संक्रमित बढेसँगै बाँके कोरोनाको उच्च जोखिममा
नेपालगंज । बाँकेमा दिनहुँ कोरोना संक्रमणको जोखिम बढ्दै गएको छ । छिमेकी राष्ट्र भारतमा कोरोना संक्रमण तिब्र गतिमा फैलिएसँगै बाँकेमा समेत त्यसको असर देखापर्न थालेको छ । भारतका बिभिन्न शहरबाट जमुनाह नाका हुँदै फर्किएका नेपालीहरुमा कोरोना पुष्टि भए पश्चात बाँकेमा पनि कोरोना तिब्र रुपमा फैलिएको छ । बाँकेमा पछिल्लो २४ घण्टामा थप ८५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । योसंगै बाँकेमा कोरोना संक्रमितको कुल संख्या ५ हजार ४३ पुगेको