विशेष समाचार

कांग्रेस आफ्नै नेतृत्वमा मात्र सरकारमा जाने: डा. महत

काठमाडौं । नेपाली कांग्रेसका सहमहामन्त्री डा प्रकाशशरण महतले नेत्रविक्रम चन्द समूह हतियार छाडेर शान्तिपूर्ण बाटोमा आउनु सकारात्मक भएको बताएका छन् । बिहीबार पत्रकारसँग कुरा गर्दै उनले सरकार र सो पार्टीबीच भएको सहमति सकारात्मक भएको टिप्पणी गरे । उनले भने, “मूलधार र शान्तिको बाटोमा आउनु त ठीकै हो । सहमतिमा के कुरा छन् भन्ने चाहिँ हामीलाई थाहा छैन । फरक प्रसंगमा उनले प्रतिनिधिसभा बैठक सञ्चालन भएपछि पार्टीले आफ्नो धारणा बनाउने बताउँदै

दक्षिण कोरियामा कोरोना सङ्क्रमितको संख्या ९१  हजार नाघ्यो

काठमाडौं । दक्षिण कोरियामा गत २४ घण्टाभित्र ४२४ जना कोरोना भाइरस सङ्क्रमितको संख्या थपिएपछि कुल सङ्क्रमितको संख्या ९१ हजार भन्दा बढी भएको छ । दक्षिण कोरियामा गत फेब्रुअरीको मध्येबाट एक दिनमा ३०० र ४०० को बीचमा सङ्क्रमित थपिने गरेको थियो । तर गत मङ्गलबार ४४४ व्यक्तिमा कोरोना भाइरस सङ्क्रमण देखिएको छ । सो दिनको तुलनामा बुधबार केही कम भएको जनाइएको छ । बुधबार ४२४ जना मात्र कोरोना भाइरस सङ्क्रमित भएका

स्वास्थ्य केन्द्रका निर्माणका लागि अर्थ मन्त्रालयले एक अर्ब आठ करोड निकासा गर्दै

काठमाडौं । अर्थ मन्त्रालयले ११३ वटा स्थानीय तहमा निर्माणाधीन स्वास्थ्य सेवा केन्द्रका लागि रु एक अर्ब आठ करोड ५३ लाख २३ हजार शसर्त अनुदानका रुपमा निकासा गर्ने भएको छ। अर्थमन्त्री विष्णुप्रसाद पौडेलले वडास्तरीय स्वास्थ्य सेवा केन्द्रको निर्माणाधीन भवनको दायित्व भुक्तानीका लागि स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रकम निकासामा स्वीकृत दिएका छन्। स्थानीय तहका सबै वडाबाट प्राथमिक स्वास्थ्य सेवा उपलब्ध गराउने नीतिअनुसार दुई हजार ६२६ वडामा स्वास्थ्य संस्था निर्माणाधीन अवस्थामा छन्।

दोस्रो चरणको वार्तावाट दुवै पक्ष उत्साहित, महत्वपूर्ण मन्त्रालय दिएर विप्लवलाई सरकारमा ल्याउने तयारी

काठमाडौं । सरकारले नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपामाथि लगाएको प्रतिबन्ध फुकुवा तथा थुनामा रहेका उसका कार्यकर्तालाई प्रक्रिया पुर्‍याएर छाड्ने तयारी गरेको छ । विप्लव नेतृत्वको नेकपासँग बुधबार दुई चरणमा भएको वार्तापछि सरकारले यस्तो तयारी गरेको हो । वार्ताका लागि बुधबार बिहान प्रधानमन्त्री निवास बालुवाटार पुगेका विप्लव नेकपाका नेताहरू खड्गबहादुर विश्वकर्मा र उदय चलाउने सरकारी टोलीसँग कुराकानी गरी फर्केका थिए । त्यसपछि अपराह्न ४ बजे पुनः दोस्रो चरणको वार्ता भयो ।

सरकार र विप्लव समुहवीच प्रथम चरणको वार्ता सकियो

काठमाडौं । सरकार र विप्लव नेतृत्वको नेकपाबीच प्रथम चरणको वार्ता सकिएको छ । बुधबार बिहान प्रधानमन्त्री निवास वालुवाटारमा भएको वार्ता सकारात्मक र दिशाउन्मुख रहेको वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र मामिला सल्लाहकार डाक्टर रानज भट्टराईले जनाएका छन् । सरकारका तर्फबाट संयोजक गृहमन्त्री रामवहादुर थापा बादल र डा. राजन भट्टराई सहभागी थिए । त्यसैगरी, विप्लव समूहका वार्ता टोली संयोजक खड्गवहादुर विश्वकर्मा र उदय चलाउने सहभागी थिए । टोलीले

विप्लव र सरकारबीच आजै वार्ता गर्ने तयारी

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी र सरकारबीच आज बेलुकासम्म वार्ता हुने भएको छ । वार्ताका लागि दुबै पक्षबाट गठन भएको समिति अहिले आन्तरिक तयारीमा जुटेको छ । विप्लव समूहको नेकपाले प्रतिबन्ध फुकुवा हुनुपर्ने अडान राखेपछि सरकारी वार्ता टोली आन्तरिक छलफलमा जुटेको छ । गृहमन्त्रालय मार्फत प्रतिबन्ध फुकुवाको प्रस्ताव लैजाने तयारीमा सरकार जुटेको छ । यस्तै विप्लव समूहका वार्ता टोली पनि आफ्ना एजेण्डाहरुलाई लिपिवद्ध गर्नमा जुटेको सो

प्रधानमन्त्री ओली विरुद्ध दाहाल–नेपाल समूहसँग मिलेर अविश्वासको प्रस्ताव ल्याउने कांग्रेसको तयारी

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेकपा विवादलाई अड्काएर आफू नेतृत्वको सरकारलाई टिकाइराख्न चाहेपछि काँग्रेसले पूर्व निर्णयबाट पछि हट्न सक्ने संकेत दिएको छ । प्रतिनिधिसभा विघटनको निर्णय बदर भएपछि गत बिहीबार बसेको काँग्रेस पदाधिकारी बैठकले नेकपा वैधानिकरुपमा विभाजित भइनसकेको अवस्थामा दुवै पक्षलाई निषेध नगरी अघि बढ्ने निर्णय लिएको थियो । काँग्रेसका एक नेताका अनुसार त्यसको अर्थ ओली सरकारलाई निरन्तरता दिने भन्ने थिएन । ‘ओलीले आफ्नो विकल्प अघि सार्ने विषयमा केही

विप्लव समुहका दुई सर्त, दुई एजेण्डा सहित सरकारसँग आजै वार्ता हुने सम्भावना

काठमाडौं । सर्त  १. २८ फागुन ०७५ को मन्त्रिपरिषद् बैठकबाट विप्लव नेतृत्वको नेकपालाई ‘आपराधिक समूह’ भन्दै अर्को दिनबाट लागू हुने गरी लगाइएको पार्टीमाथिको प्रतिबन्ध फुकुवा हुनुपर्ने २. पक्राउ परेका नेता–कार्यकर्ता रिहाइ र उनीहरूमाथि मुद्दा लगाइएको मुद्दा फिर्ता हुनुपर्ने (विप्लव समूहका एक सय २६ जना नेता–कार्यकर्ता जेलमा, पछिल्लो दुई वर्षमा दुई हजारभन्दा धेरै नेता–कार्यकर्ता पक्राउ) एजेन्डा  १. संसदीय व्यवस्थाको विकल्प र संकट समाधानको दिशामा अघि बढ्न सबै राजनीतिक शक्तिको राजनीतिक समीक्षा

सरकारसँग वार्ता गर्न विप्लव समुहले बनायो प्रकाण्डको नेतृत्वमा वार्ता समिति

काठमाडौं । प्रतिबन्धित नेकपा ‘विप्लव’ समूहले सरकारसँग वार्ता गर्न नेता खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’को नेतृत्वमा वार्ता टोली गठन गरेको छ । टोलीमा उदय चलाउने ‘दीपक’ सदस्य छन् । पछिल्लो समय सरकारी तवरबाट समेत वार्ताका लागि पहल भएपछि विप्लव समूहले सहज वातावरणमा राजनीतिक गर्ने परिस्थिति बनाइए वार्ता गर्न तयार रहेको बताएको थियो । यसै सिलसिलामा सरकारले गृहमन्त्री राम बहादुर थापा बादलको नेतृत्वमा प्रधानमन्त्रीको परराष्ट्र सल्लाहकार राजन भट्टराई सदस्य रहेको वार्ता समिति गठन

गाउँपालिका अध्यक्ष घुस लिएको आठ लाख रुपैयाँ भुइँमा फालेर फरार, चालक पक्राउ

काठमाडौं । धनुषाको बटेश्वर गाउँपालिका अध्यक्ष घुस लिएको आठ लाख रुपैयाँ भुइँमा फालेर फरार भएका छन् । उनका चालक भने पक्राउ परेका छन् । अध्यक्ष डम्बरबहादुर राउत क्षेत्रीले भवन निर्माण सम्पन्नपछि भुक्तानी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस मागेको सूचनाको आधारमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोली खटिएको थियो । अध्यक्ष डम्बरबहादुर राउत क्षेत्री गाउँपालिकाको गाडीमा भाग्ने क्रममा अख्तियारको टोलीलाई देखेपछि आठ लाख रुपैयाँ भुइँमा फालेर भागेका अख्तियारले जनाएको छ । अख्तियारको