विशेष समाचार

मुख्यमन्त्री गुरुङ्गले पाएनन विश्वासको मत, गुम्यो मुख्यमन्त्री पद

काठमाडौं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङको पद गएको छ । बिहीबार प्रदेशसभाबाट विश्वासको मत नपाएसँगै गुरुङको मुख्यमन्त्री पद स्वतः गएको हो । प्रदेशसभामा गुरुङले विश्वासको मत लिन गरेको प्रस्ताव पारित हुन सकेन । प्रस्तावको पक्षमा २७ जना र विपक्षमा ३० जना प्रदेशसभा सदस्यले मतदान गरेका छन् । ६० सदस्यीय प्रदेशसभामा विश्वासको मतसम्बन्धी प्रस्तावउपरको मतविभाजनमा ५८ जना उपस्थित थिए । प्रदेश सरकारका युवामन्त्री राजीव गुरुङ (दीपक मनाङे) भने अनुपस्थित रहे

प्रधानमन्त्री ओलीद्वारा २५ सदस्यीय मन्त्रिपरिषद विस्तार

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार मन्त्रिपरिषद् विस्तार गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री ओलीको गत वैशाख ३१ गठित मौजुदा मन्त्रिपरिषदमै नयाँ नियुक्ति र हेरफेर गरेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ । यससँगै ओली नेतृत्वको मन्त्रिपरिषद् राज्यमन्त्रीसहित २५ सदस्यीय बनेको छ । प्रधानमन्त्री ओलीको २५ सदस्यीय मन्त्रिपरिषद्मा तीन जना उपप्रधानमन्त्री रहेका छन् । जसमा विष्णु पौडेल उपप्रधानसहित अर्थ, राजेन्द्र महतो सहरी विकास, रघुवीर महासेठ परराष्ट्र मन्त्री रहेका

सात मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पायो पूर्णता

फाइल फोटो काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सात मन्त्री र एक राज्यमन्त्रीसहित मन्त्रिपरिषद्लाई पूर्णता दिएका छन् । नयाँ नियुक्त मन्त्रीहरुको सपथग्रहण आजै अपरान्ह ४ बजे हुने भएको छ । प्रधानमन्त्री ओलीले रक्षा मन्त्रालय भने आफैँले राखेका छन् । आज विस्तार गरेको मन्त्रिपरिषदमा गृहमन्त्रीमा खगराज अधिकारी र सञ्चार तथा सूचना प्रविधिमन्त्रीमा नैनकला थापालाई नियुक्त गरेका छन् । त्यस्तै, वन तथा वातावरणमन्त्रीमा नारदमुनि राना, कृषिमन्त्रीमा ज्वालाकुमारी शाह, उद्योगमन्त्रीमा राजकिशोर यादव, सामान्य

राष्ट्रिय क्रिकेट खेलाडीको प्रतिओडिआई खेल म्याच फि १० हजार

काठमाडौं । राष्ट्रिय क्रिकेट टोलीका पुरुष खेलाडीले प्रतिओडिआई खेल म्याच फि १० हजार र महिला खेलाडीले पाँच हजार पाउने रुपैयाँ भएका छन् । नेपाल क्रिकेट संघ (क्यान) ले आर्थिक कार्यविधि र नियमावली २०७७ मंगलबार पारित गर्दै उक्त निर्णय गरेको हो । मंगलबार क्यानको केन्द्रिय बोर्ड बैठकले आर्थिक समितिका क्यानका कोषाध्यक्ष रोशन सिंह, सदस्य दुर्गाराज पाठक र माधव कर्माचार्यले प्रस्तुत गरेको प्रस्तावित नियमावली पारित (अनुमोदन) भएको छ । ग्रास रुटबाट आउने खेलाडी

सर्वोच्चले दिएन अन्तरिम आदेश, विपक्षीको लिखित जवाफपछि मात्र निरन्तर सुनुवाइ हुने

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटनसम्बन्धी मुद्दामा अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । प्रतिनिधिसभाका १४६ सांसदले धारा ७६(५) अनुसारको प्रधानमन्त्रीमा शेरबहादुर देउवालाई नियुक्त गर्न, प्रतिनिधिसधा विघटन बदर गर्न अन्तरिम आदेश माग गर्दै दिएको रिटमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु दीपककुमार कार्की, ईश्वरप्रसाद खतिवडा र डा. आनन्दमोहन भट्टराईको इजलासले अन्तरिम आदेश दिन भने अस्वीकार गरेको हो । सर्वोच्चले सरकारसँग प्रतिनिधि सभा विघटन गर्नुको लिखित कारण माग गरेको छ । प्रतिनिधि

विश्वासको मतको विपक्षमा उभिन आ–आफ्ना सांसदलाई ह्वीप जारी

काठमाडाैं । गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले बिहीबार लिने विश्वासको मतको विपक्षमा उभिनका लागि दलहरुले आ–आफ्ना सांसदलाई ह्वीप जारी गरेका छन् । बुधबार गण्डकी प्रदेशसभाअन्तर्गत नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र)को संसदीय दलका छुट्टाछुट्टै बसेका बैठकले ह्वीप जारी गरेका हुन् । नेकपा (एमाले) ले पनि विश्वासको मतको पक्षमा उभिनका लागि आफ्ना सांसदलाई ह्वीप जारी गरेकाे छ । जनता समाजवादी पार्टी र राष्ट्रिय जनमोर्चाले पनि विश्वासको मतको विपक्षमा उभिनका लागि आफ्ना

विर्तामोडमा करेन्ट लागेर तीन बर्षिया बालकको मृत्यु

झापा । विर्तामोड नगरपालिका–१० ठुटेबर चोकमा आज बिहान करेन्ट लागेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा डम्बरबहादुर गुरुङका तीन वर्षीय छोरा अभिनाश रहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । गुरुङको बन्दै गरेको घरमा पानी तान्ने मोटरमा रहेको नाङ्गो तार छुन पुग्दा बालकलाई करेन्ट लागेको थियो । घाइतेलाई उपचारका लागि बिर्तामोडस्थित मनमोहन अस्पताल पुयाउना साथ चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता राकेश थापाले बताए ।

सबै नागरिकलाई कोरोनाविरुद्धको खोप लगाइन्छ: मन्त्री तामाङ

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री शेरबहादुर तामाङले सबै नागरिकका लागि कोरोनाविरुद्धको खोप सुनिश्चित गरिने भएकाले त्यस समयसम्म सुरक्षित रहन आग्रह गरेका छन् । चन्द्रागिरि नगरपालिकामा नगरस्तरीय सामुदायिक भवनमा जडित अक्सिजन प्लान्टको उद्घाटन र अनुगमनपछि मन्त्री तामाङले खोपको सुनिश्चितता नहुन्जेलसम्म सम्पूर्ण नागरिकलाई सुरक्षित रहन आग्रह गरेका हुन् । चन्द्रागिरि नगरपालिकाको नगरस्तरीय सामुदायिक अस्पतालमा दैनिक ४० देखि ४८ ठूला अक्सिजन उत्पादन गर्नसक्ने प्लान्ट जडान भएको छ । रु ७४ लाखको लगानीमा निर्माण

असारदेखी निषेधाज्ञा खुकुलो वनाउदै लैजाने सरकारको तयारी

काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोभिड–१९ सङ्क्रमणको गति मुलुकमा क्रमशः न्यून हुँदै गएपछि सरकारले  जारी निषेधाज्ञालाई विस्तारै खुकुलो बनाउँदै लैजाने योजना अघि सार्ने भएको छ । गृह मन्त्रालयका अनुसार मुलुकभर जारी गरिएको निषेधको आदेश कार्यान्वयन र सङ्क्रमणको अवस्थाबारे समीक्षा भइरहेको र त्यसैका आधामा असारदेखि कसरी अघि बढ्ने भन्ने कुराको निर्क्योल हुने जनाइएको छ । गृहप्रवक्ता जनकराज दाहालले जिल्लाबाट रिपोर्टिङ् लिने क्रम जारी रहेको जानकारी दिए । यसअघि ‘लकडाउन’ थियो,

प्रहरी नियमावली संशोधन अन्यौल हुँदा बढुवा र नयाँ भर्नामा समस्या

काठमाडौं । गृह मन्त्रालयले तीन महिनाअघि पनि प्रहरी नियमावली संशोधन प्रक्रिया अघि बढाएको थियो । तर, निर्णय नहुँदा केही पदमा बढुवा रोकिएको छ भने इन्स्पेक्टर पदमा नयाँ भर्ना पनि अन्योलमा परेको छ । सइबाट इन्स्पेक्टर पदको बढुवामा देखिएको समस्या समाधानका लागि नियमावली संशोधन गर्न लागिएको थियो । इन्स्पेक्टरमा ६० प्रतिशत भर्ना र ४० प्रतिशत बढुवाबाट पदपूर्ति गर्ने प्रावधानलाई संशोधन गरी भर्ना र बढुवाबाट ५०–५० प्रतिशत बनाउने सहमति भएको थियो । गृहले नियमावली संशोधनको मस्यौदा कानुन