कोभिड–१९ विरुद्धको चिनिया खोप आजदेखी लगाइदै
चीनबाट अनुदान सहयोगमा आएको कोभिड–१९ विरुद्धको भेरोसेल खोप बुधबारदेखि लगाइने भएको छ । चीन सरकारले अनुदानमा दिएको ८ लाख डोज खोप बुधबारदेखि २३ वटा खोप केन्द्रबाट लगाउन लागिएको हो । उक्त खाेप स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पहिलो चरणमा १८ देखि ५९ वर्ष उमेर समूहका प्राध्यापक, चीनमा छात्रवृत्तिमा अध्ययन गर्ने नेपाली विद्यार्थी र नेपाली व्यापारीलाई लगाइने भएको छ । यस भन्दा अघि खोप लगाउन छुटेका अग्रपंक्तिमा खटिने जनशक्ति, अत्यावश्यक सेवामा काम गर्ने