विशेष समाचार

शालीनको बलात्कार देखिएन,झुण्डिएर मृत्यु भएको पोस्टमर्टम रिपोर्ट

काठमाडौं । चितवनको रत्ननगरस्थित छात्रावासमा मृत फेला परेकी बालिकाको पोष्टमर्टम रिपोर्ट आएको छ। चितवनको रत्नगर नगरपालिका–१० स्थित शिशु निकेतन माविको छात्राबासमा मृत अवस्थामा भेटिएकी १४ वर्षीया शालीन पोखरेलको ‘झुण्डिएको कारण’ मृत्यु भएको पोष्टमार्टम रिपोर्टले देखाएको छ । त्रिवि शिक्षण अस्पताल, महाराजगञ्जमा गरिएको पोष्टमार्टम जाँचको प्रतिवेदन चिकित्सकहरुले आइतबार तयार गरेका छन् । त्यसमा उनको झुण्डिएका कारण मृत्यु भएको उल्लेख रहेको प्रहरी स्रोतले जनाएको छ । उनको मृत्युको कारणबारे पोस्टमार्टम रिपोर्टमा लेखिएको

बालुवाटारमा प्रधानमन्त्री र रवी लामिछानेबीच भेटवार्ता

काठमाडौं । बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेबीच भेटवार्ता भएको छ । लामिछानेले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटार पुगेर आज बिहान प्रचण्डसँग भेटवार्ता गरेका हुन् । भेटमा उनीहरुबीच दूध किसानको बक्यौता र चितवनमा मृत्यु भएकी बालिका शालिन पोखरेलका विषयमा छलफल भएको रास्वपाका महामन्त्री एवम् प्रवक्ता मुकुल ढकालले जानकारी दिए । दूध बेचेको सात अर्ब रुपैयाँ नपाएको भन्दै देशैभरका दुग्ध किसानहरु आन्दोलमा उत्रिएका थिए । यद्यपी,

'नेपाली जनप्रगतिशील मञ्च' कतारको नयाँ नेतृत्वमा राज देवकोटा

दर्शन सुनार/कतार : “प्रवासी नेपालीहरूमा आपसी सद्भाव र एकता अभियान ज्ञान,सीप र पुजीको लगानी,समृद्ध नेपालको लागि छैठौ महाधिवेशन” भन्ने मुल नाराका साथ नेपाली जनप्रगतिशील मञ्च,कतारको छैटौं महाधिवेशन शुक्रबार भब्य रुपमा  सम्पन्न भएको छ। मञ्चका अध्यक्ष बुद्धिप्रसाद भण्डारीको सभापतित्व, तथा नेकपा माओवादी केन्द्रका उप- महासचिव तथा पुर्व गृहमन्त्री एवंम पुर्व अर्थमन्त्री जनार्दन शर्माको प्रमुख आतिथ्यतामा सम्पन्न अधिवेसनको खुल्ला र बन्द सत्र गरि दुई चरणमा सम्पन्न बन्द सत्रबाट राज देवकोटाको नेतृत्वमा आगामी

आजबाट दुई राज्यमन्त्रीको पद रिक्त हुँदै

काठमाडौं । वर्तमान सरकारका दुई राज्यमन्त्रीको पद आज राति १२ बजेदेखि रिक्त हुँदै छ । भौतिक पूर्वाधार तथा यातायात राज्यमन्त्री नन्दा चपाई र शिक्षा, विज्ञान तथा प्रविधि राज्यमन्त्री प्रमीला कुमारीको पद रिक्त हुन लागेको हो । उनीहरू आइतबार राति १२ बजेदेखि राष्ट्रिय सभा सदस्यबाट बिदा हुँदै छन् । सांसद पदबाट हटेसँगै उनीहरूको राज्यमन्त्री पद पनि रिक्त हुन लागेको हो । नेपाल सरकारको मन्त्री हुनका लागि सङ्घीय संसद्को सदस्य हुनुपर्ने संवैधानिक

नेपाल मगर संघ शाखा कतारले मनायो ४२ औं  स्थापना दिवस

दर्शन सुनार/कतार : “सम्पुर्ण मगरहरुको एकता- अहिलेको आवश्यकता” भन्ने मुल नाराका साथ नेपाल मगर संघ शाखा कतारले ४२ औं स्थापना दिवस भव्य रुपमा मनाएको छ । नेपाल मगर संघले शुक्रबार कतातको ग्रान्ड मलमा अबस्थित रेड चिल्ली रेष्टुरेन्टको सभाहलमा संघका अध्यक्ष रेशम आले मगरको सभापतित्व तथा नेपाल मगर संघका प्रमुख सल्लाहकार विवेक पुलामी मगरको प्रमुख आतिथ्यतामा संघले ४२ औँ स्थापना दिवस मनाएको हो । विधिवत उद्धघांटन ब्यानर अनावरण,दिप प्रजलन सहित अघि

नेपाल आउने पर्यटकको संख्या बढ्यो

काठमाडौं : पर्यटक भित्रिने याम सुरु भएसँगै विदेशी पर्यटक आउनेक्रम बढेको छ । नेपाल पर्यटन बोर्डका अनुसार फेब्रुवरीमा विभिन्न देशबाट हवाई मार्ग हुँदै ९७ हजार चार सय २६ पर्यटक नेपाल भित्रिएका हुन् । गत जनवरीमा ७९ हजार एक सय पर्यटक भित्रिएका थिए । विशेषगरी मार्च, अप्रिल र मेमा पर्यटक पदयात्रा तथा पर्वतारोहणका लागि नेपाल भ्रमणमा आउने गरेका छन् । यसपटक नेपाल भ्रमणमा आउनेमध्ये सबैभन्दा धेरै भारतबाट २५ हजार पाँच सय

नेपाल मगर संघ कतारले गर्‍यो कलाकार श्रेष्ठलाई सम्मान र बिदाई

दर्शन सुनार/कतार : नेपाल मगरसंघ शाखा कतारले नेपाल मगर मगर साँस्कृतिक परिवारमा आवद्ध रहेकी कलाकार कोपिला श्रेष्ठलाई संस्थागत बिदाई तथा सम्मान गरेको छ । नेपाल मगर संघ साँस्कृतिक परिवारमा २०२१ देखि आवद्ध रहेकी कलाकार श्रेष्ठ कर्मभुमी कतारलाई बिट मार्दै मातृभुमी प्रस्थान गर्न लागेको अवसरमा नेपाल मगर संघ शाखा कतार र नेपाल मगर साँस्कृतिक परिवारले शुक्रबार एक कार्यक्रमकाबीच कलाकार श्रेष्ठलाई कदर पत्र प्रदान गर्दै दोसल्ला ओढाएर बिदाई तथा सम्मान गरेको हो

शर्मिला वाइबालाई ४ दिन हिरासतमा राख्न अनुमति

काठमाडौं । व्यक्तिगत विषयहरुमा सामाजिक सञ्जालमार्फत टिप्पणी गर्ने अभियन्ता शर्मिला वाइबालाई चार दिन हिरासतमा राख्न प्रहरीले अनुमति पाएको छ । जिल्ला अदालत, काठमाडौंले कुटपिट र अंगभंग गरेको कसुरमा अनुसन्धानका लागि वाइबालाई हिरासतमा राख्न अनुमति दिएको काठमाडौं प्रहरीका एक अधिकृतले बताए । शर्मिलासहितको समूहले कुटपिट गरेको भन्दै कलाकार पवन खतिवडाले जाहेरी दिएपछि उनलाई सिन्धुपाल्चोकबाट पक्राउ गरेर प्रहरीले ल्याएको थियो । घरायसी विवादमा उनले युट्युबर समेत लिएर व्यक्तिगत गोपनियतामा प्रवेश गरेको र

विराजको ‘१२ गाउँ’ बाट डेब्यु गर्दै न्यान्सी खड्का

काठमाण्डौं : अभिनेता विराज भट्टको निर्माण तथा निर्देशन रहने चलचित्र ‘१२ गाउँ’ बाट पूर्वमिस नेपाल इन्टरनेसनल न्यान्सी खड्काले डेब्यु गर्ने भएकी छिन्। अभिनेता विराजसँग बुधबार न्यान्सीको लिखित सम्झौता भएसंगै उनी मुख्य भुमिकामा देखिने भएकी छिन । आगामी चैत १५ गतेदेखि छायांकन सुरु हुने यो चलचित्रमा न्यान्सी खड्कासंगै विराजका छोरा समीर भट्टले पनि अभिनयमा डेब्यु गर्दैछन् । चलचित्रको सम्पूर्ण छायांकन नेपाल र भारतमा गरिने अभिनेता भट्टले जानकारी दिए। दोस्रो चलचित्र निर्माण

स्वदेशसंगै विदेशमा एकसाथ रिलिज हुँदै ‘महाजात्रा’

काठमाण्डौं : प्रदीप भट्टराई निर्देशित चलचित्र ‘महाजात्रा’ आगामी चैत्र ९ गतेबाट नेपाल सहित अन्तर्राष्ट्रिय बजारमा एकसाथ प्रदर्शनमा आउने भएको छ। एमएसएम इन्टरटेनमेन्टले रिलिज गर्न लागेको यो चलचित्रलाई अन्तर्राष्ट्रिय बजारमा प्रदर्शनको लागी विभिन्न स्थानीय वितरकलाई नै जिम्मा दिइएको छ । चलचित्रले पैसाको व्यवस्थापन गर्दा आइपर्ने समस्याको कथा साथै जीवन समृद्ध तुल्याउने सपना र आपतकालीन रूपमा प्राप्त हुने अवसर व्यवस्थापन गर्दा आइपर्ने समस्यालाई रोचक रूपले प्रस्तुत गरेको निर्माण पक्षले जनाएको छ ।