विशेष समाचार

चीनले अनुदानमा दिने १० लाख डोज खोप जुन पहिलो साता नेपाल आइपुग्ने

काठमाडौं । चीन सरकारले अनुदानमा दिने घोषणा गरेको १० लाख डोज खोप आउँदो जुन पहिलो साता नेपाल आइपुग्ने भएको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले आज स्वास्थ्य पत्रकार मञ्चको भर्चुअल पे्रस मिटमा बोल्दै जुन पहिलो साता खोप नेपाल ल्याइने जानकारी दिएका हुन् । तिब्बत नाका हुँदै मे महिनाको अन्तिमसम्म दुई लाख र जुन ३ तारिखमा आठ लाख डोज खोप ल्याइने मन्त्री ज्ञवालीले बताए । चीन सरकारले कोभिड–१९ विरुद्धको १० लाख डोज

बजेटको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओलीले आज दिउसो ४ बजे सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज दिउँसो ४ बजे सम्बोधन गर्दैछन् । आर्थिक वर्ष २०७८/०७९ को बजेटको पूर्वसन्ध्यामा शुक्रबार प्रधानमन्त्री ओलीले सम्बोधन गर्न लागेका हुन् । संवैधानिक व्यवस्थाअनुसार जेठ १५ गते संसदमा बजेट पेस गर्नुपर्नेमा गत ७ जेठको मध्यरातमा प्रतिनिधिसभा विघटन गरेपछि आगामी आर्थिक वर्षको बजेट अध्यादेशबाट ल्याउने तयारी भइरहेको छ । अर्थमन्त्री विष्णु पौडेलले बजेट शनिबार सिंहदरबारबाट सार्वजनिक गर्दैछन् । अर्थविद्हरुले काम चलाउ सरकारले काम चलाउ बजेट मात्र

भेरी हस्पिटलको २ तलाबाट हाम फालेर डाक्टर र नर्सले ज्यान जोगाए

नेपालगंज । कोरोना संक्रमितको मृत्युको विषयलाई लिएर आफन्तहरुले स्वास्थ्यकर्मीहरुलाई लखेट्दै कुटपिट गर्न खोज्दा ज्यान जोगाउन भेरी अस्पताल नेपालगन्जका ४ जना नर्स अस्पतालको २ तलामाथिबाट हाम फालेका छन् । दाङका एक पुरुषको उपचारकै क्रममा मृत्यु भएपछि आफन्तहरुले मान्छे मार्यो भन्दै स्वास्थ्यकर्मीहरुलाई लखेट्दै हातपात गर्न खोजेपछि अस्पतालमा भागाभाग भएको थियो । स्वास्थ्यकर्मीहरुको भागाभाग भयो झण्डै ज्यान जाेगियाे डा.प्रकाश थापाले जानकारी दिए । डाक्टर थापाले भने , ‘स्थिति डरलाग्दो भयो , बिरामीको मृत्युको

बेलायतद्वारा नेपाललाई स्वास्थ्य सामाग्री सहयोग

लण्डन । संयुक्त अधिराज्य (बेलायत) सरकारले कोभिड–१९ महामारी रोकथाम, नियन्त्रण र उपचारका लागि नेपाल सरकारको अनुरोध बमोजिम २६० वटा भेन्टिलेटर र भेन्टिलेटरका लागि आवश्यक अन्य सामग्री तथा फेस शिल्ड सहयोगस्वरुप उपलब्ध गराएको छ । लण्डनस्थित नेपाली दूतावसका अनुसार बिहीबार अपराह्न सामानसहित बेलायतबाट विमान पठाइ सकिएको बताईएको छ। गैरआवासीय नेपाली सङ्घ यूके तथा नेपाली राजदूतावासको समन्वयमा १० वटा अक्सिजन कन्सन्ट्रेटर पनि सोही विमानबाट नेपाल सरकार, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले प्राप्त गर्ने

कांग्रेस १४ औं महाधिवेशन अनिश्चित, नेता पौडेलद्वारा दुई विकल्प

काठमाडौं । आगामी ७ देखि १० भदौका लागि तय नेपाली कांग्रेस १४औं महाधिवेशन अनिश्चित बनेको छ । विश्वव्यापी कोरोना संक्रमणका कारण निर्धारित महाधिवेशन अनिश्चित बनेपछि कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले दुई विकल्प अघि सारेका छन् । उनले बिहीबार नेपाल प्रेस युनियन स्थापना दिवसका अवसरमा आयोजित ‘भर्चुअल’ कार्यक्रममार्फत विकल्प देखाएका हुन् । पार्टी केन्द्रीय कार्यालयमा अनलाइन प्रणालीमा आएका क्रियाशील सदस्यबाट छानबिन गरेर ९विवाद भएका बाहेक०मात्रै महाधिवेश गर्न सकिने वा १३औं महाधिवेशनमा

नेपाललाई १० लाख डोज खोप तत्काल लैजान चीनको प्रस्ताव

काठमाडौं । चीनले अनुदानमा दिने भनेको कोरोनाविरुद्धको १० लाख डोज खोप तत्काल उपलब्ध गराउन सकिने जानकारी दिएको छ । आठ लाख डोज खोप बेइजिङबाट नेपालले आपूर्ति गर्नुपर्नेछ भने दुई लाख डोज तिब्बत सरकारका तर्फबाट उपलब्ध हुनेछ । चीन सरकारको वैदेशिक सहायतासम्बन्धी निकाय चाइना इन्टरनेसनल डेभलपमेन्ट कोअपरेसन एजेन्सीले बेइजिङस्थित नेपाली दूतावासमार्फत नेपाल सरकारलाई यस्तो जानकारी गराएको हो । राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सी जिनपिङबीच बुधबार खोपलगायत द्विपक्षीय सुरक्षा र सहयोगबारे टेलिफोनमा कुराकानी

चीनद्धारा श्रीलङ्कालाई पाँच लाख डोप खोप सहयोग

बेङजिङ । चीनले श्रीलङ्कालाई कोरोना भाइरसविरुद्धको पाँच लाख मात्रा खोप प्रदान गरेको छ । पछिल्लो समयमा भारतमा कोभिड–१९ को अभाव सामना गर्नु परेपछि श्रीलङ्कालाई कोरोना खोप उपलब्ध गराउन सकिरहेको थिएन । बुधबार दोश्रो चरणको चिनियाँ खोप कोलम्बोमा पुगेको हो । यसअघि गत मार्चमा पाँच लाख मात्रा खोप श्रीलङ्का पुगेको थियो । अक्सफोर्ड अस्ट्राजेनेकाद्वारा विकास गरेको र भारतमा उत्पादन गरिएको कोभिसिल्ड खोप उपलब्ध गराउने भनिए पनि भारतीय अदालतले खोप तत्काल बाहिर

वागमती प्रदेशको बजेट अधिवेशन जेठ १६ मा

मकवानपुर । वागमती प्रदेश सभाको बजेट अधिवेशन जेठ १६ गतेदेखि सञ्चालन गर्न दलहरु सहमत भएका छन् । बिहीबार प्रदेशको प्रदेश सुशासन केन्द्र जाउलाखेलमा बसेको सर्वदलीय बैठकले जेठ १६ गतेदेखि प्रदेश सभाको अधिवेशन शुरु गर्ने विषयमा सहमति गरेको हो । यस्तै, बैठकले प्रदेश सभा कसरी चलाउने तथा कोभिड – १९ को महामारीका बिचमा कसरी सहज ढंगले चलाउने भन्ने विषयमा छलफल गरेको थियो । वागमती प्रदेश सरकारले प्रदेश स्तरीय सर्वदलीय बैठक बोलाएर

जेठ १८ गतेदेखि चीन सहित ३ देशमा नियमित उडान हुने

काठमाडौं चार्टर उडानमा वायुसेवा र एजेन्टको मिलोमतोमा यात्रुलाई ठगिने क्रम नरोकिएपछि नेपाल सरकारले जेठ १८ गतेदेखि नेपालसँग नियमित उडान भइरहेका चीन, कतार र टर्कीका लागि नियमित उडान खोल्ने निर्णय गरेको छ । बिहीबारको मन्त्रीपरिषद बैठकले जुन १ (जेठ १८) देखि कतारको राजधानी दोहा, टर्किको इस्तानबुल र चीनका कुनै पनि स्थानमा दोहोरो अन्तर्राष्ट्रिय उडान खुला गर्ने निर्णय गरेको हो। तीनै देशमा सातामा एउटा उडानमात्र खुला गरिने भएको छ ।

हतियारधारी युवाहरूद्वारा प्रहरी चौकीमा आक्रमण, इन्चार्ज घाइते

धरान । हतियारधारी युवकहरूको एक समूहले आज साँझ धरानको एक प्रहरी चौकीमा आक्रमण गरेका छन् । घरेलु हतियारसहितकाे युवाहरुको समूहले धरान १५ स्थित अस्थायी प्रहरी चौकीमा एक्कासी आक्रमण गर्दा चौकीका इञ्चार्ज सुमन दाहाल घाइते भएका हुन् । प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रहरी प्रवक्ता एवम् प्रहरी उपरिक्षक महेन्द्रकुमार श्रेष्ठताअनुसार घरेलु हतियार बोकेर गएका युवाहरुको आक्रमणमा परी दाहाल घाइते भएका छन् । ‘योजनाबद्ध रुपमा हतियारसहित आएका केटाहरूले एक्कासि आक्रमण गरेछन्, त्यहाँ कार्यरत