विशेष समाचार

चौधरी उद्योगको बियर प्लान्टमा आगलागी

काठमाडौं । पूर्वी नवलपरासीको देवचुली नगरपालिका–२ स्थित चौधरी उद्योग ग्राममा रहेको बियर प्लान्टमा आगलागी भएको छ । आज बिहान बिहान साढ ८ बजेतिर आगलागी भएको हो । उद्योग प्रशासन प्रमुख दामोदर पौडेलका अनुसार अहिले नियन्त्रण बाहिर रहेको छ । नेपाली सेना, प्रहरी र कर्मचारीहरुको सहयोगमा आगो निभाउने प्रयास भइरहेको उनले बताए । आगलागीका कारण थाहा हुन नसकेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए ।

दरबार हत्याकाण्डको २० बर्ष पुरा, सत्यतथ्य अझै सार्वजनिक हुन सकेन

काठमाडौं । आज जेठ १९ अर्थात नारायणहिटी दरबार हत्याकाण्ड भएको दिन । आजकै दिन २०५८ जेठ १९ गते साँझ राजदरवारभित्रै तत्कालीन राजा वीरेन्द्र शाहको वंश नाश हुनेगरी भएको हत्याकाण्डको १९ वर्ष पूरा भएको छ । सक्रिय शासनको राजपरिवार नै सखाप पार्नेगरी दरबार हत्याकाण्ड भएको २० वर्ष पुग्दासमेत कसले कुन उद्देश्यले हत्याकाण्ड रच्यो भन्ने रहस्यमै छ । अर्थात, घटनाको सत्यतथ्य अझै पनि सार्वजनिक हुन सकेको छैन । उक्त घटनामा तत्कालीन राजा

प्रहरी नियमावली संशोधन प्रक्रिया रोकियो, सयौं कर्मचारीको बढुवा प्रक्रिया प्रभावित

काठमाडौं । एकपछि अर्काे अध्यादेश ल्याइरहेको सरकारले प्रहरीको अत्यावश्यक नियमावली संशोधनमा भने चासो दिएको छैन । नियमावली संशोधन प्रक्रिया रोकिदा सयौँ कर्मचारीको बढुवा प्रभावित बनेको छ । बढुवाका केही प्रावधान संशोधनसहित प्रहरी नियमावली संशोधन अघि बढेकोमा दुई महिनादेखि त्यससम्बन्धी प्रस्ताव कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयमा रोकिएको छ । नियमावली संशोधन गर्न रायका लागि मस्यौदा कानुन मन्त्रालयमा पठाएकोमा उताबाट फिर्ता नआएको गृह मन्त्रालयको कानुन महाशाखा प्रमुख सहसचिव धर्मराज कुइँकेलले बताए । कानून र

देउवालाई दिएको समर्थन फिर्ता लिए  जेठ २ को अवस्थामा फर्कन ओली सहमत

काठमाडौं । आन्तरिक विवादमा रुमलिएको नेकपा एमालेभित्र विवाद मिलाउन दोस्रो तहका नेता सक्रिय भएका बेला अध्यक्ष केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ससर्त ब्युँताउन तयार भएका छन्। माधव नेपाल समूहले विपक्षी दलका नेता शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता लिए नवौं महाधिवेशनबाट निर्वाचित कमिटी ब्युँताई पार्टी २०७५ जेठ २ गतेको अवस्थामा फर्किएको घोषणा गर्न ओली सहमत भएको एमाले उच्च स्रोतले जानकारी दिएको छ। विवाद मिलाउन सक्रिय आफू पक्षधर

सातामा पाँच दिन १० वटा अन्तर्राष्ट्रिय हुने

काठमाडौं । सरकारले १० वटा अन्तर्राष्ट्रिय उडान खुला गरेको छ । पर्यटन नथा नागरिक उड्डयन प्राधिकरणले मंगलबार सूचना जारी गर्दै शनिबार र आइतबारबाहेक सातामा ५ दिन आउने र जानेगरी ५ वटा वायुसेवा कम्पनीलाई सातामा १० वटा नियमित उडान खुला गरेको हो । टर्कीको स्तानबुलका लागि टर्किस एयरलायन्स, कतारको दोहाका लागि नेपाल वायुसेवा निगम तथा कतार एयरवेज र भारतको नयाँ दिल्लीका लागि एयर इन्डिया र नेपाल वायुसेवा निगमले नियमित उडान गर्न

जेठ २५ गतेदेखि ६० देखि ६४ वर्षका नागरिकलाई भेरोसेल खोप लगाइने

काठमाडौं । चीनले अनुदान दिएको कोरोनाभाइरसविरूद्धको १० लाख डोज खोप जेठ २५ गतेबाट लगाउन सुरू गर्ने निर्णय भएको छ। स्वास्थ्य मन्त्रालयमा बसेको बैठकले आगामी २५ गतेबाट चीनले दिएको खोप लगाउने निर्णय गरेको स्वास्थ्य सेवा विभागअन्तर्गत खोप शाखाका प्रमुख डाक्टर झलक गैरेलेे जानकारी दिए । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकाअनुसार जेठ २५ गतेदेखि देशभरका ६० देखि ६४ वर्ष उमेर समूहका नागरिकलाई चीनबाट अनुदानमा प्राप्त भएको भेरोसेल खोप दिइन लागिएको हो । तोकिएको

विवेकशील साझाका नेता उज्ज्वल थापाको निधन

काठमाडौं । विवेकशील साझा पार्टीका नेता उज्ज्वल थापाको निधन भएको छ। काठमाडौंको मेडिसिटी अस्पतालमा उपचारका क्रममा उनको ४ः२५ बजे निधन भएको हो। विवेकशील साझा पार्टीका संयोजक मिलन पाण्डेले थापाको निधन भएको पुष्टि गरेका छन्। सामाजिक सञ्जाल फेसबुकमा पाण्डेले लेखेका छन्, ‘उज्वल थापा हामीबिच रहनुभएन। ’कोरोना संक्रमणसमेत भएका थापाको सोमबार मात्र कोरोना रिपोर्ट नेगेटिभ आएको थियो। कोरोना संक्रमणपछि स्वास्थ्यस्थिति जटिल बन्दै गएपछि उनलाई अस्पताल भर्ना गरिएको थियो।

चीनले अनुदानमा दिएको ८ लाख खोप नेपाल आइपुग्यो

काठमाडौँ । चीनले अनुदानमा दिएको खोप मंगलबार काठमाडौँ आइपुगेको छ । नेपाल वायुसेवा निगमको वाइडबडी बिमानले बेइजिङबाट उक्त परिमाणको खोप ल्याइपुर्‍याएको हो । खोप ल्याउन नेपाल वायु सेवाको वाइडबडी विमान सोमबार राति ११ बजे बेइजिङका लागि उडेको थियो । चीनले अनुदानमा उपलब्ध गराएको १० लाख डोज खोपमध्ये ८ लाख मात्रा काठमाडौं आइपुगेको हो । बाँकी २ लाख डोज अर्को लटमा ल्याइनेछ । चिनियाँ राष्ट्रपति सी चिनफिङले नेपाललाइ १० लाख खोप

रेशम चौधरीलाई रिहा गर्ने सरकारको तयारी

काठमाडौं । सरकारले थारु कल्याणकारिणी सभा, थरूहट/थारूवान संयुक्त संघर्ष समितिसँग ६ बुँदे सहमति गरेको छ । सहमतिको पहिलो बुँदामा टीकापुर घटनाका अभियुक्त धनीराम चौधरी, रेशलाल चौधरी र लक्ष्मण चौधरीलगायतमाथि लगाइएको मुद्दा फिर्ता र रिहाइका लागि सरकारले पहल गर्ने उल्लेख छ । त्यसैगरी, थारुहट आन्दोलनका क्रममा ज्यान गुमाइ शहीद भएकाको परिवारलाई राहत उपलब्ध गराउने, आन्दोलनको क्रममा भएको क्षतिको मुल्याङ्कन गरी रहत उपलब्ध गराउने, संविधानअनुसार थारु समुदायलाई आरक्षको व्यवस्था गर्ने, थारूभाषी बाहुल्य

जसपाका महन्थ ठाकुरसहित चार नेता पार्टीबाट निष्कासन

काठमाडौं । जनता समाजवादी पार्टी जसपा नेपालको उपेन्द्र यादव पक्षले अर्का अध्यक्ष महन्थ ठाकुरसहित चार नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पार्टीको कार्यकारिणी समितिको बैठकको निर्णयअनुसार ठाकुरसहित वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई निष्कासन गरेको हो । यादव पक्षले यसबारे निर्वाचन आयोगलाई पनि जानकारी गराइसकेको छ ।