नेकपाको प्रचण्ड – नेपाल पक्षले काठमाडौंमा आज प्रदर्शन गर्दै
काठमाडौं । नेकपाको पुष्पकमल दाहाल प्रचण्ड र माधव नेपाल पक्षले आज काठमाडौंमा प्रदर्शन गर्दैछ। यसअघि यो पक्षले माघ ९ गते काठमाडौंमा आमसभा गरेर शक्ति प्रदर्शन गरेको थियो। राजधानीका विभिन्न पाँच स्थानबाट बिहान ११ बजे जुलुस सुरु हुने र सुन्धारामा १२ बजे जम्मा भई मूल जुलुसमा परिणत हुने बताइएको छ। त्यसपछि आमसभालाई सो पक्षका शीर्ष नेताले सम्बोधन गर्नेछन्। पुल्चोकबाट सुरु हुने जुलुसलाई कृष्णबहादुर महरा, पम्फा भुसाल, रघुजी पन्त लगायतले नेतृत्व गर्नेछन्।