विशेष समाचार

एकैदिन काठमाडौं उपत्यकाका थपिए ८५९ कोरोना संक्रमित

काठमाडौं । नेपालमा पछिल्लो २४ घन्टामा थप २०२० जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौं उपत्यकामा कोरोना भाइरसको संक्रमण भयावह बन्दै गएको छ । उपत्यकामा ८५९ जना कोरोना संक्रमित थपिएका छन् । काठमाडौंमा ६९८, ललितपुरमा ७९ र भक्तपुरमा ८२ जनामा सङ्क्रमणको पुष्टि भएको जनाएको छ ।

अब ग्यास सिलिन्डरको मूल्य २१ सय रुपैयाँ

काठमाडौं । खाना पकाउने एलपी ग्यासको खाली सिलिन्डरको मूल्य तोकिएको छ । नेपाल एलपी ग्यास उद्योग संघले बागमती प्रदेशमा ग्यासको खाली सिलिण्डरको मूल्य २१ सय रुपैयाँ तोकेको जानकारी दिएको छ । बजारमा सिलिन्डरको मूल्यमा एकरुपता ल्याउन मूल्य तोकिएको संघले जनाएको छ । सबै ग्यास कम्पनीको खाली सिलिन्डरको मूल्य २१ कायम गरिएको संघको भनाइ छ । शुक्रबारबाट लागू हुने गरी उक्त मूल्य निर्धारण गरिएको हो । अब भरेको ग्यासको सिलिन्डर किन्दा

ट्रम्पमाथि यौन दुर्व्यवहार आरोप, मोडल डोरिसले भनिन्, भीआईपी कक्षमा जबरजस्ती गरे

काठमाडौँ। अमेरिकामा आगामी नोभेम्बर महिनामा हुन लागेको राष्ट्रपतिको चुनावको पूर्वसन्ध्यामा उम्मेदवार तथा वर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप लागेको छ । चुनावी अभियान तीव्ररुपमा भइरहेका बेला ट्रम्पमाथि यौन दुर्व्यवहारको आरोप लागेको हो । जसले उनको चुनावी अभियानलाई ठूलो झट्का लागेको छ , राष्ट्रपति ट्रम्पलाई एक मोडलले यौन दुर्व्यवहार गरेको आरोप लगाएकी हुन्। अमेरिकाकी पूर्व मोडल एमी डोरिसले ट्रम्पले आफूलाई २३ वर्ष अघि ओपन टेनिस च्याम्पियनशिपको बेला जबरजस्ती गरेको आरोप

गायक सजल न्यौपानेको नयाँ गीत 'बिलाप' सार्वजनिक (भिडियो)

काठमाडौं – गायक सजल न्यौपानेको नयाँ गीत सार्वजनिक भएको छ । गायक सजलको सुमधुर स्वरमा ‘बिलाप’ बोलको गीतको भिडियो बिहीबार युट्युबमा सार्वजनिक भएको हो । गीतमा मनिष बसिष्टको  शब्द रचना रहेको छ ।  भिडियोमा प्रमिला खनालको अभिनय रहेको छ । गीतको भिडियोलाई गम्भिर बिष्टले निर्देशन गरेका छन् भने नविन निरौलाले सम्पालन गरेका छन् । https://youtu.be/mHFXmFfUoCs

ललितपुरमा कोरोना संक्रमित महिलाको मृत्यु

काठमाडौं २ असोज । ललितपुरमा थप एक कोरोना संक्रमितको मृत्यु भएको छ। ललितपुरकी ६६ वर्षीय महिलाको बिहीबार उपचारका क्रममा मृत्यु भएको स्वास्थ्य कार्यालय ललितपुरले जानकारी दिएको छ। उनी गत भदौ ३० गते देखि ललितपुरको क्यान्सर अस्पतालमा उपचार गराइरहेकी थिइन्।

देशका अधिकांश स्थानमा बिहानैदेखि बदली र वर्षा

काठमाडौं २ असोज । देशभर शुक्रबारको मौसममा सामान्यतया बदली रहने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङ्सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन्। प्रदेश १, प्रदेश २, बागमती प्रदेश, गण्डकी प्रदेशका र प्रदेश नम्बर ५ का एक दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । यस्तै शुक्रबार राति पनि देशभर सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जन

बाँकेमा आज ६० जना डिस्चार्ज

नेपालगन्ज २, असोज । बाँकेमा शुक्रबार कोरोना भाइरस संक्रमणबाट मुक्त भएर ६० जना डिस्चार्ज भएका छन् । डिस्चार्ज हुनेमा बालबालिकादेखि प्रहरीसम्म छन् । बाँकेमा डिस्चार्ज हुनेको संख्या एक हजार एक सय ९२ पुगेको छ । प्रतिशतका हिसावले हेर्ने हो भने निको हुने दर बाँकेमा ७७.१० रहेको छ । अव आइसोलेसनमा ३ सय ४५ जना बसिरहेका छन् । जिल्लामा संक्रमितको संख्या अहिलेसम्म १ हजार ५ सय ४६ छ । भाइरस संक्रमणबाट

हेर्नुहोस् आज कुन जिल्लामा कति नयाँ कोरोना संक्रमित ? 

काठमाडौँ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोनाभाइरस संक्रमण भएको जानकारी दिएको छ । बिहिबार आयोजित मन्त्रालयको नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले पछिल्लो २४ घण्टामा १२४६ जनामा कोरोना पोजेटिभ देखिएको जानकारी दिए। उनकाअनुसार नयाँ संक्रमित हुनेहरुमा उदयपुरका १, खोटाङका १, झापाका ११, धनकुटाका १, मोरङका ९४ , सुनसरीका ५४, धनुषाका १६, पर्साका १९, बाराका १०, महोत्तरीका ४, रौतहटका ७, सप्तरीका ९, सर्लाहीका ११, सिरहाका

६ महिनादेखि थन्किएका लामो दूरीका बस चल्न थाले

काठमाडौँ – बिहीबारदेखि लामो दूरीका बस सञ्चालनमा आएका छन् । छ महिनादेखि थन्किएका मध्यम र लामो रुटका बस बिहिबारदेखी बिहानैदेखी चलेका छन् । कोरोनाभाइरसको संक्रमणको जोखिमबढ्दै गइरहेको बेला लामो दूरीका बस सञ्चालनमा आउदा झन् संक्रमण फैलने होकी भन्ने डर छ । यस्तो अवस्थामा सरकारले सवारीसाधनमा आवश्यक स्वास्थ्य सुरक्षा अपनाएर चलाउन निर्देशन दिएको छ । यस्तो अवस्थामा चालक, सहचालकले मास्क, पञ्जा, सेनेटाइजर र सहचालकले फेस भाइजरको प्रयोग गर्न र सवारी साधन

टिकटकमा फलोअर्स बढाउन यी महिलाले पतिको मृत्युबारे फेक भिडिओ बनाएपछि...

काठमाडौँ। विश्वभर टिकटक एपको लोकप्रियता बढ्दो छ। टिकटकमा मानिसहरु आफ्नो फलोअर्स बढाउन अनेकौं तिकडमहरु आपनाउने गरेका छन्। यसैबीच एक महिला टिकटकमा फलोअर्स बढाउन पतिको मृत्युबारे फेक भिडियो बनाएर पोष्ट गरेकी छिन्। पाकिस्तानकी एक महिलाले आफ्नो पतिको निधनबारे झुठो खबर फैलाइन् । उनको पति पनि एक टिकटक स्टार हुन्। खबर झुठो ठहरिएपछि मानिसहरूले उक्त महिलाविरुद्ध कारबाही गर्न माग गरेका छन्। उनको पतिको नाम आदिल राजपुत हो र उनको टिकटकमा २६ लाख