विशेष समाचार

चट्याङ लागेर बागलुङमा एकको मृत्यु

बागलुङ । चट्याङ लागेर बागलुङको ताराखोलामा गएराति एक युवाको मृत्यु भएको छ । वर्षासँगै परेको चट्याङ लाग्दा ताराखोला गाउँपालिका–३ सिलमारेका भीमबहादुर बस्नेतको मृत्यु भएको हो । मोवाइल चार्जमा राख्नेक्रममा आफ्नै घरमा परेको चट्याङले उनलाई लागेको र उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । टाउकोमा गहिरो चोट लोका बस्नेतलाई गलकोट हटियास्थित प्राथमिक स्वास्थ्यकेन्द्रले गएराति नै मृत घोषणा गरेको प्रहरी चौकी ताराखोलाका प्रमुख, प्रनानी युवराज सलामिले बताए । युवाको शवलाई पोष्टमार्टमपछि

विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७४ लाख

काठमाडौं । कोरोना संक्रमितको संख्या विश्वमा २ करोड ७४ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या २ करोड ७४ लाख ८६ हजार ९६० पुगेको छ । पछिल्लो २४ घण्टामा २ लाख १८ हजार १४९ संक्रमित थपिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार २१६ देशमा फैलिएको कोरोनाका कारण हालसम्म ८ लाख ९४ हजार ९८३ जनाको मृत्यु भइसकेको छ ।

भोकमरी परेकालाई खाना खुवाउँदै नायिका एलिजा गौतम (फोटो)

नायिका तथा मोडल एलिजा गौतम पछिल्लो समय केही व्यस्त नै छिन् । म्युजिक भिडियोमा सक्रिय भएकी गौतम सामाजिक कार्यमा पनि सक्रिय भएकी छिन् । कोरोना महामारीको कारण जारी लामो समयको लकडाउनले जनजीवन कष्टकर भएका हरूको सहयोगमा उनी जुटेकी हुन् । उनले काठमाडौंको पुरानो बसपार्कमा भोकै रहेकालाई खान खुवाएकी छिन् । मङ्गलवार पुरानो बसपार्क पुगेर आफैले खाना बाँडेर तथा हन्ड्रेड ग्रुपका संस्थापक अंशु यादवलाई २० हजार रुपैयाँ हस्तान्तरण समेत गरेकी छिन्

साम्राज्ञी आफ्नो पारिश्रमिक घटाउन तयार

सम्भवतः यति लामो समयसम्म फिल्म क्षेत्रले विश्राम लिएको पहिलो पटक हो । कोरोनाको संक्रमण फैलिन नदिन गएको चैतबाट सरकारले लकडाउन गरेपछि फिल्म क्षेत्र सुनसान छ । फिल्म निर्माण, प्रदर्शन र वितरण ठप्प छ । ६ महिनायता फिल्म सम्बन्धि कुनै कार्य नहुँदा कलाकार फुर्सदिला भएका छन् । प्राविधिकहरुलाई बिहान बेलुका हातमुख जोर्न समेत समस्या हुन थालेको छ । संक्रमितको संख्या नघट्नुले दशैंअघि फिल्म क्षेत्र सञ्चालनमा आउने सम्भावना न्यून छ । स्थिति सामान्य

चितवनमा पाँच महिनाको बच्चासहित ७ जनाले जिते कोरोना

चितवन । चितवनको माडिमा थप ७ जनाले कोरोनाभाइरसलाई जित्न सफल भएका छन् । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालामा गरिएको परिक्षणमा ७ जनाको कोरोना रिपोर्ट नेगेटिभ आएको हो । कोरोना निको हुनेमा माडी नगरपालिका(६ का पाँच महिनाको बच्चासहित ७ जना रहेका छन् । भरतपुर अस्पताल कोभिड १९ परीक्षण प्रयोगशालाको रिपोर्ट अनुसार आइसोलेशनमा रहेका १८ महिनाको बालक र २७ बर्षका पुरुष बाहेक माडीमा अरु सबैले कोरोना जितेका हुन् । पछिल्लो समय

अक्सफोर्डको कोरोना खोप परीक्षण स्थगित, सहभागी एक जना बिरामी परे

काठमाडौं । सहभागी एक जना बिरामी भएपछि अक्सफोर्ड विश्वविद्यालय र एस्ट्राजेनेकाले विकास गरेको कोरोना भाइरसविरुद्धको खोप परीक्षण स्थगित गरिएको छ । अन्तिम परीक्षणमा रहेको भनिएको सो खोपको परीक्षण स्थगित गरिएको हो । परीक्षणमा सहभागी एक व्यक्ति बिरामी परेपछि तुरुन्तै खोप परीक्षण स्थगित गरिएको बीबीसीले जनाएको छ । परीक्षणमा सहभागी ती व्यक्ति कसरी बिरामी भए भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ । उनी बिरामी भएको कारण पत्ता लगाएपछि कोरोना खोपको परीक्षणबारे

सुशान्त सिंह निधन प्रकरण : रिया चक्रवर्तीलाई १४ दिनको जेल सजाय

काठमाडौं – बलिउड अभिनेता सुशान्त सिंह राजपूतको निधन भएको डेढ महिनाभन्दा बढी बितिसकेको छ । मृत्युपछि पनि अहिले सुशान्त समाचारमा छाइरहेका छन् । सुशान्त सिंह राजपुत निधन प्रकरणमा अनुसन्धानको क्रममा नयाँ खुलासाहरु हुँदै आइरहेको छ । यसैबीच यस घटनाको अनुसन्धानको क्रममा  सुशान्तकी प्रेमिका तथा अभिनेत्री रिया चक्रवर्ती मंगलबार पक्राउ परिसकेकी छिन् । भारतिय मिडियाका अनुसार  सुशान्तको मृत्युप्रकरणबारे अनुसन्धानका लागि भन्दै नार्कोटिक्स कन्ट्रोल ब्युरो (एनसिबी)ले उनलाई पक्राउ गरेको बताइएको छ ।

'प्रेम गीत ३' निर्देशक छेतन गुरुङको निधन

चलचित्र निर्देशक छेतन गुरुङको निधन भएको छ । प्रदर्शनको तयारीमा रहेको चलचित्र ‘प्रेम गीत ३’का निर्देशक गुरुङको मङ्गलवार राति मेट्रो हस्पिटल महाराजगन्जमा निधन भएको हो । केही दिन अघी उनी अस्पताल भर्ना भएका थिए । कलेजोमा समस्या देखिएका उनको उपचारको क्रममा नै निधन भएको हो । उनको निधनबारे निर्माता सन्तोष सेनले जानकारी दिएका हुन् । अनुसार बिहीबार छेतनको अन्त्येष्टि गरिने छ ।  छेतनले नोभेम्बर रेन, क्लासिक, ए मेरो हजुर ३’

सार्वजनिक यातायात सञ्चालन नगर्न सुझाव

काठमाडाैँ – काठमाडौँ उपत्यका छिर्ने सबै नाकामा सेना खटाई प्रवेशमा कडाइ गर्न पनि बैठकले माग गरेको छ । फोरमका उपाध्यक्ष एवं ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बैठकमा उपत्यकाभित्रको जनजीवन खुकुलो बनाउँदै नाकामा भने सेना खटाएर भए पनि कडाइ गर्न सङ्घीय सरकार र तीन वटै जिल्ला प्रशासनसँग माग गरिने बताए । महामारीको जोखिम घटेर होइन, जीविकोपार्जनका दृष्टिबाट जनजीवन असहज बन्न थालेपछि यस्तो निर्णय गरिएको ललितपुर महानगरका प्रमुख महर्जनले बताए । फोरमका सचिव

चितवनमा १८ महिने शिशुसहित थप ११ जनामा कोरोना संक्रमण

काठमाडौं – चितवनका थप ११ जनामा कोरोनाभाइरसको संक्रमण देखिएको छ । भरतपुर कोभिड(१९ प्रयोगशालामा गरिएको परिक्षणमा चितवनका ११ जनासहित थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । कोरोना संक्रमित हुनेहरुमा भरतपुर महानगरपालिका वडा नं ४, ६ र १० का २ पुरुष र ७ महिला गरी ९ जना रहेका छन् । जसमा ९ वर्षीया बालिका पनि रहेकी छिन् । त्यस्तै माडी नगरपालिका-६ र ७ का एक १८ महिने शिशु र