल प्रहरीका प्रहरी नायब महानिरीक्षक (डीआईजी) अशोक सिंहको राजीनामा स्वीकृत भएको छ । केन्द्रीय प्रहरी प्रवक्ता डीआईजी पोषराज पोखरेलले डीआईजी सिंहको राजीनामा स्वीकृत भएको पत्र गृह मन्त्रालयबाट आइसकेको बताए ।राजीनामा दिनुअघिसम्म सिंह सुदूरपश्चिम प्रदेश प्रहरी प्रमुख रहेका थिए ।  उनीमाथि गलत जन्ममिति र नक्कली शैक्षिक प्रमाणपत्र पेस गरी प्रहरी सेवामा प्रवेश गरेको आरोप छ । प्रहरी नियमावलीको नियम १२९ उपनियम (ख) अनुसार एसएसपी र डीआईजीको

प्रचण्डले ओलीसँग राष्ट्रपति निर्वाचनबारे छलफल गर्ने

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज (शुक्रवार) नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग छलफल गर्ने भएका छन् । बिहीबार सिंहदरबारमा बसेको तीन दलको बैठकबाट बाहिरिने क्रममा प्रधानमन्त्री प्रचण्डले शुक्रवार एमाले अध्यक्ष ओलीसँग छलफल गर्ने बताएका हुन् । जसपा र एकीकृत समाजवादीका नेताहरुसँगको छलफल सकेर बाहिर निस्किदा पत्रकारहरुसँग कुरा गर्दै उनले भने, छलफल चलिरहेको छ, ‘शुक्रवार एमाले अध्यक्षसँग कुरा हुन्छ । ’बुधबार नेपाली कांग्रेससँग छलफल गरेका उनले बिहीबार जनता समाजवादी

‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रूपमा मनाएकोमा ओलीको असन्तुष्टि

सत्तारुढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले फागुन १ गते ‘जनयुद्ध दिवस’लाई राष्ट्रिय दिवसको रूपमा मनाएकोमा असन्तुष्टि व्यक्त गरेका छन् ।  अध्यक्ष ओलीले फागुन १ गते जनयुद्ध दिवस नभई हिंसा दिवस भएको र त्यसलाई सरकारले राष्ट्रिय दिवसको रूपमा मनाउने निर्णय गर्नु दुःखद भएको बताए । आज आफ्नै जन्मदिनको अवसर पारेर बालकोटस्थित निजी निवासमा आयोजना गरिएको ‘विश्वशान्ति प्रार्थना’ पुस्तक विमोचन कार्यक्रममा बोल्दै उनले सरकारको यो मानसिकताबाट मुलुकमा

राष्ट्रपति चयनमा लफडा

काठमाडौं।आगामी २५ फागुनमा संघीय लोकतान्त्रिक गणतन्त्र नेपालले तेस्रो राष्ट्रपति पाउँदै छ । २५ फागुनमा हुने राष्ट्रपतिको निर्वाचनले नयाँ राष्ट्रपति चयन गर्ने भए पनि अहिलेदेखि नै राष्ट्रपति को हुने भन्नेमा लफडाबाजी सुरु भएपछि राष्ट्रपति पदको गरिमा र महत्व नै घट्ने अवस्थामा पुगेको छ । प्रमुखलगायतका विभिन्न राजनीतिक दल र तिनका नेताले तेस्रो राष्ट्रपति चयन प्रक्रिया आउनैलाग्दा गरेका खुलेयामका कृत्य र अस्वाभाविक दौडधूपले गणतन्त्रमाथि नै व्यंग्य गरिरहेको राजनीतिक विश्लेषकहरूको भनाइ छ ।

वर्ल्ड कंग्रेसमा भाग लिन नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरी जापान प्रस्थान

काठमाडौं । वर्ल्ड कंग्रेसमा भाग लिन नेपालगन्ज म्याराथनका अध्यक्ष टीएस ठकुरी जापान गएका छन । म्याराथानको सफल आयोजना गरिसकेका ठकुरी यसै साता जापानको ओशाकामा हुने एम्सको २३ औं वर्ल्ड कंग्रेसमा भाग लिन गएका हुन । मंगलबार नेपालगन्ज म्याराथानको नेपाल रनिङ विमोचन गर्दै राष्ट्रिय खेलकुद परिषद् (राखेप) का सदस्य सचिव टंकलाल घिसिङले ठकुरीलाई जापानको लागी विदाई गरे । वर्ल्ड कंग्रेस फागुन ११ देखि १३ गते सम्म हुने कार्यक्रमका लागि विदाई गर्दै

डीआईजी सिंहले दिए राजीनामा

काठमाडौं । भावी प्रहरी प्रमुखको दावेदार मानिएका प्रहरी नायव महानिरीक्षक (डीआईजी) अशोक सिंहले राजीनामा दिएका छन् । नागरिकतामा जन्ममिति नमिलेपछि छानविनमा परेका डीआईजी सिंहले बुधबार राजीनामा दिएका हुन् । हाल सुदूपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रमुख रहेका सिंहले प्रहरी प्रधान कार्यालय पुगेर राजीनामा बुझाएका हुन् । सिंहले पेश गरेको २२ जेठ २०४२ मा जारी नागरिकता प्रमाण पत्रको प्रतिलिपिमा उनको उमेर १८ वर्ष उल्लेख छ ।  जिल्ला प्रशासन कार्यालय, कैलालीबाट जारी नागरिकता

पलको जन्मदिन मनाउन केक लिएर कारागार पुगिन् पूजा

नायक पल शाहको आज (फागुन १० गते) जन्मदिन हो । नायिका पूजा शर्मा पललाई भेट्न तनहुँ कारागारमा पुगेकी छन् । निर्देशक शोभित बस्नेतसँग पूजा बुधबार कारागार पुगेकी हुन् । पल शाहलाई सामाजिक संजालबाट उनका हितैषी र अन्य फिल्मकर्मीले शुभकामना दिइरहेका छन् । पूजाले भने कारागारमै गएर पललाई जन्मदिनको शुभकामना दिएकी हुन् । पल र पूजाले ‘म यस्तो गीत गाउँछु’, ‘म यस्तो गीत गाउँछु २’ र थुप्रै म्युजिक भिडियो खेलेका छन्