विशेष समाचार

इंग्ल्यान्डसँगको दोस्रो टेष्ट खेलमा श्रीलंकाको बलियो अग्रता

एजेन्सी । इंग्ल्यान्डसँगको दोस्रो टेष्ट खेलमा घरेलु टोली श्रीलंकाले बलियो अग्रता लिएको छ । दोस्रो दिनको समाप्तिमा इंग्ल्यान्ड २ सय ८३ रनले पछि परेको छ । पहिलो इनिङ थालेको इंग्ल्यान्ड ३० ओभरमा ९८–२ को अवस्थामा छ । इंग्ल्यान्डका कप्तान जो रुट ७७ बलमा १० चौका सहित ६७ रनमा अविजित छन् । जोनी बेयरस्टो ६५ बलमा ४ चौका सहित २४ रनमा अविजित छन् । तेस्रो विकेटका लागि रुट र बेयरस्टोले ९३

रुसी विपक्षी नेता नाभाल्नीको समर्थनमा प्रदर्शन दर्जनौँ पक्राउ

मस्को । रुसमा जेलमा रहेका विद्रोही नेता एलेक्सी नाभाल्नीको समर्थनमा निकालिएको प्रदर्शनबाट शनिबार दर्जनौँ व्यक्तिहरूलाई गिरफ्तार गरिएको छ । रुसी प्रहरीले राजधानी मस्कोमा मानिसहरूलाई घरभित्रै रहन निर्देशन दिएको छ भने नाभाल्नीका निकटस्थहरूलाई शनिबारको प्रदर्शनअगाडि नै गिरफ्तार गरिएको छ । गत आइतबार जर्मनीबाट स्वदेश फर्केका विपक्षी नेता नाभाल्नी पुटिनका कटु आलोचक मानिन्छन् । नाभाल्नीलाई विमानस्थलमा गिरफ्तार गरेपछि उनका समर्थकहरूले सामाजिक सञ्जालमार्फत आयोजना गरेको प्रदर्शन रुसका ६० सहरमा भएको बताइएको छ ।

मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

नवलपरासी । नवलपुरको कावासोतीमा मोटरसाइकल दुर्घटना हुँदा दुईको मृत्यु भएको छ । कावासोती नगरपालिका–८, स्थित भित्री सडकखण्डमा गए राति मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा कावासोती नगरपालिका–३ बस्ने २४ वर्षीय हेमराज थापा र कावासोती–८ बस्ने २६ वर्षीय सुनिल जैसवाल रहेको जिल्ला प्रहरी कार्यालय नवलपरासी पूर्वनवलपुरका प्रहरी नायब उपरीक्षक दिलीप गिरीले बताए । मोटरसाइकल अनियन्त्रित भई सालको रुखमा ठक्कर खाँदा दुर्घटना भएको प्रहरी नायब उपरीक्षक गिरीले

सिरहामा प्रेसरकुकर बम भेटियो

सिरहा। सिरहामा प्रेसरकुकर बम फेला परेको छ । सिराको मिर्चैया नगरपालिका ५ जिबाखोलाको पुलमा प्रेसरकुकर बम फेला परेको हो । प्रहरीका अनुसार शनिबार बिहान पुलमा प्रेसर कुकर बम भेटिएपछि डिस्पोजलका लागि चोहर्वास्थित श्री सेर गणबाट नेपाली सेनाको डिसपोजल टोली घटनास्थल तर्फ गएका छन् । बम कसले र के प्रायोजनको लागि लागि राखेको भन्ने विषयमा अनुसन्धान भइरहेको छ । अहिले पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन बन्द गरिएको जिल्ला प्रहरी सिरहाका प्रवक्ता डिएसपी

रुकुम पूर्वमा १० नयाँ मतदान स्थल थप गरिदै

रुकुम पूर्व । रुकुम पूर्वका विभिन्न ठाउँमा नयाँ १० मतदान स्थल थप गर्न सिफारिस गरिने भएको छ । मतदान स्थल तथा मतदान केन्द्र सिफारिस समितिका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी राजकुमार राईको अध्यक्षतामा बसेको बैठकले जिल्लाका १० ठाउँमा मतदान स्थल थप गर्न सिफारिस गरी पठाउने निर्णय गरेको हो । जिल्लामा मतदान स्थल र मतदान केन्द्र थप गर्ने विषयमा छलफल भई १० ठाउँमा नयाँ मतदान स्थल तोक्नका लागि सिफारिस गर्ने निर्णय

देशभर कोरोनाविरुद्धको खोप पठाइदै, पहिलो चरणमा ५० हजारलाई लगाउने

काठमाडौं । देशभर पहिलो चरणमा कोरोनाविरुद्धको खोप लगाउन चाहनेको संख्या ५० हजार पुगेको छ । त्यसका लागि विद्युतीय प्रणालीबाट विवरण संकलन भइरहेको स्वास्थ्य मन्त्रालयको सूचना व्यवस्थापन इकाइले जनाएको छ । हिजोसम्म ५० हजारको विवरण संकलन भएको र हरेक घण्टामा तीन हजारभन्दा धेरैको नाम दर्ता भइरहेको सूचना व्यवस्थापन एकाइका प्रमुख राजेन्द्र पौडेलले जानकारी दिनुभयो । आज साँझसम्ममा पूर्ण विवरण आइसक्ने एकाइको अनुमान छ । विवरण आएसँगै आजैदेखि जिल्ला जिल्लामा खोपको मात्रा

विश्वमा कोरोना संक्रमणवाट ज्यान गुमाउनेको संख्या २० लाख नाघ्यो

काठमाडौं । कोरोना भाईरस (कोभिड-१९) संक्रमणका कारण विश्वमा ज्यान गुमाउनेको संख्या २० लाख ६६ हजार नाघेको छ । हालसम्म विश्वमा २० लाख ६६ हजार १७६ कोरोना संक्रमितको मृत्यु भइसकेको विश्व स्वास्थ्य संगठनको तथ्यांकमा उल्लेख छ । तथ्यांक अनुसार पछिल्लो २४ घण्टामा १४ हजार ५६९ कोरोना संक्रमितको मृत्यु भएको छ । यस्तै कोरोना संक्रमितको संख्या विश्वमा ९ करोड ५६ लाख १२ हजार ८३१ पुगेको छ । पछिल्लो २४ घण्टामा ६ लाख

सप्तरीमा ट्र्याक्टर दुर्घटना एकको मृत्यु चार जना घाइते

सप्तरी । सप्तरीको कञ्चनरूप नगरपालिकामा बिहीबार साँझ भएको ट्र्याक्टर दुर्घटनामा एक जनाको मृत्यु भएको छ । कञ्चनरूप–११ ठेलिया टोलको नहरस्थित भित्री सडकखण्डमा प्रदेश–०२–०१–००१ त ००३२ नंको ट्र्याक्टर दुर्घटना हुँदा सोही ठाउँका १८ वर्षीय रामआशिष रामको घटनास्थलमै मृत्यु भएको सप्तरी प्रहरीले जनाएको छ ।   दक्षिणबाट उत्तरतर्फ जाँदै गरेको ट्र्याक्टर आफैँ अनियन्त्रत भई पल्टिँदा ट्र्याक्टरमा सवार कञ्चनरूप–११ का १६ वर्षीय कृष्ण साह, ट्र्याक्टर चालक १७ वर्षीय विशाल राम, १७ वर्षीय सुनिलकुमार

सरकारले अपहेलना गरेको भन्दै नेपाल प्रहरी र सशस्त्रले जोखिम भत्ता नलिने 

काठमाडौं । सरकारले अपहेलना गरेको भन्दै नेपाल प्रहरी र सशस्त्र प्रहरीले जोखिम भत्ता नलिने निर्णय गरेका छन् । महामारीविरुद्ध खटिएकामध्ये १० प्रतिशतलाई मात्र भत्ता दिने सरकारको निर्णयपछि दुवै प्रहरी नलिने निष्कर्षमा पुगेका हुन् । कोरोना महामारीको समयमा खटाइको आधारमा अग्रपंक्तिमा खटिने सुरक्षाकर्मीलाई भत्ता दिने निर्णय सरकारले गरेको थियो । तर, गत ८ मंसिरमा १० प्रतिशतलाई मात्र दिने मापदण्ड बनाएपछि दुवै प्रहरीले असन्तुष्टि जनाउँदै भत्ता नलिने अनौपचारिक जानकारी गृह मन्त्रालयलाई गराएका छन् । ‘जुन हिसाबले सुरक्षाकर्मीको

कृषि विकाश बैंकमा अधुकृत सहित ३२६ जना कर्मचारी माग

  काठमाण्डौं । कृषि विकास बैंक लिमिटेडले खुला तथा समावेशी प्रतियोगितात्मक परीक्षाबाट पदपूर्तिका लागि ठूलो संख्यामा जागिर खुलाएको छ। वरिष्ठ शाखा प्रमुख, शाखा प्रमुख, वरिष्ठ लेखा अधिकृत, वरिष्ठ ईञ्जिनियरलगायत पदमा अधिकृत र विभिन्न पदमा सहायक माग गर्दै बैंकले दरखास्त आह्वान गरेको छ। बैंकले अधिकृत सहित  विभिन्न पदका लागि जम्मा ३२६ जना कर्मचारी मागेको हो। आज शुक्रबारको गोरखापत्रमा सूचना निकालेर बैंकले स्थायी दरबन्दीका लागि जागिर खुला गरेको हो। आज सूचना निकाल्दै अनलाइनबाट