ताइवानमा भयानक रेल दुर्घटना, कम्तीमा ५० जनाको मृत्यु
ताइवान । ताइवानको इतिहासमै शुक्रबारको सर्वाधिक भयानक रेल दुर्घटनाबाट कम्तीमा ५० जनाको मृत्यु भएपछि देशभर शनिबार शोक मनाइएको छ । मृतकहरुको सम्झनामा देशभर शनिबार राष्ट्रिय झण्डा आधा झुकाइएको छ । खोज तथा उद्धार टोलीहरु रेलका क्षतिग्रस्त डब्बाहरु बाहिर निकाल्न जुटेका छन् । अधिकारीहरुले शुक्रबारको रेल दुर्घटना एउटा मर्मतका लागि प्रयोग गरिएको ट्रक चिप्लिएर रेलको लिकमा खसेपछि भएको बताएका छन् । छुट्टी मनाउन हिँडेका व्यक्तिले खचाखच भरिएको त्यस रेलमा ५०० भन्दा