विशेष समाचार

संवैधानिक इजलासबाट दुई न्यायाधीश  कार्की र भट्टराई बाहिरिए

काठमाडौं । प्रतिनिधिसभा विघटनसम्बन्धी विवादको सुनुवाइ गर्न गठन गरिएको संवैधानिक इजलासबाट दुई न्यायाधीश बाहिरिएका छन् । न्यायाधीश द्धय दीपककुमार कार्की र आनन्द मोहन भट्टराईले इजलासबाट अलग भएको घोषणा गरेका छन् । कार्की र भट्टराइले न्याय परिणाम मात्र नभइ प्रक्रियामा समेत निष्पक्षता हुनुपर्ने भन्दै मंगलबारको संवैधानिक इजलासमार्फत अलग भएको घोषणा गरेका हुन् । दुई न्यायाधीशले अलग हुने घोषणा गरेतापनि प्रश्न गठेका दुई न्यायाधीश तेजबहादुर केसी र बमकुमार श्रेष्ठले भने संवैधानिक इजलासबाट

एमाले स्थायी कमिटीको बैठकले १२ सांसदलाई कारवाही गर्दै

काठमाडौं । समसामयिक राजनीतिक र पार्टीको अन्तरिक समस्या समाधानबारे छलफल गर्न नेकपा एमालेको स्थायी कमिटी बैठक बसिरहेको छ । प्रधानमन्त्री निवास बालुवाटारमा जारी बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन हस्ताक्षर गर्ने थप सांसदलाई कारवाही गर्नेबारे छलफल चलिरहेको एक नेता बताएका छन् । अघिल्लो स्थायी कमिटी बैठकले १२ जना सांसदसँग स्पष्टीकरण मागेको थियो । तर, कसैले पनि स्पष्टीकरणको जवाफ नदिएकाले आजको बैठकले उनीहरुमाथि थप कारवाही गर्ने तयारी गरेको हाे ।

सशस्त्र प्रहरीमा ४ हजार दरबन्दी थप्ने सरकारको तयारी

काठमाडौं । सीमा सुरक्षामा केन्द्रित गर्ने गरी सरकारले सशस्त्र प्रहरी बलको दरबन्दी थप्ने तयारी थालेको छ । करिब चार हजार दरबन्दी थप्ने गृह मन्त्रालयले गृहकार्य थालेको हो । आगामी आर्थिक वर्षमा भारत र चीनसँगको सीमामा एक सय २० वटा बोर्डर आउट पोस्ट (बिओपी) थप गर्ने कार्यक्रम बजेट वक्तव्यमा आएसँगै जनशक्ति पनि थप्न लागिएको हो । सीमा सुरक्षामा सशस्त्र प्रहरी बल खटाइँदै आएको छ । बिओपी थप्ने योजनाअन्तर्गत सशस्त्र प्रहरीको दरबन्दी पनि बढाइने गृह मन्त्रालयका

उपल्लो डोल्पामा अझै पुगेन औषधिलगायतका सामग्रीहरु

जाजरकोट । उपल्लो डोल्पामा कोरोना जस्तै लक्षण मिल्ने बिरामीको सङ्ख्या बढेको डोल्पो जनजाति विकास केन्द्रले जनाएको छ । उपल्लो डोल्पामा पर्ने डोल्पोबुद्ध,छार्काताङ्सोङ र शे–फोक्सुण्डो गाउँपालिकाका स्थानीयवासी ज्वरो र रूघाखोकी लागेर धमाधम बिरामी पर्न थालेका छन् । तीन गाउँपालिकाले संयुक्तरूपमा डोल्पो जनजाति विकास केन्द्रमार्फत स्वास्थ्य मन्त्रालयलाई लेखेको पत्रमा भनिएको छ, “उपल्लो डोल्पामा कोरोनाको जस्तै लक्षण देखिएका बिरामीको सङ्ख्या दिन प्रतिदिन बढिरहेको छ । डोल्पोबुद्धका चार कर्मचारीलाई हेलिकप्टरबाट गाउँपालिकाकै खर्चमा सुर्खेत ल्याई

एसईई परीक्षाको नतिजा आन्तरिक मुल्यांकनबाट गरिने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं । सरकारले यस वर्षको एसईई परीक्षाको नतिजा पनि आन्तरिक मुल्यांकनबाट गर्ने निर्णय गरेको छ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयको प्रस्तावमा आज बसेको मन्त्रिपरिषद्को बैठकले एसईई परीक्षाको आन्तरिक मुल्यांकन विधि अनुसार गर्ने निर्णय पारित गरेको हो । बैठकमा सहभागि एक मन्त्रीले भने, ‘शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले प्रस्ताव पेश गर्नुभयो । कोरोना महामारी झन बढ्दै गएकाले उनको प्रस्ताव अनुसार नै बैठकले निर्णय गर्यो ।’

आइपिएलका बाँकी खेल युएईमा हुने

एजेन्सी – इन्डियन प्रिमियर लिग (आइपिएल) २०२१ का बाँकी खेल संयुक्त अरव इमिरेट्स (युएई) मा हुने भएको छ । द बोर्ड अफ कन्ट्रोल फर क्रिकेट इन इन्डिया (बिसिसिआई) ले औपचारिक रुपमा आपिएलका बाँकी खेल युएइमा गर्ने निर्णय गरेको छ । गत वैशाखमा २१ मा एकपछि अर्को खेलाडीलाई कोरोना संक्रमण देखिएपछि आइपिएल अनिश्चितकालको लागि स्थगित हुन पुगेको थियो । नयाँ तालिका अनुसार आइपिएलबा बाँकी खेल आगमी सेप्टेम्बर अक्टोबरमा हुने छ । आइपिएल

कोपा अमेरिका ब्राजिलमा हुने

काठमाडौं । कोपा अमेरिका फुटबल ब्राजिलमा आयोजना हुने भएको छ । यसअघि कोपा अमेरिका अर्जेन्टिनामा आयोजना हुने तय थियो । दक्षिण अमेरिकी फुटबलको सर्वोच्च निकाय (कन्मेबोल) ले सोमबार कोपा अमेरिका ब्राजिलमा आयोजना हुने जनाएको हाे । गत सिजन पनि कोपा अमेरिका ब्राजिलमा आयोजना भएको थियो । ब्राजिल साविकको विजेता टोली पनि हो । अर्जेन्टिनाबाट हुने भनिएको प्रतियोगिता कोरोना भाइरसको महामारीको कारण ब्राजिलमा हुने भएको हो । प्रतियोगिता जुन १३ देखी जुलाई

काठमाडौंमा जेठ २० गतेपछि निषेधाज्ञा खुकुलो पारिने

काठमाडौँ : काठमाडौँ उपत्यकामा कोभिड-१९ संक्रमण फैलन नदिन लगाइएको निषेधाज्ञा जेठ २० गते सकिँदैछ । जनजीवन कष्टकर बन्दै गएकाले २० गतेपछि निषेधाज्ञा खुकुलो पार्दै लैजाने तयारी भएको काठमाडौँका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले बताए ।   ‘खाद्यान्न पसल, डिपार्टमेन्ट स्टोर र सार्वजनिक निर्माण स्थलका क्षेत्रलाई खुकुलो बनाउँदै लगिन्छ,’ पराजुलीले भने । होटल, विद्यालय जस्ता बढी भिडभाड हुने ठाउँ तत्काल खुला नगरिने उनको भनाइ छ । पछिल्लो समय थप गरिएको निषेधाज्ञाको समय सकिन दुईदिन मात्र बाँकी

राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार विजयी

दाङ । लुम्बिनी प्रदेशको राष्ट्रिय सभा उपनिर्वाचनमा विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डेय विजयी भएका छन् । पाण्डेयले सत्तारुढ एमालेका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गरेका छन् । पाण्डेयले प्रदेशसभातर्फ ४२ र स्थानीय तह तर्फ ११८ जनाको मत पाएका छन् । खड्काले प्रदेशसभातर्फ ४० र स्थानीय तहतर्फ ९४ जनाको मत पाएका छन् ।

राजेन्द्र र महन्थ बालुवाटारमा, मन्त्रालय टुंगो लगाएर आउँदो बुधबार सरकारमा जाने तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीसँग छलफल गर्न जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो बालुवाटार पुगेका छन् । ठाकुर पक्ष सरकारमा जाने तयारीमा छ । त्यसकै लागि छलफल गर्न उनीहरु बालुवाटार गएका हुन् । आज मन्त्रालय बाँडफाँडको तयारी गरिएको स्रोतले जानकारी दियो । आज मन्त्रालय टुंगो लगाएर ठाकुर पक्ष आउँदो बुधबार सरकारमा सहभागी हुने जनाइएको छ ।