फेवातालको नयाँ सिमाङ्कन, सीमा रेखाको परिधि १८ किलोमिटर
पोखरा । नयाँ सीमाङ्कनअनुसार फेवाताल सीमा रेखाको परिधि १८ किलोमिटर हुनेछ । फेवातालको चार किल्ला पूर्वमा ‘ड्याम साइड, पश्चिममा मोरे बगर, उत्तरमा खपौँदी–चङ्खपुरबीचको दम्किलो र दक्षिणमा चिसापानी रानी वन’ कायम गरिएको छ । विश्वका १३ औँ सुन्दर तालमा पर्ने फेवाताल प्राकृतिक तथा मानवीय कारणबाट बर्सेनि अतिक्रमित हुँदै गएकाले तालको संरक्षणका लागि सर्वोच्च अदालतले पटक–पटक सरकारलाई निर्देशनात्मक आदेश जारी गरेको थियो । यसअघि पोखरा उपत्यका नगर विकास समितिका पूर्वअध्यक्ष विश्वप्रकाश लामिछाने