विशेष समाचार

ईश्वर पान्डेको पञ्चे बाजा गीत 'अस्लेवाको गाउँ' रिलिज

दर्शन सुनार/कतार : कलाकार ईश्वर पाण्डेको नयाँ गित रिलिज भएको छ। बुधबार ‘अस्लेवाको गाउँ’ बोलको पन्छे बाजा गीत ईश्वरले युट्युवमा रिलिज गरेका हुन्। गीतमा ईश्वर पाण्डे र सुनिता बुढाको सुमधुर आवाज सुन्न पाइन्छ । ईश्वरकै शब्द अनी वसन्त थापाको संगीत रहेको गीतमा एचबिएन किस्मतको संगीत संयोजन रहेको छ । गीतमा अस्लेवा गाउँको वर्णन गरिएको छ। सुन्दर गाउँमा गएर छायांकन गरिएको भिडियोलाई अजय रेग्मीले आकर्षक फ्रेममा खिचेका छन । यशु भट्टराई, तेजश

आजबाट दयाहाङ अभिनित दुई सिनेमा 'हात्तीछाप' र 'दयारानी' हलमा

काठमाडौं : आज शुक्रवारबाट देशभर अभिनेता दयाहाङ राईका दुई सिनेमा प्रदर्शनमा आएका छन् । पाँच बर्ष अघि निर्माण भएको सिनेमा ‘दयारानी’ र हालै बनेको सिनेमा ‘हात्तीछाप’ आजबाट देशभर प्रदर्शनमा आएका हुन् । दुई भिन्न कथामा बनेका दुई सिनेमाका आफ्नै आफ्नै प्रकारका दर्शक भएको कारण दुबै सिनेमा सफल हुने अपेक्षा गरिएको छ । सिमोस सुनुवारको निर्देशन तथा किरण नेपालीको प्रस्तुति रहेको ‘हात्तीछाप’ मा दयाहाङ राई, सौगात मल्ल, उपासना सिंह, बेनिशा हमाल,

कोशी प्रदेशमा आज मन्त्रिपरिषद विस्तार हुँदै

काठमाडौं । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले मन्त्रिपरिषद विस्तार गर्ने तयारी गरेका छन् । उनले आज नेपाली कांग्रेसका दुई मन्त्री र एक राज्यमन्त्री तथा माओवादी केन्द्रका दुई मन्त्री थपेर मन्त्रिपरिषद विस्तार गर्न लागेका हुन् । स्रोतका अनुसार नेपाली कांग्रेसबाट प्रदीप सुनुवार र रामकुमार खत्री मन्त्री बन्दैछन् भने इन्दिरा थापा राज्यमन्त्री बन्नेछिन् । प्रदीपलाई स्वास्थ्य र रामकुमारलाई कृषि मन्त्रालयको जिम्मेवारी दिन लागिएको बताइन्छ । राज्यमन्त्री थापाको भने मन्त्रालय टुंगो लागिसकेको छैन

कतारमा 'सोनाम ल्होसार' विशेष कार्यक्रम हुँदै

दर्शन सुनार/कतार: नेपाल तामाङ घेदुङ प्रवास कार्यसमिति कतारको आयोजनामा  “सोनाम ल्होसार कन्सर्ट २०२४” हुने भएको छ। कार्यक्रम बारे औपचारिक जानकारी दिन बिहीबार साँझ आयोजक टिमले प्रेसमिट गरेको थियो।  “नेपालीहरुको राष्ट्रिय पर्व,तामाङ जातिको नयाँ वर्ष” मन्जुश्री २८६० ( डकु ल्हो/ मु पुर्खी बर्ष) सोनाम ल्होसार हुने प्रेसमिट मार्फत जानकारी दिइएको थियो। “ल्होसार कन्सट २०२४” का लागि प्रस्तुति दिन  चर्चित गायक तथा द भ्वाईस अफ नेपालका कोच राजेश पायल राई, तामाङ् सेलो

कतार आइपुगे दुर्गेश थापा

दर्शन सुनार/कतार : लोकप्रिय मोडल तथा गायक दुर्गेश थापा कतार आईपुगेका छन्। सांगीतिक कार्यक्रमको लागि दुर्गेश बिहीबार कतार आइपुगेका हुन्। दोहाको मुटुमा रहेको आईभोरी होटेलको चौथो तलामा अवस्थित भ्यालभेट लन्ज एन्ड क्लबले आयोजना गरेको “भ्यालभेट नाईट” क्लबमा दुर्गेशले आफ्नो प्रस्तुति दिनेछन्। थापाको स्वागतका लागि कल्ब संचालक उत्तम गुरुङ र कार्यक्रम संयोजक तिलु शर्मा पौडेल हमद अन्तर्राष्ट्रिय विमान स्थलमा पुगेका थिए। सांगीतिक साँझमा झुम्न तथा भरपुर्ण मनोरञ्जन लिन भ्यालभेट नाईट क्लबले

‘दुःखी आत्मा’मा दया र आँचल मुख्य भुमिकामा

काठमाण्डौं । चलचित्र ‘नाङ्गो गाउँ’ को सफलतापछि निर्माता हिमाल कडरियाले नयाँ चलचित्र ‘दुःखी आत्मा’ निर्माण गर्ने भएका छन । चलचित्रमा दीपेन्द्र लामाले निर्देशन गर्ने भएका छन । यो चलचित्रमा नायक दयाहाङ राई संगै नायिका आँचल शर्मालाई निर्माण टिमले फाइनल गरेको निर्माता कडरियाले बताए । चलचित्रको स्क्रिप्टले आँचललाई नै डिमाण्ड गरेकाले उनलाई अनुवन्धित गरिएको र चलचित्रका लागि अन्य कलाकार र प्राविधिक समेत फाइनल चरणमा रहेको निर्माता कडरियाले बताए । चैत्र महिनाबाट

क्यानडामाथि नेपालको रोमान्चक जित

काठमाडौं ।नेपाली राष्ट्रिय क्रिकेट टोलीले क्यानडाविरुद्ध जारी एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजको पहिलो खेलमा ७ रनको रोमान्चक जित दर्ता गरेको छ ।  कीर्तिपुरस्थित टियु अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा भएको खेलमा पहिले ब्याटिङ गरेको नेपालले पुरा ओभर खेल्दै २२४ रन बनाएको थियो । जीतका लागि ब्याटिङमा उत्रिएको क्यानडाले २१७ रन मात्र बनाउन सफल भयो । २२४ रन बनाउने क्रममा नेपालका ओपनर कुशल भुर्तेलले ६२ रनको योगदान दिए। त्यस्तै आरिफ शेखले ३८ रन बनाए। कुशल

ओलीलाई रौतहटमा १०१ किलोको माला

रौतहट । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई रौतहटमा १०१ किलोको मालाले स्वागत गरिएको छ । एमालेको रौतहट जिल्ला अधिवेशन उद्घाटन गर्न बिहीबार गरुडा पुगेका उनको स्वागतमा पार्टी कार्यकर्ताहरुले १०१ किलोको माला लगाइदिएका हुन् ।

अरुण चौधरीसहित ३ जना रिहा,अनुसन्धान भने जारी

काठमाडौं । बाँसबारी छालाजुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा हडपेको आरोपमा पक्राउ परेका अरुणकुमार चौधरीसहित ३ जनालाई प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रिहा गरेको छ । काठमाडौं जिल्ला अदालतको आदेशअनुसार सीआईबीले सीजी होल्डिङ्सका अध्यक्ष तथा प्रबन्ध निर्देशक अरुण चौधरी, तत्कालीन बाँसबारी छाला जुत्ता कम्पनी लिमिटेडका अध्यक्ष अजितनारायण सिंह थापा र सञ्चालक समिति अध्यक्ष सञ्जय ठाकुरलाई आज थुनामुक्त गरेको हो । बाँसबारी छाला जुत्ता कारखानाको १० रोपनी सरकारी जग्गा योजनाबद्ध रुपमा निजी

गुप्तचरमा एसपी र डिएसपीको सरुवा

काठमाडौं । राष्ट्रिय अनुसन्धान विभाग(गुप्तचर)का प्रमुख हुतराज थापाले आफू अनुकुलका कर्मचारीलाई जिल्ला प्रमुखका रुपमा सरुवा गरेका छन् । उनले आफ्नो अनुकुल नभएका गुप्तचरलाई सूचना संकलनमा खटाउनुको सट्टा बरफबागभित्रै घाम तपाएर राखेका छन् । उनले आफ्नो चाकडीमा अनुकुलका सूचना बोकेर आउनेलाई निकट जिल्लामा खटाएका हुन् । ६० भन्दा धेरै एसपी र डिएसपीको सरुवा गर्ने क्रममा केहीलाई विभागकै चौरमा राखेका छन् । विभाग स्रोतका अनुसार बर्दियामा एसपी पवन जोशी, दाङमा रमेश डाँगी,