‘ल्होछार कन्सर्ट २०२४’: सांगीतिक प्रस्तुतिको लागि राजेश पायल राई आइपुगे कतार
दर्शन सुनार/कतार : पछिल्लो समय कतारमा दिनहुँजसो विभिन्न कार्यक्रमहरु भइरहेका हुन्छन्। प्रायः सांगीतिक कार्यक्रमहरु आयोजना हुनेक्रम बढ्दो छ कतारमा। यसैबीच ‘ल्होछार कन्सर्ट २०२४’ आगामी शुक्रबार आयोजना हुँदैछ। जसको लागि लोकप्रिय गायक राजेश पायल राई कतार आइपुगेका छन्। बिहीबार राजेश कतारको दोहा आइपुगेका हुन्। राजेशको स्वागतको लागि नेपाल तामाङ घेदुङ कार्यसमितिका अध्यक्ष लगायत अन्य पदाधिकारी हमद अन्तर्राष्ट्रिय विमान स्थल पुगेका थिए। राजेशलाई खादा र फूलको गुच्छाले कतार एयरपोर्टमा स्वागत गरिएको थियो।