विशेष समाचार

ठूलो परिमाणमा लागुऔषध गाँजासहित हेटौडाबाट ५ जना पक्राउ

मकवानपुर । मकवानपुरको हेटौंडाबाट ९६ किलो ४ सय ग्राम लागुऔषध गाँजासहित ५ जनालाई प्रहरीले पक्राउ गरेको छ । पूर्वपश्चिम राजमार्ग स्थित हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१० मेनरोडबाट प्रहरीले उक्त परिमाणको लागुऔषध गाँजासहित कन्टेनर र ५ जनालाई पक्राउ गरेको हो । मंगलबार राती १० बजेको समयमा जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको बिशेष प्रहरी टोलीले ना.२ ख ५५७९ नम्बरको कन्टेनर गाडीमा लुकाईछिपाई ल्याइको लागुऔषध गाँजा ९६ किलो ४ सय ग्रामसहित ५ जनालाई पक्राउ

दश वर्षिय छोरीको बलात्कार पछी हत्या गरेको आरोपमा बुवा पक्राउ

कैलाली । कैलालीमा आफ्नै छोरीको बलात्कार गरि हत्या गरेको आरोपमा एकजना पक्राउ परेका छन्। कैलालीको लम्कीचुहा नगरपालिका- २ की १० वर्षीया बालिकाको बलात्कारपछि हत्या गरेको आरोपमा उनका ५१ वर्षीय बुवा पक्राउ परेका हुन् । घर परिवारले दाहसंस्कार गर्ने तयारी गरिरहेको भन्ने सूचनाका आधारमा ईलाका प्रहरी कार्यालय लम्कीबाट खटिएको प्रहरी टोलीले घटनास्थल र शव जाँच लगायतको कार्य पुरा गरी शव पोष्टमार्टम तथा यौनजन्य परिक्षणका लागि सेती प्रादेशिक अस्पतालमा पठाएको जिल्ला प्रहरी

बाढी पहिरोमा हराइरहेका नागरिकको खोजी तथा राहतका लागि सरकारसँग प्रचण्डको आग्रह

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बाढी पहिरामा परी हराइरहेका नागरिकको खोजी, उद्धार तथा राहतका लागि सरकारसँग आग्रह गरेका छन् । अध्यक्ष दाहालले बुधबार विज्ञप्तिमार्फत पीडितको तत्काल उद्धार, राहतमा जुट्न र राहतलाई प्रभावकारी बनाउन सरकारसँग विशेष आग्रह गरेका हुन् । उनले बाढी पहिरो प्रभावित नागरिकको राहत तथा उद्धार कार्यमा खट्नका लागि पार्टीको सम्पूर्ण पङ्क्तिलाई एकीकृृत रूपमा परिचालित हुनसमेत आग्रह गरेका छन् । यस्तै, अध्यक्ष दाहालले

वडा कार्यालयबाट वृद्ध भत्ताको ५० लाख रुपैयाँ चोरी

  नुवाकोट । नुवाकोटको एक वडा कार्यालयबाट वृद्ध भत्ताको ५० लाख रुपैयाँ चोरी भएको घटना बाहिर आएको छ । नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट गएको चैत २४ मा चोरी भएको थियो। घटना चैतमा घटेको भए पनि अहिलेसम्म संघीय मन्त्रालयमा जानकारी नदिई स्थानीय तहमै मिलाउन खोजेपछि घटना बाहिर आएको हो । वृद्धभत्ता चोरी प्रकरण्माा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले टोली नै पठाएर छानबिन थालेपछि कुरा बाहिर पोख्खिएको हो। गाउँपालिकाका

मेलम्चीमा बाढीले केही मानिस बेपत्ता भएको अनुमान, एकिन विवरण आउन बाँकी

काठमाडौं । मेलम्ची नदीमा आएको बाढीले आयोजनाको क्षेत्रमा बस्ने लेबरहरूको क्याम्पमा क्षति पुर्‍याएको छ। त्यहाँ हताहती भएको अनुमान गरिएको छ। मेलम्ची खानेपानीको मुहानभन्दा ९ किलोमिटर माथि हेलम्बु–१ नाकोटे भन्ने ठाउँमा पहिरो गएपछि बाढी आएको हाे । साँझ सात बजे आसपासमा बाढि आएपछि स्थानीयवासीमा भागदाैड मच्चिएकाे छ । केही मानिसहरु बेपत्ता भएको अनुमान गरिए पनि यकिन विवरणहरु आएका छैनन् । बत्ती गएको हुदा सिसिटीभि अबरुद्ध भएपछि उक्त क्षेत्रकाे घटना विवरण पत्ता

मनाङको चामेमा वाढीले लघु जलविद्युत सहित ६ घर वगायो

काठमाडौं । लगातारको वर्षातबाट मनाङको दुईवटा खोलामा बाढी आउँदा सदरमुकाम चामेमा ६ घर बगाएको छ । बजारका अरु थुप्रै पसल पनि बाढीले बगाएको र ट्रस्ट बनाएर बसेका होटल र पसलहरु सबै बगाएकाे जिल्ला प्रहरी कार्यालय मनाङका डीएसपी सुवास खड्काकाले जानकारी दिए । उक्त स्थानमा भएका सबै जनतालाई माडास्थित कारागारमा राखिएको छ । डीएसपी खड्काले बाढीले जिल्ला प्रहरी कार्यालय पनि डुवानमा परेको बताए । बाढीले चामे गाउँपालिका १ तिमाङ खोलाको बेली

तलब नपाएको भन्दै नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु उत्रिए आन्दोलनमा

काठमाडौं । बाँकेको कोहलपुरस्थित नेपालगञ्ज मेडिकल कलेजका कर्मचारीहरु आन्दोलनमा उत्रिएका छन् । चार महिनादेखि तलब नपाएको भन्दै उनीहरु आन्दोलनमा उत्रिएका हुन् । सोमबार बिहान प्रशासन शाखामा भेला भएर उनीहरुले नियमित तलब, कोभिडको जोखिम भत्ता लगायतको माग गरेका छन् । माग पूरा नभए चरणबद्ध आन्दोलनमा जाने नेपालगञ्ज मेडिकल कलेजको नेपाल कर्मचारी संगठनका अध्यक्ष कुश्माखर बस्यालले बताए । ‘असार २ गतेभित्र व्यवस्थापन पक्षले तलब भत्ता लगायतका हाम्रा माग पूरा नगरे कानुनी प्रक्रिया

काठमाडौं महानगरपालिकाले आज भेरोसेल खोप लगाउदै

काठमाडौं । काठमाडौं महानगरपालिकाले आज (सोमबार) र भोलि (मंगलबार) कोरोनाविरुद्धको भेरोसेल खोप लगाउने भएको छ । २५ जेठदेखि ५ दिनका लागि सुरु गरेको खोप अभियानमा खोप अभाव भएपछि निर्धारित मितिभन्दा दुई दिन अघि नै अभियान स्थगित भएको थियो । सोही अभियान आज र भोलि गर्न लागेको महानगरपालिकाले जनाएको छ । जिल्ला स्वास्थ्य कार्यालय काठमाडौंले भेरोसेल खोपको पहिलो मात्रा लगाउन छुटेका ६०–६१ वर्ष उमेर समूहका जेष्ठ नगारिकलाई खोप कार्यक्रम सञ्चालन गर्न

युरोकपमा अष्ट्रियाको  विजयी सुरुवात

काठमाडौं  । १६ औँ संस्करणको युरोकप फुटबलमा अष्ट्रियाले  विजयी ऐतिहासिक जित निकालेको छ । रोमानियाको बुचारिस्टमा अष्ट्रियाले आइतबार राति नर्थ म्यासेडोनियालाई ३-१ गोल अन्तरले पराजित गर्दै सुखद् सुरुवात गरेको हो । अष्ट्रियालाई जित दिलाउन स्टेफान लेनर, माइकल ग्रेगोरिट्स र मार्को आर्नोटोभिकले एक-एक गोल गरे ।सेडोनियाका गोरान पाण्डेभले एक गोल फर्काए । यस जितसँगै समूह ‘सी’ को अष्ट्रियाले महत्वपूर्ण ३ अंक जोडेको छ । अष्ट्रिया समूहको शीर्ष स्थानमा रहेको छ । म्यासेडोनियाले

एसईईको मूल्याङकन असार २० गतेभित्र पठाउन विद्यालयलाई निर्देशन

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले एसईईको मूल्याङकन असार २० गतेभित्र पठाउन विद्यालयलाई निर्देशन दिएकाे छ। परीक्षा बोर्डको बैठकले मूल्यांकन नतिजा असार २० गतेसम्म सम्बन्धित जिल्लाको शिक्षा विकास समन्वय इकाइमा पठाइसक्नु पर्ने निर्णय गरेको हाे । एसईईमा विषय शिक्षकले विद्यार्थीलाई निर्माणात्मक २० प्रतिशत (विद्यार्थीको हाजिरी, प्रस्तुतिलगायत), निर्णयात्मक ५५ प्रतिशत (विद्यालयले लिएको त्रैमासिक परीक्षाको मूल्यांकन) र प्रयोगात्मक २५ प्रतिशत अंक दिन सक्ने कार्यविधिमा व्यवस्था गरिएको छ । प्रयोगात्मक नभएका विषयहरुमा निर्माणात्मक २५ प्रतिशत र