विशेष समाचार

नेपाल–खनाल समूहमा कसरी अघि बढ्ने अलमलमा

काठमाडौं । प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीविरुद्ध आन्दोलन थालेको एमालेको झलनाथ खनाल–माधव नेपाल समूहमा कसरी अघि बढ्ने अलमल देखिएको छ । समानान्तर रुपमा पार्टीलाई अघि बढाउने गरी राष्ट्रिय भेला गरे पनि यो समूहले ओलीलाई सच्याउने र एकता कायम राख्ने गरी अवधारणापत्र ल्याएको छ । पार्टीको अन्तरसंघर्ष संगठनको आधारमा अघि बढाउने र पालिका तहसम्म समानान्तर कमिटी ब्युँताउने राणीतिसहित खनाल–नेपाल पक्षले राष्ट्रिय भेला आयोजना गरेको हो । यही राणनीतिअनुरुप पालिका

ज्योति लाइफ इन्स्योरेन्सको शेयर १३ गते बाँडफाँड हुदै

काठमाडौं । ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले शेयर बाँडफाँटको लागि १३ गते शुक्रबारको डेट पाएको छ। उक्त कम्पनीको शेयर बाँडफाँटको लागि सिडिएससीले १३ गतेको समय दिएको हो। कम्पनीको शेयर बाँडफाँटको लागि गर्नु पर्ने तयारी लगभग अन्तिम चरणमा पुगेको बिक्री प्रबन्धक एनएमबि क्यापिटलले जनाएको छ। फागुन २१ गतेदेखि कम्पनीले कुल जारी पूँजीको ३० प्रतिशत अर्थात् ६६ करोड रुपैयाँ बराबरको ६६ लाख कित्ता शेयर निष्कासनमा ल्याएको थियो। त्यसमध्ये ५ प्रतिशत अर्थात् ३ लाख

देशभर मतदाता संख्या एक करोड ६२ लाख

काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावली अद्यावधिक गरेको छ । आयोगले अद्यावधिक गरेको पछिल्लो विवरणअनुसार एक करोड ६२ लाख ४३ हजार १ सय १० मतदाता छन् । सरकारले निर्वाचन घोषणा गरेपछि अध्यावधिक कार्य स्थगित गरेको थियो । वैशाखका लागि तोकिएको निर्वाचन भने रद्द भइसकेको छ । पुस ६ गतेदेखि स्थगित भएको मतदाता नामावली संकलन तथा अद्यावधिकसम्बन्धी कार्य चैत ५ गतेदेखि ७७ वटै जिल्ला निर्वाचन कार्यालयबाट सुरू गर्ने निर्णय आयोगले गरेको

हत्यामा संलग्न भएको आराेपमा रोल्पा प्रहरीद्वारा तीनजना पक्राउ

रोल्पा । मंगलबार साँझ रोल्पा परिवर्तन गाउँ पालिका ६ चावाङ बस्ने बर्ष अन्दाजी ३०/३१ को बिरेन्द्र प्रकाश गिरीकाे हत्यामा संलग्न भएको आराेपमा प्रहरीले तीनजनालाई पक्राउ गरेको छ । घर जाने क्रममा धारिलो हतियार प्रयोग गरि हत्या गर्ने कार्यमा संलग्न भएको आरोपमा माडी गाउँपालिका-३ का कमल घर्ती, भिम बहादुर घर्ती र दुर्लभ घर्तीलाई प्रहरीले पक्राउ गरेको हाे ।उनीहरूलाई प्रहरीले विभिन्न इलाकालाई सिल गरि पक्राउ गरेको हाे । हत्यामा संलग्नता उनीहरूकै रहेको

ओखलढुंगाको चिशंखुगढीमा भिषण आगलागी, चुनिबोटे बस्ती जोखिममा

ओखलढुंगा । ओखलढुंगाको चिशंखुगढी गाउँपालिका वडा नम्बर–४ मा आगलागी भइरहेको छ । रातमाटे, चुनिबोटेको वन क्षेत्रमा मंगलबार बेलुकाबाट डढेलो लागेको हो । स्थानीयस्तरमा डढेलो नियन्त्रणको प्रयास भए पनि नियन्त्रण गर्न कठिन भएको गाउँपालिकाले जनाएको छ । मंगलबार राती १० बजेदेखि लागेको डढेलो २० घण्टा बितिसकेपनि नियन्त्रणमा आउन सकेको छैन । जंगलबाट सुरु भएको डढेलो चुनिबोटे बस्तीसम्म आइपुगेको र यसलाई रोक्न सुरक्षाकर्मी तथा स्थानीयले प्रयास गरिरहेको गाउँपालिकाका अध्यक्ष निशान्त शर्मा बास्तोलाले

जङ्गली हात्तीको आक्रमणबाट झापामा एक युवकको मृत्यु

झापा । जङ्गली हात्तीको आक्रमणबाट आज बिहान एक युवकको मृत्यु भएको छ । इलाम देउमाई नगरपालिका–१० ढोडेनी बस्ने १९ वर्षीय कृतिमान खातीको हात्तीको आक्रमणबाट मृत्यु भएको हो ।  उनी आज बिहान बुद्धशान्ति गाउँपालिका– २ मा हात्तीको आक्रमणमा परी घाइते भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । घाइते खातीलाई उपचारका लागि बिर्तामोडस्थित बिर्तासिटी अस्पताल लगिएकोमा उपचार सम्भव नभएकाले भद्रपुरस्थित मेची अस्पतालमा सिफारिश गरिएको थियो । मेची अस्पतालमै उपचारका क्रममा उनको

सर्वोत्तम सिमेन्टले आइपिओ निष्काशन गर्दै

काठमाडौं । सर्वोत्तम सिमेन्टले ६० लाख कित्ता शेयर निष्काशन गर्नका लागि प्रकृया अगाडि बढाएको छ। कम्पनीले बुधबार आइपीओ निष्कासनका लागि ग्लोबल आइएमई क्यापिटललाई बिक्री प्रबन्धक नियुक्त गरेको छ भने एनआइविएल एस क्यापिटल र प्रभु क्यापिटललाई सह बिक्री प्रबन्धक नियुक्त गरेको छ। कम्पनीले बुक विल्डिङको माध्यमबाट आइपीओ जारी गर्न लागेको हो । कम्पनीले बिक्री गर्न लागेको चुक्ता पूँजीको १५ प्रतिशत अर्थात ६० लाख कित्तामध्ये संंस्थागत लगानीकर्तालाई २४ लाख कित्ता, स्थानिय जिल्लावासीलाई

सहयोद्धाले साथ छोडेपछि एक्लिदै ओली

काठमाडौं । सत्तामा पुगेपछि मनपरी गर्दै आएका प्रधानमन्त्री केपी शर्मा ओलीलाई पुराना सहयोद्धाले पनि छोडेका छन् । ओलीको असंवैधानिक कदम र सर्वसत्तावादी चरित्रसँग सहमती जनाउँदै आएका पुराना कम्युनिष्ट नेताहरुले ओलीको साथ छोडेका हुन् । बुधबार नेकपा एमाले (माधव–झलनाथ समूह)ले ललितपूरको सानेपामा आयोगना गरेको राष्ट्रिय भेलामा ‘झापा विद्रोह’का योद्धाहरु खुलेरै सहभागी भए । मञ्चमै देखिए । भेलामा पुराना कम्युनिष्ट नेताहरु राधाकृष्ण मैनाली, सिद्धिलाल सिंह, मोहनचन्द्र अधिकारी, मोदनाथ प्रश्रित, कमल कोइराला, गोविन्द

ओलीका साइबर स्यालहरु अझै पनि बाँचिरहेका छन : माधव नेपाल

काठमाडौं । नेकपा एमालेका नेता माधवकुमार नेपालहरुले ओ‌लीका साइबर स्यालहरु अझै पनि जिउँदै रहेको बताएका छन् । बुधबार खनाल-नेपाल पक्षीय राष्ट्रिय कार्यकर्ता भेलालाई सम्बोधन गर्दै नेता नेपालले नेकपा हुँदा रहेका ओलीका साइबर स्यालहरु अझै पनि बाँचिरहेको बताएका हुन् । उनले ओलीका साइबार स्यालबाट होसियर हुन आग्रह गर्दै गलत सूचनाहरु अझ आउने र कुनै पनि किसिमको अलमल नगर्न कार्यकर्ताहरुलाई आग्रह गरे । उनले भने, ‘साइबर स्यालहरू अझै पनि ज्युँदै रहेछन् ।

जुवाखालबाट डिआइजीका पिएसओसहित पाँच जना पक्राउ

धनगढी । एक जुवाखालमा डिआइजीका पिएसओसहित पाँच जना पक्राउ परेका छन् । गोदावरी नगरपालिका–१० को खमौरास्थित जंगलमा जुवातास खेलिरहेको अवस्थामा सुदूरपश्चिम प्रहरी प्रमुख डीआईजी उत्तमराज सुवेदीका अंग रक्षकसमेत रहेका प्रहरी सहायक निरीक्षक पुस्कर भट्टसहितका ५ जना पक्राउ परेका हुन । उनीहरुबाट तीन लाख ३४ हजार बरामद भएको छ । पक्राउ पर्ने अन्यमा धनगढी उप–महानगरपालिका–३ का ४५ वर्षीय डबल चन्द, वडा नम्बर ४ बस्ने ३० वर्षीय बालकृष्ण पनेरु, गोदावरी नगरपालिका–५ बस्ने