काठमाडौं । ओलीले शुक्रबारै मन्त्रिपरिषद् विस्तार गरेका छन् । उनले यसअघिकै मन्त्रिपरिषद्का सदस्यलाई पुरानै मन्त्रालयको जिम्मेवारी दिएका छन्। जसअनुसार उपपप्रधानमन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट, ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री टोपबहादुर रायमाझी र अर्थमन्त्री विष्णु पौडेलले यसअघिकै जिम्मेवारी पाएका छन्। त्यस्तै, स्वास्थ्य तथा जनसंख्यामन्त्री हृदयेश त्रिपाठी, सहरी विकासमन्त्री प्रभु शाह, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकाल, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री