बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा प्रचण्ड नजाने
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज बोलाएको सर्वदलीय बैठकमा सरकारलाई समर्थन कायमै राखेको नेकपा माओवादी केन्द्र सहभागी नहुने भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बोलाइएको सर्वदलीय बैठकमा अध्यक्ष प्रचण्ड सहभागी नहुने उनको सचिवालयले जनाएको छ । ओलीले शुक्रवार प्रचण्डलाई टेलिफोन गरेर सर्वदलीय बैठकमा बोलाएका थिए । प्रतिनिधिसभामा सहभागी सबै दलका शीर्ष नेतालाई बैठकमा बोलाइएको छ । समसामयिक विषयमा छलफल गर्न आयोजित बैठकमा प्रचण्ड सहभागी नहुने बताइएको छ । कांग्रेस