विशेष समाचार

पोखरामा ‘अक्सिजन बैँक’ स्थापना

कास्की । कोरोना सङ्क्रमण बढ्दै जाँदा अस्पतालहरुमा अत्यावश्यक अक्सिजनको अभाव हुन थालेपछि पोखरामा ‘अक्सिजन बैँक’ स्थापना गरिएको छ । यहाँ क्रियाशील विभिन्न सात रोटरी क्लबले गण्डकी अटो मेकानिकल वर्कसप एशोसिएसनसँगको सहकार्यमा अक्सिजन बैंक (जीवन आशा) स्थापना गरेका हुन् । अक्सिजन अभावमा कोही पनि बिरामी उपचारबाट वञ्चित हुन नपरोस् भनेर पछि फिर्ता गर्ने शर्तमा ग्यास सिलिण्डर सङ्कलन गर्ने र आवश्यक क्षेत्रमा तत्कालै पुुर्याउने गरी बैँक स्थापना गरिएको कार्यक्रम संयोजक मीनु कुँवर

अक्सिजन सिलिन्डर संकलन गर्दै तनहुँ प्रहरी

दमौली । जिल्ला प्रहरी कार्यालय तनहुँले जिल्लाका विभिन्न ठाउँबाट सिलिण्डर सङ्कलन थालेको छ । अक्सिजनका लागि सिलिण्डर अभाव हुन थालेपछि प्रहरीले सिलिण्डर सङ्कलन थालेको हो । प्रहरीले दमौलीबाट १५, बेलचौताराबाट तीन र डुम्रेबाट २५ थान सिलिण्डर सङ्कलन गरिएको प्रहरी उपरीक्षक अरुण पौडेलले जानकारी दिए । कोभिड सङ्क्रमितका लागि सिलिण्डर अभाव भइरहेका बेला प्रहरीले विभिन्न ग्यारेजमा रहेका सिलिण्डर सङ्कलन शुरु गरेको छ । दमौलीबाट पाँच वटा भरी सिलिण्डर र १० वटा

नेपाल-खनाल समुहको बैठक बस्दै, ओलिलाई दिएको अल्टिमेटम सकियो

काठमाडौं । नेकपा एमालेका नेता झलनाथ खनाल र माधवकुमार नेपाल समूहका सांसदहरुको बैठक बस्दैछ । कठोर निर्णयका लागि बैठक बस्न लागिएको हो । यसअघि आइतबार भएको छलफलमा सोमबार बिहान ९ बजेसम्म प्रधानमन्त्री ओलीलाई अल्टिमेटम दिने र पूरा नभए साढे ९ बजे बैठक बस्ने निर्णय भएको नेता योगेश भट्टराईले जानकारी दिए । भट्टराईका अनुसार ९ बजेसम्म माग पूरा गर्ने प्रतिवद्धता नआए साढे ९ बजे बस्ने बैठकले कठोर निर्णय गर्नेछ ।

आज विश्वासको मत लिदै प्रधानमन्त्री ओली

काठमाडौं । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले आज (सोमबार) नयाँ बानेश्वरस्थित संघीय संसद् प्रतिनिधिसभा बैठकमा विश्वासको मत लिँदै छन् । ओलीले विभिन्न राजनीतिक उतारचढावबीच विश्वासको मत लिन लागेका हुन् । आफ्नै पार्टी एमालेको तिक्ततापूर्ण कलहबीच उनी आफूमाथि संसद्को विश्वास खोज्दैछन् । उनले विश्वासको मत लिन बोलाएको प्रतिनिधिसभा बैठक आज १ बजे बस्दैछ । आजको प्रतिनिधिसभा बैठकका लागि सम्भावित कार्यसूचीमा प्रधानमन्त्रीको विश्वासको मत समेटिएको छ । संसद् बैठकको सुरुवातमा

संवैधानिक परिषदको बैठक सुरु, देउवा र सभामुख सापकोटाद्वारा वहिष्कार

काठमाडौं । आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा शुरु बैठकमा राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरा उपस्थित छन्। सभामुख अग्निप्रसाद सापकोटा र प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवाले बैठक बहिष्कार गरेका छन्। यसअघि परिषद्को मंसिर ३० गते अध्यादेश मार्फत ३२ रिक्त पदाधिकारी नियुक्तिको सिफारिस गरिएको थियो। प्रमुख प्रतिपक्ष दलका नेता र सभामुख बिनै परिषद्को वैठक बसेर उनीहरुको नियुक्ति गरियो अनि संविधानले तोकिएको संसदीय सुनुवाई समेत छलेर नियुक्ति दिइयो।

ओलीलाई नेपाल-खनाल पक्षद्वारा २४ घण्टे डेडलाइन, नभए सांसदहरुले राजिनामा दिने

काठमाडौं । नेकपा एमालेको माधवकुमार नेपाल समूहले अध्यक्ष केपी शर्मा ओलीलाई २ जेठ २०७५ मा फर्किन २४ घण्टे साँझसम्मको डेडलाइन दिएको छ । नभए यो समूहका सांसदहरुले सामूहिक राजीनामा दिनेछन् । शनिवार साँझ सकिएको नेपाल समूहका सांसदहरुको बैठकले आइतबार साँझसम्म पर्खने सहमति गरेको हो । ‘२ जेठ २०७५ मा केपी ओली फर्कन तयार नभए राजीनामा दिन तयार भएका छौं । तर आज साँझसम्म कुर्छौ’, एक सांसदले भने । उनका अनुसार

काबुलको विद्यालय बाहिर विष्फोट हुँदा ३० जनाको ज्यान गयो

काठमाडौं । अफगानिस्तानको राजधानी काबुलको एक विद्यालय परिसर बाहिर भएको विष्फोटमा ३० जनाको ज्यान गएको छ । विष्फोटमा अन्य दर्जनौं घाइते भएको समाचारमा जनाइएको छ । समाचार एजेन्सी रोयटर्सले घाइतेहरुमध्ये अधिकांश छात्राहरु रहेको र उनीहरुको उपचार जारी रहेको जनाएको छ । समाचार अनुसार अधिकारीहरुले के उद्देश्यले र कसलाई लक्षित गरी आक्रमण गरियो भन्ने नखुलेको बताएका छन् । शनिबार काबुलको पश्चिममा अवस्थित दश्त–ए–बार्चीको स्कुल बाहिर विष्फोट भएको थियो, जहाँ छात्राहरु थिए

कञ्चनपुरमा लागूऔषध सहित दुई जना भारतीय नागरिक पक्राउ

कञ्चनपुर । कञ्चनपुरको बेलौरी नगरपालिका–१० भुडाबाट लागूऔषध सहित दुई जना भारतीयलाई पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी भुडाबाट खटिएको प्रहरी टोलीले विषेश सूचनाको आधारमा उनीहरुलाई प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेमा भारतको पेलभित जिल्ला सिघारा तहसिल पुरनपुर थाना हजारा उत्तर प्रदेशका २५ वर्षीय राजेन्द्र सिह र भारत राजस्थान ऐकिन ठेगाना खुल्न नआएको १६ वर्षीय कृसन सिंह रहेका छन् । प्रहरीको अनुसार उनीहरुबाट १२ ग्राम ६३०

काँकरभिट्टामा सेनाले १ हजार बेड क्षमताको होल्डिङ सेन्टर निर्माण गर्दै

झापा । पुर्वी नाका काँकरभिट्टामा नेपाली सेनाले १ हजार बेड क्षमताको होल्डिङ सेन्टर बनाउने भएको छ । शनिबार बसेको झापा जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीएमसी)को बैठकले भारतबाट नेपाल प्रवेश गर्ने नागरिकलाई लक्षित गरी काँकरभिट्टा नाका नजिक सेनाले १ हजार क्षमताको होल्डिङ सेन्टर बनाउने निर्णय गरेको हो । होल्डिङ सेन्टर अर्ध–स्थायी प्रकृतिको हुनेछ। होल्डिङ सेन्टर बनाउनका लागि मेचीनगर नगरपालिका वडानम्बर ६ स्थित नयाँ बसपार्क क्षेत्रमा जग्गा उपलब्ध गराउने निर्णय

झापामा अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन

झापा । झापामा लुकाइएका र प्रयोगविहीन अवस्थामा राखिएका अक्सिजनका सिलिन्डर खोज्न प्रहरी परिचालन गरिएको छ । दुई दिनमा प्रहरीले विभिन्न उद्योगबाट एक सय पाँच सिलिन्डर सङ्कलन गरेको छ । मेडिकलबाहेक अन्य प्रयोजनमा अक्सिजन सिलिन्डर प्रयोग भइरहेको जानकारी आएपछि प्रहरी परिचालन गरेर सिलिन्डर सङ्कलन थालिएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी राकेश थापाले बताउनुभयो । कोभिड–१९ महामारीको दोस्रो लहरले सङ्क्रमितको सङ्ख्या बढेसँगै अक्सिजन सिलिन्डरको माग बढिरहेको छ । विभिन्न उद्योग र ग्यारेजबाट