विशेष समाचार

वरिष्ठ पाइलट विजय लामालाई कोरोना संक्रमण

काठमाडौं । नेपाल वायुसेवा निगमका वरिष्ठ पाइलट विजय लामालाई कोरोनाभाइरस संक्रमण पुष्टि भएको छ । स्टार अस्पतालमा गरिएको कोरोना परीक्षणमा पोजेटिभ रिपोर्ट आएपछि उनी सोल्टी होटलको आइसोलेसनमा छन्। आइतबार स्वाब दिएका उनको सोमबार बिहान आएको रिपोर्टमा कोरोना पोजेटिभ देखिएपछि आइसोलेसन भर्ना भएका हुन् । तीन दिनअघि शान्ति मिसनमा खटिएको नेपाली सेनाको टोलीलाई वाइडबडी जहाजबाट दक्षिण सुडान लगेका उनलाई कोरोना देखिएको हो ।

नायिका निता ढुंगानाको आज जन्मदिन

नायिका निता ढुङ्गानाले आफ्नो २८ औँ जन्मदिन मनाउँदै छिन् । लामो समय यता लकडाउनले घरमा नै रहेकी ढुङ्गानाले आफ्नो जन्मदिन उनी निकट व्यक्तिसँग नै मनाउँदै छिन् । सन् २००८ मा रिलिज भएको चलचित्र ‘अजम्बरी नाता’बाट नेपाली फिल्म इन्डस्ट्रीमा डेब्यु गरेकी नीताले हालसम्म नोटबुक, छ एकान छ, पञ्चायत लगायत आधा दर्जन बढी चलचित्रमा काम गरिसकेकी छिन् । चलचित्रका साथमा म्युजिक भिडियोमा निकै रुचाइएकी उनले पछिल्लो समय गणेश भजन गाएर गायनमा समेत

आज मन्त्रिपरिषद् बैठक बस्दै, यस्ता छन् महत्वपूर्ण एजेन्डा

काठमाडौं । प्रधानमन्त्री केपी ओलीले आज मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । बैठक सोमबार साँझ ५ बजेका लागि बोलाइएको प्रधानमन्त्रीको निजी सचिवालय स्रोतले जनाएको छ । केही महत्वपूर्ण निर्णय गर्न प्रधानमन्त्री ओलीले बैठक बोलाएका हुन् । बैठकले नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशकको नियुक्ति, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त तोक्नेलगायतका निर्णय गर्ने स्रोतले जानकारी दियो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङको चार वर्षे कार्यकाल आइतबारबाटै सकिएको छ । त्यसैले आज बस्ने

राष्ट्रिय बाल दिवसको अवसरमा प्रधानमन्त्री ओलीको शुभकामना सन्देश

काठमाडौँ – प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारले बालबालिकाको हक र हितको संरक्षणलाई उच्च प्राथमिकतामा राखेको बताउनुभएको छ । राष्ट्रिय बाल दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली बालबालिका तथा अभिभावकमा शुभकामना व्यक्त गर्दै नेपालको संविधानमा मौलिक हकका रुपमा रहेको बालबालिकाकासम्बन्धी नीति तथा कानून तर्जुमा गरी कार्यान्वयन गर्दै आएको बताउनुभएको छ । ‘बालबालिकामाथि हुने सबै किसिमका हिंसा, बेचबिखन तथा जघन्य घटनाका अपराधीहरुलाई कानूनी दायरामा ल्याई कडा सजाय दिने र बालबालिकाहरुलाई

बाँकेमा डिस्चार्ज हुनेको संख्या हजार नाघ्यो

नेपालगन्ज २९, भदौ । बाँकेमा सोमवार तीन बर्षिय बालकसहित ४० जना डिस्चार्ज भएका छन् । खजुरा गाउँपालिका–५ का ३ बर्षका बालक भाइरस संक्रमणमुक्त भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । उहाँका अनुसार, नेपालगन्ज शिक्षण अस्पताल कोहलपुरमा कोरोना संक्रमण पुष्टि भएका ७ बर्षिया र ९ बर्षीया बालिकापनि डिस्चार्ज भएका छन् । उपचारका लागि आएका उनीहरुमा पनि भाइरस संक्रमण देखिएको थियो । ३ बर्षका बालकलाई खजुरास्थित कृषि

आजको मौसम कर्णालीबाहेक प्रदेशका केही ठाउँमा भारी वर्षा

काठमाडौं २९, भदौ । देशभरको मौसम सामान्य बदली रही प्रदेश १, २, गण्डकी र प्रदेश ५ का केही स्थानहरू र अन्य प्रदेशका थोरै स्थानमा अहिले वर्षा भइरहेको छ। आज दिउँसो देशभर मौसममा सामान्यतया बदली रही केही स्थानहरूमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ। प्रदेश १, २, बागमती, गण्डकी, प्रदेश ५ र सुदूरपश्‍चिम प्रदेशका एकरदुई स्थानहरूमा भारी वर्षाको अनुमान गरिएको छ। त्यस्तै आगामी २४

राष्ट्रिय बाल दिवस मनाईँदै, बालअधिकार संरक्षण उच्च प्राथमिकतामा रहेको मन्त्रीको भनाई

काठमाडौं २९, भदौ । विपदमा बाल अधिकारको सुनिश्चितता, हामी सबैको प्रतिबद्धता’ भन्ने नाराका साथ यस वर्षको राष्ट्रिय बाल दिवस भर्चुअलरूपमा सोमबार मनाइँदै छ । दिवसका अवसरमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले मूल आयोजक समितिका तर्फबाट सातै प्रदेशका मुख्यमन्त्री र अन्य सरोकार पक्षसँग दिवस मनाउने तयारी गरेको छ । नेपालले संयुक्त राष्ट्रसङ्घको बाल अधिकारसम्बन्धी महासधि १९८९ अनुमोदन गरेको दिनका अवसरमा हरेक वर्ष भदौ २९ मा दिवस मनाउन थालिएको हो ।

निर्माता रोहित अधिकारीको नया फिल्ममा अनमोलको सम्भावना कति ?

निर्माता रोहित अधिकारीले निर्माण गरेका दुई चलचित्र ‘गाजलु र छ माया छपक्कै’ सुपरहिट भए । दुबै चलचित्रबाट राम्रो आम्दानी गरेका रोहित नयाँ चलचित्र निर्माणमा जुटिरहेका छन् । उनको चलचित्रलाई दिनेश राउतले निर्देशन गर्दैछन् । संभवत, रोहितको यो चलचित्र सुरु हुनुभन्दा अगाडि दिनेशले नायक प्रदिप खड्कासँग एउटा चलचित्रमा काम गर्नेछन् । रोहितले दिनेशलाई चलचित्र निर्देशनका लागि ५ लाख पेश्की रकम समेत दिइसकेका छन् । उनै, रोहित आफ्ना अघिल्ला २ चलचित्रमा जस्तै

यो उमेरमा प्रेम सम्बन्धको प्रश्नले दिक्क करिश्मा

आफूलाई मनमा लागेको कुरा स्पष्टसँग राख्ने र कुनै पनि विषयमा आफ्नो विचार राख्न नहिचकिचाउने नायिका हुन् करिश्मा मानन्धर । उनलाई कुनै पनि क्षेत्रमा व्यथित असमानता र विकृति मन पर्दैन र यसको खण्डन गर्न पनि डराउँदिनन् । यसले कुनै बेला उनलाई आलोचना पनि दिलाउने गरेको छ भने प्राय उनले उठाउने विषय केही गम्भीर र यथार्थ हुन्छन् । यसैबिच करिश्माले आफूलाई अन्तर्वार्ता अथवा कुनै प्रसङ्गमा सोधिने प्रश्न माथि असन्तुष्टि व्यक्त गरेकी छिन्

जेल जीवन बिताइ रहेका रेशम चौधरीलाई तत्काल रिहा गर्न जसपाको माग

जनता समाजवादी पार्टी नेपालले रेशम चौधरीलाई रिहा गर्न माग गरेको छ। आइतबार जसपा पार्टी अध्यक्षद्वय उपेन्द्र यादव र महन्थ ठाकुरले एक विज्ञप्ती जारी गर्दै रेशम चौधरीलाई  तत्काल रिहा गर्न सरकारको ध्यानाकर्षण गराएको हो। टिकापुर घटनाका मुख्य योजनाकारका रुपमा दोषी ठहर भइ जेल जीवन बिताइ रहेका चौधरीलाई तत्काल रिहाई गर्न जसपाले माग गरेको हो । जसपाले विज्ञप्तीमा मधेशरथरुहट आन्दोलनहरुमा सहभागि भएका केही नेता तथा कार्यकर्ताहरु माथि सरकारद्वारा मुद्दा चलाउने, धन सम्पति