विशेष समाचार

पर्सामा ११ किलो गाँजासहित अटो चालक पक्राउ

काठमाडौं । ११ किलो गाँजासहित अटो चालकलाई प्रहरीले पक्राउ गरेको छ। ना २ ह ४१०९ नम्बरको अटोका चालक पर्साको सखुवा पर्सानी गाउँपालिका-२ का ४१ वर्षीय राजेन्द्र बहादुर दमाईलाई ११ किलो गाँजासहित पक्राउ गरिएको हो। जिल्ला प्रहरी कार्यालय मकवानपुरको टोलीले हटौँडा-१९ नेवारपानीस्थित पूर्वपश्चिम राजमार्गबाट दमाई गएराती पक्राउ परेका हुन्। चालक बस्ने सिटमुनि लुकाएर राखेको ११ किलो गाँजा, ६७ हजार रुपैयाँ र २५ सय भारतीय रूपयाँसमेत बरामद गरिएको मकवानपुर प्रहरीले जनाएको छ।

विश्वभरका प्रजातान्त्रिक मुलुकहरुलाई समेटेर अमेरिकाले प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने

काठमाडौं । संसारभरी नै प्रजातान्त्रिक मूल्य र मान्यतामाथि आक्रमण भइरहेको समयमा अमेरिकी राष्ट्रपति जो बाइडनले सन् २०२१ मा प्रजातन्त्रसम्बन्धी शिखर सम्मेलन गर्ने तयारी गरेका छन् ।सो सम्मेलनमा विश्वभरका प्रजातान्त्रिक मुलुकहरुलाई आमन्त्रण गर्ने र प्रजातन्त्र र यसका मूल्य मान्यताप्रति अमेरिकी र विश्वव्यापी प्रतिवद्धता नविकरण गरिने अमेरिकी संचारमाध्यमहरुले उल्लेख गरेका छन् । सो सम्मेलन आयोजना गरेर बाइडन प्रशासनले आफू निरंकुश र पपुलिष्ट राजनीतिको विपक्षमा रहेको सन्देश दिन खोजेको हो । विश्वभर पछिल्लो

म्यानमारको सेनाद्वारा सङ्कटकाल घोषणा

काठमाडौं । म्यानमारको सेनाले देशलाई आफ्नो नियन्त्रणमा लिएको पुष्टि गरेको छ। नेतृ आङ सान सू ची लगायतका नेताहरूलाई पक्राउ गरको केही घन्टापछि सेनाले उक्त जानकारी दिएको हो। नागरिक सरकार र सेनाबीच हालैको चुनावलाई लिएर उत्पन्न विवादकाबीच सैनिक कूको खबर आएको छ। सेनाको टेलिभिजनले एक वर्षको निम्ति सङ्कटकाल घोषणा गरिएको जनाएको छ। सन् २०११ मा प्रजातान्त्रिक सुधार अघिसम्म बर्मा भनेर परिचित म्यानमारमा सेनाले शासन गर्दै आएको थियो। गत नोभेम्बर महिनामा भएको

परिक्षा दिएको दुई महिना पछि कक्षा १२ को नतिजा सार्वजनिक, एक जनाको रद्द

काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सोमबार बिहान सार्वजनिक गरेको छ। यसअघि आइतबार बसेको बोर्ड बैठकले सोमबार बिहान नतिजा प्रकाशित गर्ने निर्णय गरेको थियो। प्रकाशित नतिजा अनुसार १ जनाको रद्द भएको छ भने ११ हजार ४ सय ९० जनाको स्थगित भएको छ। कुल ४ लाख ३३ हजार २ सय ७१ मध्ये बाँकी परिक्षार्थी पास भएको परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले जानकारी दिए। वैशाख/जेठमा नै लिइने कक्षा १२ को

आज माघ १९, तत्कालिन राजा ज्ञानेन्द्रले शासन सत्ता आफ्नो हातमा लिएको दिन

काठमाडौं । आज माघ १९, अर्थात १६ वर्षअघि तत्कालिन राजा ज्ञानेन्द्र शाहले राजनीतिक ‘कू’ गरेको दिन । उनले प्रजातान्त्रिक व्यवस्थाको अन्त्य गर्दै शासन सत्ता आफ्नो हातमा लिएका थिए । उनले आफ्नै अध्यक्षतामा मन्त्रिपरिषद् गठन गरेका थिए । २०६१ साल माघ १९ गते शेरबहादुर देउवाको नेतृत्वमा रहेको तत्कालिन मन्त्रिपरिषद् विघटन गर्दै शाही सम्बोधन मार्फत शासनसत्ता आफैंले चलाउने घोषणा गरेका थिए । यही पृष्ठभूमिमा रहेको भएको जनआन्दोलनले अढाइ सय वर्षको राजतन्त्र फालेको

म्यानमारमा सेनाद्वारा एनएलडीकी नेतृ आङ सान सू की पक्राउ

म्यानमारको सत्तारुढ दल न्याश्नल लिग फर डेमोक्रेसी (एनएलडी) की नेतृ आङ सान सू कीलाई पक्राउ गरिएको उक्त पार्टीका प्रवक्ताले बताएका छन्। सेनाले सत्ता हत्याउने आशङ्कामा सरकार र सेनाबीच तनाव बढिरहेका बेला सू चीलाई पक्राउ गरिएको हो। गत नोभेम्बरमा भएको चुनावमा (एनएलडी)ले सरकार गठनका लागि संसद्‌मा पर्याप्त हुने गरी सिट जितेको छ। तर सेनाले भने उक्त चुनावमा धाँधली भएको जनाएको छ। सोमवार हुन लागेको संसद्को बैठकलाई पछि सार्न सेनाले सरकारलाई आह्वान

रियल म्याड्रिडलाई पछि पार्दै बार्सिलोना दोस्रो स्थानमा उक्लियो

एजेन्सी । स्पेनिस महारथी रियल म्याड्रिडलाई पछि पार्दै क्याटलान क्लब बार्सिलोना स्पेनिस ला लिगाको दोस्रो स्थानमा उक्लिएको छ । घरेलु मैदानमा आइतबार राति एथलेटिको बिल्वाओमाथि २–१ को जित निकाल्दै बार्सिलोनाले रियललाई पछि पार्दै दोस्रो स्थानमा उक्लन सफल भएको हो । नोउक्याम्पमा बार्सिलोनाको जितमा कप्तान लियोनेल मेस्सी र एन्टोइन ग्रिजमनले गोल गर्दा बिल्वाओले जोर्डी अल्वाबाट उपहार गोल पाएको थियो । यससँगै बार्सिलोनाले दुई साताअघिस्पेनिस सुपरकपको फाइनलमा भोगेको हारको बदला लिएको छ

युट्युबको एक नम्बर ट्रेन्डिङमा दीपेन्द्रको ‘आमा’

काठमाडौं । नेपाली कथानक चलचित्र ‘आमा’ युट्युबको एक नम्बर ट्रेन्डिङमा आइपुगेको छ । युट्युबमा अपलोड गरेको दुई दिनमा एक नम्बर ट्रेन्डिङमा आइपुगेको हो । दीपेन्द्र के खनालको कथा तथा निर्देशन रहेको चलचित्रमा सुरक्षा पन्त र मिथिला शर्मा मुख्य भूमिकामा छन् । चलचित्रले राम्रो समीक्षा पाएको थियो । गत वर्ष फागुन ९ गते हल रिलिज भएको चलचित्र कोरोनाका कारण चैत ७ गतेबाट हल बन्द भएपछि बीचमै अलपत्र परेको थियो । नौ

प्रहरीका ४६ जना इन्सपेक्टरको डिएसपीमा बढुवा सिफारिस, पहिलो नम्वरमा दाहाल

काठमाडौं । प्रहरी प्रधान कार्यालय नक्सालले  नेपाल प्रहरीका ४६ जना इन्सपेक्टरको डिएसपीमा बढुवा सिफारिस निकालेको छ । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री नेतृत्वको बढुवा समितिले आइतबार उनीहरुको सिफारिस गरेको हो । बढुवाको प्रतिस्पर्धामा एक सय भन्दा धेरै इन्सपेक्टर थिए ।

लप्पन छप्पन–२ चैत २७ गते रिलिज हुने

काठमाडाैँ । मुकुन्द भट्ट निर्माण तथा निर्देशित चलचित्र ‘लप्पन छप्पन २’ को प्रदर्शन मिति केही हप्ता पर सरेको छ । यसअघि फागुन २७ गते शिवरात्रीका दिन रिलिज गरिने भनिएतापनि प्राविधिक कामहरु नसकिएकोले प्रदर्शन मिति हेरफेर भएको हो । निर्देशक भट्टले दिएको जानकारी अनुसार अब लप्पन छप्पन – २  आगामी चैत २७ गते रिलिज हुने भएको छ । भिएफएक्स, कलरिङ, डबिङ र इडिटिङको काममा ढिलाइ हुँदा प्रदर्शन मिति हेरफेर गर्नु परेको