विशेष समाचार

आज ११५४ जना कोरोना स‌ंक्रमित थपिए, १ हजार ५ जना डिस्चार्ज

काठमाडौं ५, असोज । नेपालमा पछिल्लो २४ घण्टामा थप १ हजार १ सय ५४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। यससँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६५ हजार २ सय ७६ पुगेको छ। स्वास्थ्य मन्त्रालयका अनुसार इलामका १, उदयपुरका १, झापाका २, मोरङका १०७, सुनसरीका ११, धनुषाका २ जना स‌ंक्रमित रहेका छन् भने पर्साका ५, बाराका १, महोत्तरीका १४, रौतहटका २९, सप्तरीका ४७, सर्लाहीका ७, सिरहाका ४ जना स‌ंक्रमित

डा. गोविन्द केसी नेपालगन्जमा, आज भेरीमा बस्ने

नेपालगन्ज ५, असोज । जुम्लामा ८ दिनदेखि अनसनरत डा गोविन्द केसीले माग पूरा नभएसम्म अनसन नटुंगिने अडान राख्नुभएको छ । जुम्लाबाट काठमाडौं जान लाग्नु भएका डा केसीले एक विज्ञप्ति जारी गरी जुम्लादेखि काठमाडौंसम्म यात्रा गरेर पनि अनसन जारी राख्ने बताउनुभएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अनशनरत डा केसी त्यहाँबाट एअरपोर्टसम्म एम्वलेन्समा जानुभएको जुम्लाका सिडिओ भुपेन्द्र थापाले स्वास्थ्य पेजलाई जानकारी दिनभयोे । जुम्लाबाट डा केसी समिट विमानबाट नेपालगन्ज पुग्नुभएको हो

अमेरिकी राष्ट्रपति ट्रम्पविरूद्ध षडयन्त्र, विषाक्त रसायनिक भएको खाम पठाइयो

काठमाडौँ। अमेरिकी राष्ट्रपति भवन ह्वाइट हाउसको ठेगानामा राष्ट्रपति डोनाल्ड ट्रम्पविरूद्ध षडयन्त्र गर्न विषाक्त रसायनिकयुक्त खाम पठाइएको छ। अमेरिकी अनुसन्धान एजेन्सीकाअनुसार केहि दिन यता ह्वाइट हाउस र केही विभागहरुमा रिसिन भनिने खतरनाक विषाक्त रसायन भएको खाम पाठाइएको छ। यस षड्यन्त्रलाई पुरा गर्न स्थानीय हुलाक प्रणाली प्रयोग भएको ह्वाइट हाउस एक अधिकारीले बताए। न्युयोर्क टाइम्सका अनुसार अनुसन्धान एजेन्सीले उक्त खामहरु क्यानाडाबाट आएको हुनुपर्ने अनुमान गरेका छन्। यसैबीच, यस घटनाको अनुसन्धान गर्दै जाँदा

महाधिवेशनबारे रामचन्द्र पौडेलले दिए यस्तो प्रस्टीकरण

काठमाडौं । नेपाली कांग्रेसका नेता रामचन्द्र पौडेलले महाधिवेशन र विशेष महाधिवेशनबारे आफूले भन्दै नभनेको विषयमा समाचार आएको भन्दै आपत्ति जनाएका छन् । पुरानै महाधिवेशन प्रतिनिधिलाई कायम गरेर भए पनि आगामी फागुनमै १४औं महाधिवेशन गर्नुपर्छ भनी आइतबार पौडेलले बोलेको समाचार आएको थियो । तर, सोमबार उनले सामाजिक सञ्जालमार्फत महाधिवेशन र विशेष महाधिवेशनबारे प्रस्टीकरण दिएका छन् । उनले लेखेका छन्, ‘महाधिवेशन र विशेष महाधिवेशन बारे मेरो भनाइ भनेर बङ्याएर जुन प्रचार गरिएको

भिडिओ बनाउँदै गर्दा कारबाट एक महिला व्यस्त सडकमा खसेपछि...

काठमाडौँ। स्नयापच्याटमा भिडिओ बनाउँदै गर्दा एक महिला व्यस्त सडकमा आफ्नो कारबाट खसेकी छिन्। बेलायतको व्यस्त सडकमा आफ्नो कारको झ्यालबाट निक्लेर स्नयापच्याटमा भिडिओ बनाउँदै गर्दा महिला सडकमा खसेकी त्यहाँको प्रहरीले जनाएको छ। लन्डनको दक्षिण मोटरवेमा उक्त महिला सडकमा खसेकी सर्रे प्रहरीले जनाएको छ। सामाजिक संजाल ट्वीटर मार्फत सर्रे प्रहरीले उक्त घटनाको जानकारी दिएको हो। प्रहरीले महिलाको नाम भने गोप्य राखेको छ। प्रहरीले ट्वीटरमा लेखेको छ, ’ भाग्यवस ति महिलालाई केहि भएन

सार्वजनिक यातायात : ‘न स्यानिटाइजर न दूरी, भाडा मात्र बढी’

काठमाडौ । कोरोना भाइरसको सङ्क्रमणको जोखिम कायमै रहँदा खुलेका सार्वजनिक यातायातमा आवतजावत गर्न जोखिमपूर्ण बनेको छ ।यस्ता साधनमा स्यानिटाइजर नराखिँदा तथा दूरी कायम नगरिँदा जोखिम बढेको जनाइएको छ । सवारी साधनमा भाडामात्र बढीको रहेको छ । यातायात व्यवस्था विभागले तयार पारेको मापदण्डमा दुईजना बस्ने गरेको एक लहरमा एकजना बस्ने, सवारीमा अनिवार्य रुपमा स्यानिटाइजरको व्यवस्था हुनुपर्ने प्रावधानको व्यवस्था गरे पनि व्यवहारमा कार्यान्वयन हुन सकेको छैन । अनुगमन समेत नहुँदा यातायात व्यवसायीलाई

हेर्नुहोस् यस्तो छ आजको सुनचाँदीको मूल्य

काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ। शुक्रबार तोलामा चार सय रुपैयाँले बढेको सुनको मूल्य आज स्थिर रहेको हो । शुक्रबार प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भइरहेको छापावाल सुनको मूल्य आज स्थिर रही सोही मूल्यमा नै कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । त्यस्तै आज तेजावी सुनको मूल्य प्रतितोला ९६ हजार ५ सय रुपैयामा कारोबार भइरहेको जनाइएको छ । त्यसैगरी आज चाँदीको मूल्य घटेर प्रतितोला

११ जनप्रतिनिधि र २ अधिकृतलाई राष्ट्रपतिको पुरस्कार

काठमाडौं संविधान दिवसको अवसर पारेर राष्ट्रपति विद्यादेवी भण्डारीले स्थानयि तहका जनप्रतिनिधि र कर्मचारीलाई पदक तथा विभुषण प्रदान गरेकी छन् । विभिन्न क्षेत्रमा उत्कृष्ठ कार्य गर्ने ५ सय ९४ जना कर्मचारी, पेशाकर्मी र नागरिक विभुषित हुदा स्थानीय तहका जनप्रतिनिधि र कर्मचारी भने १३ जना परेका छन् । राष्ट्रपतिवाट पदक पाउनेमा ढोरपाटन नगरपालिका, वागलुङका प्रमुख देव कुमार नेपाली, खाँदवारी नगरपालिका, संखुवासभाका प्रमुख मुरारी खतिवडा छन् । विनादेवी राईले पनि सम्मान प्राप्त गरेकी

नजिकैबाट हेर्दा सूर्य कस्तो देखिन्छ ?

काठमाडौं – तपाइले नजिकबाट सूर्य कहिल्यै देख्नु भएको छैन होला । यो सूर्यको अहिलेसम्मकै सर्वाेत्कृष्ट गुणस्तरको तस्बिर हो । देखाइएको तस्बिर द इनूए सोलार टेलिस्कोपबाट खिचिएको हो । त्यसबाट ३० किलोमिटर आकार भएको क्षेत्र स्पष्ट देखिन्छ । सूर्यको आकृतीसँग तुलनागर्दा त्यो एकदमै सानो क्षेत्र हो । सूर्यको व्यास झण्डै १४ लाख छ । सूर्य पृथ्वीबाट झण्डै १४.९ करोड किलोमिटर टाढा छ । तस्बिरमा देखिएको प्रत्येक खण्ड झण्डै अमेरिकी राज्य टेक्सस

नेपालमा कोरोना संक्रमणबाट थप ११ जनाको मृत्यु, संख्या ४ सय नाघ्यो

काठमाडौं – नेपालमा पछिल्लो २४ घण्टामा ११ जनाको कोरोना संक्रमणबाट मृत्यु भएको छ। बाट मृत्यु भएको जानकारी दिए । मृत्यु हुनेमा काठमाडौंका एक पुरुष र एक महिला, ललितपुरका २ जना महिला र एक पुरुष, मबवानपुरका एक पुरुष, रुपन्देशीका एक महिला, बाकेँका एक महिला, मोरङका एक महिला, रौतहटका एक महिला र सर्लाहीका एक महिला रहेका छन् । यससँगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ४०१ पुगेको छ । त्यस्तै नेपालमा पछिल्लो