कोरोनाबाट नेपालगन्जमा थप एकजनाको मृत्यु
नेपालगन्ज ११, भदौ । नेपालगन्जमा कोरोना भाइरस संक्रमणबाट थप एकजनाको मृत्युभएको छ । नेपालगन्ज उमहानगरपालिका–७ की ७० बर्षीया महिलाको कोरोना भाइरस संक्रमणबाट मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकलपर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । छातिको समस्या भएपछि ती महिला भदौ ३ गते नेपालगन्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा भर्ना भएकी थिइन् । कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनको त्यही दिन नमुना संकलनगरी भेरी अस्पताल पठाइएको थियो । त्यसको दुई दिनपछि