विशेष समाचार

राजेश पायलको 'ब्याक किक' चर्चामा

काठमाडौं : यतिबेला लोकप्रिय गायक राजेश पायल राई फेरि विवादमा तानिएका छन्।राजेशले  स्टेजमा एक व्यक्तिलाई ‘ब्याक किक’ गरेको भिडियो यतिबेला सामाजिक संजालमा भाइरल बनिरहेको छ। भिडोयोमा राजेशले गाउँदै गर्दा पछाडि आएका एक जनालाई बेस्सरी लात्तीले हिर्काउँछन्। राजेशको लात्ती खाएका व्यक्ति चाहिँ आफ्नो खुट्टा छाम्दै स्टेजको कुनातिर लाग्छन्। अहिले राजेशक यस्तो हर्कतको चर्को आलोचना भइरहेको छ। यो भिडियो कहाँ र कहिलेको हो ? भन्ने कुरा चाहिँ केही खुल्नमा आएको छैन। यद्यपि

दार्चुलामा बस सडकबाट तल खस्यो,१६ जना घाइते,दुईको अवस्था गम्भिर

धनगढी । दार्चुलामा बस दुर्घटना हुँदा १६ जना घाइते भएका छन् । घाइतेहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ । आज शुक्रबार बिहान महेन्द्रनगतर्फ आइरहेको सुदूरपश्चिम प्रदेश ०२–००१ ख १०३१ नम्बरको बस महाकाली नगरपालिका–५ को खिमतडीमा दुर्घटना भएको प्रहरीले जनाएको छ । बस सडकबाट करीब २५ मिटर तल खसेको थियो । दुर्घटनाको कारण भने खुलेको छैन । सुदूरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अत्तरियाका अनुसार घाइतेमध्ये दार्चुलाको दुहुँ गाउँपालिका–५ बस्ने ५२

ब्यापारी नरेश अग्रवाल दुई करोड नगदसहित पक्राउ

काठमाडौं । राजस्व अनुसन्धान विभागले दुई करोड रुपैयाँ नगदसहित कपडा ब्यापारी नरेश अग्रवाललाई पक्राउ गरेको छ ।विभागको टोलीले बिहीबार राति क्षेत्रपाटीस्थित अग्रवालको घरमा छापा मारेर पक्राउ गरेको हो ।  विभागले उनलाई घरबाटै नगदसहित पक्राउ गरेको हो । विभागको प्रारम्भिक अनुसन्धानमा अग्रवाल हुन्डी र क्रिप्टो कारोबारी भएको देखिएको छ । तर, त्यसको थप अनुसन्धान भइरहेको राजस्व अनुसन्धान विभागले जनाएको छ ।

सर्जक किरणबाबु पुन सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त

काठमाडौं । गायक तथा गीतकार किरणबाबु पुनलाई सरकारले नेपाल सांस्कृतिक संस्थानको महाप्रबन्धकमा नियुक्त गरेको छ । आज बुधवार बसेको मन्त्रीपरिषद् बैठकले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको प्रस्तावमा सर्जक पुनलाई नियुक्ति दिएको हो । यसअघि सो पदमा अशोक प्यासी थिए । उनको पदावधि सकिएपछि अहिले पुनलाई नियुक्त गरिएको हो । रुकुम पश्चिम सानीभेरी निवासी किरणबाबु पुन लामो समयदेखि गीत संगीत क्षेत्रमा सक्रिय छन् । उनले सिर्जना गरेका ‘क्षितिजपारी उनको बस्तीमा’, ‘म

'माघ्या सकराटी वनभोज तथा सांस्कृतिक कार्यक्रम'को लागि कतार आइपुगे कलाकार

दर्शन सुनार/कतार : नेपाल मगर संघ कतार शाखाको आयोजनामा शुक्रबार हुन लागेको मगरहरुको राष्ट्रिय प्रमुख चाड ‘माघ्या सकराटी-२०२४ वृहत वनभोज तथा सांस्कृतिक कार्यक्रम’को लागि सांगीतिक प्रस्तुति दिन नेपालबाट आमन्त्रित कलाकारहरु कतार आईपुगेका छन्। नेपालबाट आमन्त्रित गायक तथा हास्यकलाकार अर्जुन कुवर केही दिन पहिले नै कतार आईपुगेका थिए।भने, मगंलबार राती लोक तथा दोहोरी गायिका रुसमा सिजांली मगर ( रुपी) र मोडल तथा डान्सर अस्मिता राना मगर बुधबार राति कतार आईपुगेका हुन्।

बलात्कारको घटना लुकाउन बाबुद्वारा छोराको हत्या

सुर्खेत । पश्चिम सुर्खेतमा रहेको एक घरनजिक मृत भेटिएका युवकको हत्या भएको खुलेको छ। बलात्कारको घटना लुकाउन एक बाबुले छोराको हत्या गरेको खुलेको छ । बहिनी बलात्कृत भएको थाहा पाएपछि बाबुविरुद्ध जाहेरी दिँदा बाबुले नै छोराको हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो । गत सोमबार बन्चरोले हानेको अवस्थामा २१ वर्षीय युवकको शव पञ्चपुरी नगरपालिका–५ मा आफ्नो घरसँगै रहेको बाख्राको खोरनजिकै मृत फेला परेको थियो । जिल्ला प्रहरी कार्यालमा गत कात्तिकमा

प्रहरी समायोजन १५ दिनभित्र टुंग्याउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रहरी समायोजनको प्रक्रिया जतिसक्दो छिटो टुंग्याउन निर्देशन दिएका छन् । बुधबार बिहान उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, अन्य मन्त्रीहरू, मुख्यसचिव डा. बैकुण्ठ अर्याल, गृहसचिव दिनेश भट्टराई, नेपाल प्रहरीका महानिरीक्षक वसन्त कुँवर, गृह मन्त्रालयका अधिकारीलाई बोलाएर प्रहरी समायोजनको प्रक्रिया १५ दिनभित्र टुंग्याउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री प्रचण्डले पछिल्ला दिनमा दैनिकजसो निर्देशन दिँदै आएका छन् । यसैक्रममा उनले आज प्रहरी समायोजन छिट्टोभन्दा छिट्टो टुंग्याउन निर्देशन

राम कुमारी झाँक्रीसँग गुल्मी सेवा समाज कतारको स्नेह मिलन

दर्शन सुनार/कतार : गुल्मी सेवा समाज कतारले नेपाल कम्युनिस्ट पाटी ( एकीकृत समाजबादी) का केन्द्रिय सचिव एवम् नेपाल सरकारका पुर्व शहरी विकास मन्त्री रामकुमारी झाक्रीसँग स्नेह मिलन तथा सम्मान कार्यक्रम सम्पन्न गरेको छ । प्रवासी नेपाली एकता मञ्चको अधिवेशनलाई सम्बोधन गर्न आएको अवसर पारेर समाजले एक कार्यक्रमको आयोजना गर्दै झार्कीसँग स्नेह मिलन कार्यक्रम सम्पन्न गरेको हो । समाजका अध्यक्ष कमल अर्यालको सभापतित्व तथा नेपाल सरकारका पुर्व शहरी विकास मन्त्री राम

त्रिशुलीमा खसेको जिप भेटियो,मान्छे भेटिएन

चितवन । त्रिशूली नदीमा भारतीय नम्बर प्लेटको बोलेरो गाडी फेला परेको छ । जिप भेटिएपनि मान्छे भने फेला परेको छैन । आज मंगलबार बिहानै त्रिशूली नदीमा गाडी खसेको स्थानीयले खबर गरेपछि खोजी गरिएको थियो । चितवनका डिएसपी श्रीराम भण्डारीका अनुसार नदीबाट भारतीय नम्बर प्लेटको जिप निकालिएको हो । नारायणगढ–मुग्लिङ सडकखण्डअन्तर्गत इच्छाकामना गाउँपालिका–५ स्थित तीन नम्बर पुल नजिकबाट बी आर ०९ जीसी १४३० नम्बरको सिंगल क्याबिन भएको सेतो रङको बोलेरो प्रहरीले

टुँडिखेलमा माघी मनाउन पुगेकाहरुको भीडमा चेपिएर ८ जना घाइते

काठमाडौं : माघी मनाउन काठमाडौंको टुँडिखेलमा पुगेकाहरूको अत्यधिक भीडभाडमा चेपिएर ८ जना घाइते भएका छन् । माघे संक्रान्तिको अवसरमा मगर र थारु समुदायले आयोजना गरेको अलग अलग कार्यक्रममा सहभागी हुन गएका सर्वसाधारण अत्यधिक भीडभाडका क्रममा घाइते हुन पुगेका हुन् । जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी कुमुद ढुंगेलका अनुसार भीडमा चेपिएर घाइते भएका ८ जनालाई उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टर लगिएको छ । उनीहरुको अवस्था सामान्य छ । भित्र प्रवेश