विशेष समाचार

ओलीलाई नेपालको साथ, प्रधानमन्त्रीको सपथ आजै

काठमाडौं । नेकपा एमाले संसदीय दलका नेता केपी शर्मा ओली प्रधानमन्त्री नियुक्त भएका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले संविधानको धारा ७६(३) अनुसार संसदको सबभन्दा ठुलो दलको संसदीय दलको नेता ओलीलाई प्रधानमन्त्रीमा नियुक्त गरेकी हुन् । राष्ट्रपति कार्यालय स्रोतका अनुसार सपथ भोलि शुक्रबार अपरान्ह हुनेछ । प्रधानमन्त्री ओलीले २७ वैशाखमा संसदको विश्वास पाउन नसकेपछि राष्ट्रपतिले तीन दिनभित्र संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा सरकार गठनका लागि

प्रहरीका पुर्व एआइजीको घरमा कार्यरत प्रकासले गरे आत्महत्या

काठमाडौं । नेपाल प्रहरीका पूर्वअतिरिक्त महानिरीक्षक (एआईजी) कमल सिंह बमको घरमा कार्यरत प्रहरी कार्यालय सहयोगी (प्रकास) ले आत्महत्या गरेका छन् । उनलेे बमकाे घर नजिकैको टहराेमा झुन्डिएर आत्महत्या गरेका हुन । कागेश्वरी मनहरा नगरपालिकाको मुलपानीस्थित ग्रिनहिल सिटीमा रहेको बमको घरमा कार्यरत प्रहरी कार्यालय सहयोगी बासुदेव धमलाले बिहीबार बिहान झुन्डिएर आत्महत्या गरेका हुन् । राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिस्ठान महाराजगञ्जमा दरबन्दी भएका धमला ४ वर्षदेखि बमको घरमा कार्यरत थिए । धमला पत्थरीको

काँग्रेस सभापति देउवाले प्रधानमन्त्रीमा दाबी पेस गर्दै

काठमाडौं । प्रमुख प्रतिपक्षी नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा बहुमतको सरकार निर्माणका लागि राष्ट्रपति समक्ष दाबी पेस गर्ने भएका छन् । सभापित देउवाले काँग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी (जसपा)को समर्थनमा प्रधानमन्त्रीमा नियुक्त गर्न राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष निवेदन दिन लागेको काँग्रेस नेता रमेश लेखकले बताएका छन् । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत गुमाएपछि राष्ट्रपतिले नयाँ सरकार गठनका लागि दिएको समय सीमा आज राति ९ बजे

नेपाल समुहलाई फकाउदै ओली, नेपालसहित चार नेताको कारवाही फुकुवा

काठमाडौं । नेकपा एमालको स्थायी कमिटी बैठकले वरिष्ठ नेता माधवकुमार नेपालसहित चार नेताको कारवाही फुकुवा गरेको छ । बालुवाटरमा बसेको बैठकले नेपालसहित भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भुसालमाथिको ६ महिने निलम्बन फुकुवा गरेको हो । राष्ट्रपतिले नयाँ सरकार गठनका लागि आह्वान गरेको समय सकिन लाग्दा एमाले अध्यक्ष केपी शर्मा ओली माधव समूहलाई फकाएर अघि बढ्ने तयारीमा जुटेका हुन् । यसै क्रममा चार नेताको कारवाही फुकुवा गरिएको हो । दृष्टि

ठाकुरलाई प्रधानमन्त्री बनाउनुपर्ने बाबुरामको प्रस्ताव

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईले सर्वदलीय सरकार गठनको प्रस्ताव गरेका छन् । राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेअनुसार संविधानको धारा ७६ को उपधारा २ अनुसार सबै दलको सहभागितामा सरकार गठन गर्नुपर्ने डा. भट्टराईले ट्वीटमार्फत यस्तो प्रस्ताव छ । भट्टराईले वर्तमान प्रधानमन्त्री र पूर्वप्रधानमन्त्रीहरु बाहेकको नेतृत्वमा राष्ट्रिय सरकार बनाउनुपर्ने प्रस्ताव अगाडि सारेका छन् । यसको मतलव उनले कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा नयाँ सरकार गठन गर्न

सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग

काठमाडौं । नेपाली सेनाको छाउनीस्थित वीरेन्द्र सैनिक अस्पताललाई अक्सिजन सिलिण्डर सहयोग गरिएको छ । नेपाल गुणस्तर तथा नापतौल विभागले मङ्गलबार विश्वका विभिन्न मुलुकसहित नेपालमा पनि नयाँ भेरियन्टसहितको कोरोना सङ्क्रमण देखिएसँगै अक्सिजन अभाव भएपछि आफ्नो विभागमा रहेको अक्सिजन सिलिण्डर सहयोग गरेको हो । विभागले सैनिक अस्पताललाई तीन थान र बालाजु अक्सिजन उद्योगलाई एक थान अक्सिजन सिलिण्डर सहयोग गरेको हो । विभागका महानिर्देशक विश्वबाबु पुडासैनीले नापतौल विभागको प्रयोगशालामा प्रयोग हुँदै आएको सिलिण्डर

गण्डकी प्रदेशमा गुरुङ नै मुख्यमन्त्री बन्ने संम्भावना

काठमाडौं । गण्डकी प्रदेशमा पृथ्वीसुव्वा गुरुङ नै मुख्यमन्त्री बन्ने संकेत देखिएको छ । कांग्रेस लगायत विपक्षी गठबन्धनले आफ्नो पक्षमा सरकार बनाउन बहुमत ३१ सदस्यको हस्ताक्षर बुझाउन नसक्ने देखिएपछि पुनः मुख्यमन्त्रीमा उनै दोहोरिने संकेत देखिएको हो । मंगलबार राष्ट्रिय जनमोर्चाका संसदीय दलका नेता कृष्ण थापाले नै कांग्रेस लगायतको गठबन्धनलाई साथ नदिने स्पष्ट पारेका छन् । राष्ट्रिय जनमोर्चा नेपालका गण्डकी प्रदेश अध्यक्ष शंकर बरालले पटक–पटकको छलफलमा पनि सांसद थापाले हस्ताक्षर गर्न नमानेको

काठमाडौंमा ७ सय ६५ थान अक्सिमिटर सहित ७ जना पक्राउ

काठमाडौं । शरीरको पल्स र अक्सिजनको मात्रा ताप्न प्रयोग हुने अक्सिमिटरको कालोबजारीमा संलग्न ७ जनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाबाट खटिएको टोलीले महामारीको मौकामा कालोबजारी गर्नेहरुलाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बल्खु स्थित बायोप्लस फर्माका संचालक शिखर श्रेष्ठ र थापाथली स्थित नानोटेक फर्माका संचालक शेषकान्त अधिकारी सहित ७ जना छन् । बाजुरा घर भएका थुमराज उपाध्याय, सुनसरी घर भएका पुष्कर घिमिरे, विराटनगरका विशाल आचार्य, सिन्धुलीका सन्तोष

काठमाडौं उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा जारी

काठमाडौं । काठमाडौं उपत्यकामा निषेधाज्ञा १५ दिन थपिएको छ । उपत्यकाका तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीको बैठकले १५ दिन निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । जिल्ला प्रशासन कार्यालय काठमाडौंमा भएको बैठकले उपत्यकामा जेठ १३ गतेसम्म निषेधाज्ञा थप गर्ने निर्णय गरेको हो । उपत्यकामा वैशाख १६ गतेबाट सुरु भएको निषेधाज्ञा बुधबारसम्म थियो । तर, अवस्था जटिल बन्दै गएपछि निषेधाज्ञा थप गरिएको हो । निषेधाज्ञा थप कडा गर्ने तयारी गरिएको बताइएको

नयाँ सरकार गठनको लागि कांग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौं । नयाँ सरकार गठनको प्रयासमा रहेका नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पदाधिकारी बैठक बोलाएका छन् । सरकार गठनका लागि अन्य दलसँग छलफलको समय तय गरेको देउवाले त्यो भन्दा अगाडि पदाधिकारी बैठक बोलाएका हुन् । बैठक दिउँसो ३ बजे देउवा निवास बुढानिलकण्ठमा बस्ने छ । पदाधिकारी बैठकमा नयाँ सरकार गठनका लागि आवश्यक तयारीबारे छलफल हुने बताइएको छ । सभापति देउवाले सोमबार नै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र