विशेष समाचार

गृह प्रशासन र सुरक्षा निकायमा कुनै हस्तक्षेप गर्दिन: गृहमन्त्री पौडेल

काठमाडौं । गृहमन्त्री विष्णुप्रसाद पौडेलले गृह प्रशासन र प्रहरीलाई कुनै पनि प्रकारको हस्तक्षेप नगर्ने बताएका छन् । शुक्रबार गृहमन्त्रीको रुपमा कार्यभार सम्हाल्दै मन्त्री पौडेलले आफूसहित गृहसचिवले पनि कुनै प्रकारको हस्तक्षेप नगर्ने भन्नदै नतिजाप्रति जवाफदेही भएर आफ्नो जिम्मेवारी अनुरुपको काम गर्न सुझाव दिएका हुन् ।संवैधानिक व्यवस्था र कानुनी प्रबन्धका आधारमा आफ्नो जिम्मेवारी पूरा गर्न उनले निर्देशन दिए। मन्त्री पौडेलले नतिजामुखी काम आफूले खोजेको पनि बताए। ‘मैले काममा हस्तक्षेप गर्ने कुरामा विश्वास

१५ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा एकजना पक्राउ

बारा । १५ वर्षीया किशोरीलाई करणी गरेको आरोपमा पर्सामा एक युवकलाई पक्राउ परेका छन् । पर्सागढी नगरपालिका– ७ फुलबरिया बस्ने २० वर्षीय कृष्ण पटेललाई प्रहरीले पक्राउ गरेको हो ।गएराति साढे ९ बजे पक्राउ परेका कृष्ण तथा पर्सागढी ६ चैनपुर बस्ने २० वर्षीय कमलेश सहनी १५ बर्षीया किशोरीको घर पुगेका थिए । परिवारका अन्य सदस्यहरु सुतिरहेको मौका छोपी किशोरी सुत्ने कोठामा प्रवेश गरी धाकधम्की दिई किशोरीलाई जर्बजस्ती करणी गरेको आरोप कृष्णलाई

कर्णालीमा एमालेका तीन सांसद निलम्बन

सुर्खेत । कर्णाली प्रदेशसभाका तीन जना सांसद निलम्बनका परेका छन् । पार्टीको ह्वीप उलंघन गरी ‘फ्लोर क्रस’ गरेका एमाले (खनाल–नेपाल समूह)का चारजना मध्ये सरकारमा रहेका तीन जनालाई प्रदेशसभा सचिवालयले निलम्बन गरेको हो । उनीहरुले वैशाख ३ मा मुख्यमन्त्री महेन्द्रबहादुर शाही शाहीलाई विश्वासको मत दिएका थिए । प्रदेशसभा सचिवालयका सचिव जीवराज बुढाथोकीद्वारा हस्ताक्षरित विज्ञप्तीमा भनिएको छ । ‘नेकपा एमाले संसदीय दल कर्णाली प्रदेश बैठकको निर्णयअनुसार भौतिक विकास मन्त्री अमरबहादुर थापा, उद्योगमन्त्री

सर्वोच्चको फैसला सरकारलाई काम गर्न नदिने र असफल पार्ने गरी आयो : प्रधानमन्त्री ओली

काठमाडाैं । प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वाेच्च अदालतकाे फैसलाप्रति असन्तुष्टी जनाएका छन् । नेपाल टेलिभिजनलाई बिहीबार अन्तरवार्ता दिँदै प्रधानमन्त्री ओलीले पछिल्लो समय अदालतले सरकारका विरुद्ध गरेका कतिपय फैसलाप्रति पनि गुनासो गरेका हुन् । उनले फैसला सरकारलाई काम गर्न नदिने र असफल पार्ने गरी आएको बताए । प्रधानमन्त्रीले भने ‘यस्तो बाढीपहिरोको बेला गृहमन्त्री आवश्यकताको सिद्धान्तभित्र पर्छ कि पर्दैन ? यस्तो कोभिडको बेलामा स्वास्थ्य मन्त्री आवश्यकको सिद्धान्तभित्र पर्छ कि पर्दैन ?’ प्रधानमन्त्री

प्रहरीमा तीन एसएसपीको दरबन्दी खाली, आकांक्षी धेरै

काठमाडौं । बिहीबारदेखि नेपाल प्रहरीमा एसएसपीका तीन दरबन्दी रिक्त भएका छन् । तीन एसएसपीले ३० वर्षे सेवाअवधि नै पूरा नगरी उमेहदका कारण अवकाश पाएका हुन् । बिहीबार एसएसपी दिलिप चौधरीले अवकाश पाए । एसएसपीको ५५ वर्षे उमेरहदका कारण उनले अवकाश पाएका हुन् । आफुलाई डिआइजी बढुवामा अन्याय भएको बुधबार पत्रकार सम्मेलन आयोजना गरी उनले गुनासो गरे । चौधरी महानिरीक्षक शैलेश थापा क्षेत्रीका ब्याची हुन् । एसपी बढुवा हुँदा पहिलो नम्बरमा

बंगलादेशी र नेपाली चढेको डुंगा दुर्घटना, १० जना वेपत्ता ४ जनाको सकुसल उद्धार

काठमाडौं । क्यारेबियन सागरको कोलम्बियाकिनारामा लुकिछिपि अमेरिका जादै गरेका बंगलादेशी र केही नेपाली आप्रवासी चढेको डुंगा समुन्द्रमा दुर्घटना हुदा १० जना बंगलादेशी हराइरहेकाे र ४ जनाकाे उद्धार गरिएको खबरहरु सार्वजनिक भएका छन् । ४ जना बंगलादेशी आप्रवासी नागरिक क्यारिबियन सागरको नजिकै कोलम्बिया अन्तर्गत प्रुटो इस्कन्डिडो नजिक डुंगामा डुब्दै गर्दा उद्धार गरिएका छन् । घटना गएको मंगलबारकाे भएको बुझिएको छ ।उक्त डुंगामा सवार यकिन कति जना बेपत्ता छन् तथ्य विवरणहरु प्राप्त

राष्ट्रपति भन्डारीद्धारा विभिन्न संवैधानिक निकायमा नियुक्ति

काठमाडौं । राष्ट्रपति बिद्यादेवी भण्डारीले अख्तियार दुरुपयोग अनुसन्धान आयोग, निर्वाचन आयोग, लोक सेवा आयोग लगायत निकायमा नियुक्ति गरेकी छिन् । संवैधानिक परिषद्को सिफारिसमा ती निकायमा नियुक्ति भएको हो । जसअनुसार अख्तियारको आयुक्तमा डा हरि पौडेल र डा सुमित्रा अमात्य नियुक्त भएका छन् । लोक सेवा आयोगको अध्यक्षमा माधव रेग्मीको नियुक्ति भएको छ । विभिन्न २० वटा संवैधानिक पदमा नियुक्तिको निर्णय भएको र आजै सपथ हुने राष्ट्रपति कार्यालयका निमित्त सचिव रुपनारायण

नेपालगञ्ज उमनपाको बजेट एक अर्ब ५४ करोड

नेपालगंज । नेपालगञ्ज उपमहानगरपालिकाले आज नवौँ नगरसभामा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०७८/७९ को नीति तथा कार्यक्रममा नेपालगञ्जमा चक्रपथ निर्माणलाई प्राथमिकतामा राखेको छ । नगरसभामा उपमहानगरपालिकाले आगामी आर्थिक वर्ष २०७८/७९ का लागि रु एक अर्ब ५४ करोड ७७ लाख ११ हजार ३६२ बजेटसहित नीति तथा कार्यक्रम प्रस्तुत गरेको हो । उपमहानगरपालिकाको कूल बजेटबाट नगरका २३ वडाका लागि रु २८ करोड विनियोजन गरिएको छ । नगरसभामा नगर प्रमुख डा धवलशम्शेर राणाले

गण्डकीसंगै लुम्बिनी प्रदेशमा चट्याङसहित भारी वर्षाकाे सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले गण्डकी र लुम्बिनी प्रदेशमा भारी वर्षाकाे सम्भावना रहेकाे जनाएकाे छ । महाशाखाले साँझ माैसम बुलेटिन जारी गर्दै भारी वर्षाकाे सम्भावना रहेकाे जनाएकाे हाे । हाल बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशका धेरै जिल्लामा हल्कादेखि मध्यमसम्म वर्षा भइरहेको छ । साथै गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानमामा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना देखिएको महाशाखाले जनाएको छ।

भारतलाई ८ विकेटले पराजित गर्दै न्युजिल्यान्डले चुम्यो विश्व टेस्ट च्याम्पियनसिपको उपाधि

न्युजिल्यान्डले बुधबार भारतलाई ८ विकेटले पराजित गर्दै विश्व टेस्ट च्याम्पियनसिप जितेको छ । छैटौं रिजर्भ दिन पुगेको खेलमा भारतको फिल्डिङ निकै फितलो रह्यो र उसले लगातार क्याच छाडेको थियो । न्युजिल्यान्डले त्यसको फाइदा उठाएर १ सय ३९ रनको लक्ष्य दुई विकेट गुमाएर पूरा गरेको थियो ।न्युजिल्यान्डका लागि कप्तान केन विलियम्सन ५२ रनमा नटआउट रहे । यस्तै रस टेलरले ४७ रन बनाए । उनीहरूले दोस्रो विकेटका लागि ९६ रनको नटआउट साझेदारी