विशेष समाचार

हेल्प मधेसी कतार च्याप्टरको चौथो महाधिवेशन सम्पन्न, अध्यक्षमा यादव निर्वाचित

दर्शन सुनार/कतार : हेल्प मधेसी कतार च्याटरको चौथो महाधिवेशन भब्य रुपमा सम्पन्न भएको छ ।शुक्रबार सनैयामा अवस्थित फुलबारी रेष्टुरेन्टको सभाहलमा हेल्प मधेसी कतार च्याप्टरको चौथौ महाधिवेशन साथै मुस्लिम धर्मावलम्बीको पवित्र महिना रमदानको ईफतार तथा हिन्दुहरुको महान होली पर्वको सुखद उपलक्ष्यमा शुभकामना आदान-प्रदान कार्यक्रम सम्पन्न गरिएको हो। हेल्प मधेसी कतार च्याप्टरका अध्यक्ष राम कुमार यादवको सभापतित्व तथा नेपाली राजदुतावास कतारका महामहिम डा: नरेश बिक्रम ढकाल ज्युको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा खुल्ला

गैर आवासीय नेपाली संघले गर्‍यो स्वर्गीय यादवको सम्झनामा शोक सभा

दर्शन सुनार/कतार : गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले शोक सभा गरेको छ । गैर आवासिय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारका सल्लाहकार जीवछ यादव वार्षिक बिदामा जन्मभूमि गएको समयमा सडक दुर्घटनामा परेर निधन भएको थियो । यादवको असमायिक निधनको दु:खद घडीमा र उनको सम्झनामा गैरआवासिय नेपाली संघका अध्यक्ष रमेश भट्टको अध्यक्षतामा बिहिवार साँझ सनैयामा अवस्थित लाली गुराँस रेष्टुरेन्टको सभाहलमा शोक सभा गर्दै नेपाली संघले स्वर्गीय यादवलाई श्रद्धासुमन

सफलताको उडान भर्दै ‘महाजात्रा’

काठमाण्डौं : व्यावसायिक रुपमा सफल ‘जात्रा’, ‘जात्रैजात्रा’ जस्ता चलचित्र बनाएर आफुलाइ अब्वल सावित गरेका निर्देशक प्रदीप भट्टराईको ‘महाजात्रा’ आज शुक्रबारबाट देशभर प्रदर्शनमा आएको छ।  निर्देशक भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र प्रदर्शनको पहिलो दिन नेपाल र अष्ट्रेलिया स्थित सिड्नीमा समेत दर्शकको उत्कृष्ट साथ पाएको निर्माण पक्षले जनाएको छ । प्रदर्शनको पहिलो दिन नै नेपालका सम्पुर्ण शोहरु हाउसफुल भएसंगै चलचित्रले व्यावसायिक रुपमा सफल उडानको यात्रा शुरु गरेको छ। वर्तमान राजनीतिकर्मीले सत्ता र

दिल्ली मदिरा घोटाला केशमा मुख्यमन्त्री केजरीवाल पक्राउ

काठमाडौं : बिहीवार साँझ दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल पक्राउ परेका छन् । दिल्लीको नयाँ मदिरा बेचबिखन सम्बन्धी नीतिमा चलखेल गरेको आरोप लगाउँदै प्रवर्तन निर्देशनालय (ईडी)ले मुख्यमन्त्री केजरीवाललाई बिहीवार पक्राउ गरेको हो । ईडीको टोली बिहीबार साँझ ७ बजे १० औं ’समन’ र सर्च वारेन्ट लिएर केजरीवालको घर पुगेको थियो । दुई घण्टाको सोधपुछपछि उनलाई पक्राउ गरिएको भारतीय संचारमाध्यमले जनाएको छ । आज मात्र उच्च अदालतले दिल्लीका मुख्यमन्त्रीको गिरफ्तारीमा रोक लगाउने

बाँके प्रहरीद्धारा ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद

नेपालगंज: बाँके प्रहरीले ठुलो परिमाणमा भन्सार छलीका सामान बरामद गरेको छ । खुला सिमानाका भएकै कारण भारतबाट अबैध रुपमा भन्सार छली चोरी निकासी गरी ल्याउँदै गरेको अवस्थामा ४ लाख ३४ हजार मूल्य बराबरको सामान जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले बरामद गरेको हो । कपडा,जुत्ता, चिनी, सुर्ती, प्रफ्युम (सेन्ट), लागायतका समानहरु फेला पारी बरामद गरिएको बांके प्रहरीले जनाएको छ ।आवश्यक कारवाहीको लागि सामानहरु भन्सार कार्यालय नेपालगञ्जमा पठाइएको जिल्ला प्रहरी कार्यालय

पाटे बाघको छालासहित नेपालगन्जबाट १ जना पक्राउ

नेपालगंज: पाटे बाघको छालासहित नेपालगन्जबाट १ जनालाई प्रहरीले पक्राउ गरेको छ। बुधवार दिउसो नेपालगन्ज २ पुष्पलालचोकस्थित रोयल महाबुब होटलबाट सुर्खेतका चन्द्र बहादुर कार्कीलाई पक्राउ गरेको हो । होटलमा दुर्लभ पाटेबाघको छालाको कारोबार भईरहेको छ भन्ने गोप्य सूचनाको आधारमा उक्त होटलको कोठा न. १०१ भाडामा लिई बसेको जिल्ला सुर्खेत बराहताल गाउँपालिका वडा नम्बर २ पाक्मा बस्ने बर्ष २८ को चन्द्र बहादुर कार्कीलाई पाटे बाघको छालासहित प्रहरीले पक्राउ गरेको हो । कार्कीले हरियो

मोरङमा श्रीमतीको हत्या पछी श्रीमानले पनी गरे आत्महत्या

विराटनगर । मोरङको बेलबारीमा बमबहादुर लिम्बुले श्रीमतीको हत्या गरी आफूले पनि आत्महत्या गरेका छन् । राती श्रीमती गीता लिम्बुको हत्या गरेर श्रीमानले बमबहादुरले पनि आत्महत्या गरेका हुन् । बेलबारी नगरपालिका–१ का ६० वर्षीय बमबहादुर लिम्बूले पत्नी ४५ वर्षीय गीता लिम्बूको हत्या गरेर आफूले पनि आत्महत्या गरेको मोरङ प्रहरीका प्रवक्ता डिएसपी रञ्जनकुमार दाहालले जानकारी दिए। बमबहादुरले श्रीमतीको टाउकोमा दाउले हानेको र प्रहरीले जनाएको छ । गीताको शरीरका विभिन्न भागमा समेत चोट

सप्तकोसी किनारबाट १६४ केजी गाँजा बरामद

काठमाडौं । सशस्त्र प्रहरीले सप्तकोसी नदीमा डुंगामा लैजादै गरेको १ सय ६४ किलो गाँजा मध्यरातमा बरामद गरेको छ । बुधबार बिहान १ः३५ बजेको समयमा सुनसरीको बराहक्षेत्र नगरपालिका -१ स्थित सप्तोकोशी नदीको किनारमाबाट गाँजा बरामद गरेको हो । ५/ ६ जना व्यक्तिहरुले डुङ्गाबाट निकाल्दै गरेको अवस्थामा सशस्त्र प्रहरी बल नेपाल सुरक्षा बेस चतराले गाँजा बरामद गरेको सुरक्षा बेस चतराले जनाएको छ । रातको समय भएकोले डुंगा लिई ब्यक्तिहरु फरार भएको र

बागलुङ बस दुर्घटना: ९ को मृत्यु, २८ जना घाइते 

ढोरपाटन । बागलुङ बस दुर्घटनामा ज्यान गुमाउनेको सङ्ख्या ९ पुगेको छ । पूर्वीरुकुमबाट काठमाडौँतर्फ प्रस्थान गरेको बागमती प्रदेश०१–००६ख३८७९ नम्बरको बस सोमबार बागलुङको निसीखोला गाउँपालिका–६ जाउलेपानीस्थित मध्यपहाडी लोकमार्गमा दुर्घटना भएको थियो । दुर्घटनामा २८ जना घाइते भएका छन् । घाइतेमध्ये एक जनाको बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको र अन्य २७ जनालाई बागलुङस्थित धवलागिरि अस्पतालमा ल्याइएको जिल्ला प्रहरी कार्यालय बागलुङका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक मदन केसीले जानकारी दिए । दुर्घटनामा

सर्लाहीमा प्रहरीले गोली चलायो, दुई जना नियन्त्रणमा

काठमाडौँ । सर्लाहीमा प्रहरीले गोली चलाएर दुई जना डाँकालाई पक्राउ गरेको छ । प्रहरीले चलाएको गोली लागेर भारत मोतिहारी घर भएका जितेन्द्र राउत घाइते भएका छन् । राउतको घुँडा र तिघ्रामा गोली लागेको छ । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको सर्लाहीका एसपी दयानिधि ज्ञवालीले बताए ।  राउतसँगै मोटरसाइकलमा सवार अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ । आरोपीहरूविरुद्ध भारतमा अपहरण र शरीर बन्धक कसुरमा करिब १ दर्जन मुद्दा