विशेष समाचार

कोराना स‌कंमीत वढदै एकैदिन थप १६६ जनामा कोरोना संक्रमण

पछिल्लो २४ घण्टामा थप १६६ जनामा कोरोना संक्रमणको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । मन्त्रालयका हुने नियमित प्रेस ब्रिफिङमा मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले यसबारे जानकारी दिएका हुन् । उनले एक सय ६२ पुरुष र ४ महिलामा संक्रमण देखिएको पनि बताए । यससँगै नेपालमा कुल संक्रमितको संख्या १ हजार ५ सय ६७ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । संक्रमित मध्ये १४५० जना पुरुष र ११७

कोरोना भाइरस विरुद्धको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने

काठमाण्डौ १८ जेठ । कोरोना भाइरसविरुद्ध चीनले बनाएको भ्याक्सिन यसै वर्षको अन्तसम्ममा विश्व बजारमा आउने दाबी गरिएको छ । चीनको सम्पत्ति पर्यवेक्षण तथा प्रशासन परिषदले शनिबार सामाजिक सन्जालमा एक पोष्ट गर्दै सो दाबी गरेको हो । वुहान इन्सटिच्युट अफ बायोलोजिकल प्रोडक्ट्स र बेइजिङ इन्सटिच्युट अफ वायोलोजिकल प्रोडक्ट्सले भ्याक्सिन तयार पारेका छन् । सो भ्याक्सिनको परीक्षण २ हजार जना व्यक्तिमा गरिसकिएको छ । हाल दोस्रो चरणको परीक्षण जारी छ । मे

लकडाउनको ६८ दिनपछी सल्यानमा पहिलो पटक २५ जनामा कोरोना पुष्टि

सुर्खेत १८ जेठ । कर्णाली प्रदेशको सल्यानमा पहिलो पटक २५ जनामा कोरोना पोजेटिभ देखिएको छ । कर्णाली प्रदेश अस्पतालको पशुपंक्षी रोगअन्वेषण प्रयोगशाला सुर्खेतमा भएको पिसिआर परिक्षणमा जिल्लाका २५ जनामा कोरोना पोजेटिभ देखिएको हो । कोरोना संक्रमितहरू सबै बन्गाड कुपिण्डे नगरपालिका वडा नम्बर १ का १९, २०, ४० र ६० वर्षका गरी ४ जना, वडा नम्वर २ का १९ वर्षिय १ जना, वडा नम्वर ३ का १७, २७, २७ र ३८

थप १८ जना संगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या १२३ पुगे

कर्ण शाही सुर्खेत १८ जेठ । कर्णाली प्रदेशमा थप १८ जनामा कोरोना संक्रमण देखीएसंगै कोरोना संक्रमितको संख्या १२३ पुगेको छ । कर्णाली प्रदेशले आइतबार बिहान सार्वजनिक गरेको विवरणअनुसार १८ जना कोरोना संक्रमित थपिएका छन । प्रदेशका सामाजिक विकास मन्त्रालय स्वास्थ्य शिक्षा अधिकृत एवम् जनस्वास्थ्य शाखा प्रमुख नवराज कँडेलले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको कोरोना परीक्षणमा थप नयाँ १८ जना संक्रमित देखिएको बताए । उनले भने, “नयाँ कोरोना संक्रमित मध्ये एक

दशगजामा सशस्त्र प्रहरीको टोलीद्धारा हवाई फायर

अनिश यादव सर्लाही १८ जेठ । ३०–४० जना भारतीय नागरिकहरुको समूह दशगजा हुदै जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको र हुलहुज्जत गरी हतियार समेत खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरीले वताएको छ   । त्यस्तै सर्लाहीका प्रमुख जिल्ला अधिकारी

आमा संग भिडियो कलमा वोल्न चाहेका टिकाराम वोल्नै नपाइ अस्ताए

रुकुम चौरजहारी १७ जेठ । मेरी आमासँग भिडियो कल बनाइदेउ न दिदी’, टीकाराम सुनारले छिमेकी दिदी दीपालाई जाजरकोटबाट फेसबुकमा भनेका थिए । दीपाले आश्वासन दिइन, ‘आमा गिट्टी कुटेर आएपछि साँझ पक्का कुरा गराउछु है ।’ छोराले कुरा गर्न खोजेको खबर सुनेकी आमा गीताले बेलुका भिडियो कलको लागि कोसिस गरिन तर टीकाराम फेसबुकमा अफलाइन भएकोले कुरा हुन पाएन । विडम्वना जेठ १० गते शनिवार घटना हुनुभन्दा केही दिनअघि भिडियो कलमा आमासँग

विकास बोर्डको अध्यक्ष पदमा दश जना विच कडा प्रतिष्पर्धा

काठमाण्डौ १७ जेष्ठ । चलचित्र विकास बोर्डको अध्यक्ष पदका लागी दश जना विच कडा प्रतिष्पर्धा हुने भएको छ । आवेदन दिइ प्रतिस्प्रधा गर्नेहरुमा निर्देशक तथा विकास बोर्डका सदस्य दयाराम दाहाल, अभिनेता भुवन के, सी।, निर्माता तथा संगीतकार अर्जुन कुमार डंगोल, साँस्कृतिक संस्थानका पूर्व महाप्रवन्धक राजेश थापा, कलाकार भगवती कुमारी मैनाली उप्रेती ९भीमा०, ध्यान बहादुर राई, परशुराम चौधरी, कलाकार सोहित मानन्धर, निर्देशक राजेन्द्र कुमार उप्रेती र निर्देशक दिपक श्रेष्ठ रहेका छन्

लकडाउन जेठ ३२ सम्म, सेना पनि परिचालन गर्ने मन्त्रिपरिषद्को निर्णय

काठमाडौं १७ जेष्ठ । सरकारले कोरोना भाइरस ९कोभिड १९ को संक्रमण फैलिन नदिन लकडाउनलाई ३२ जेठसम्म लम्ब्याउने निर्णय गरेको छ । शनिबार बसेको मन्त्रिपरिषद् बैठकले लकडाउन लम्ब्याउने निर्णय गरेको हो । यद्यपि यो अवधिमा लकडाउनको मोडालिटी हेरफेर हुनसक्छ । विज्ञहरुसँग परामर्श गरेर मोडालिटी तय गर्ने एक मन्त्रीले जानकारी दिए । साथै हवाई उडान र अन्तराष्ट्रिय सीमा नाकाको आवागमन असार १६ सम्म बन्द हुनेछ । मन्त्रिपरिषद् बैठकले कोरोना संक्रमण फैलिएको आवश्यक

दैलेख १७ जेष्ठ । दैलेखको दुल्लु नगरपालिका–११ का क्वारेन्टाइनमा मृत्यु भएका ३५ वर्षिया युवकमा कोरोना पोजेटिभ देखिएको छ । गत जेठ ७ गते भारतबाट आएर नगरपालिकाले बनाएको क्वारेन्टाइनमा बसेका युवकको शनिबार बिहान मृत्यु भएको थियो । जुम्ला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा गरिएको परीक्षणमा युवकमा कोरोना पोजेटिभ देखिएको कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका प्रमुख डा लक्ष्मीनारायण तिवारीले बताए । ‘स्वास्थ्य विज्ञान प्रतिष्ठान कोरोना पोजेटिभ भएको जानकारी दिएको छ ।’

काठमाण्डौ १७ जेष्ठ ।

नेपालमा कोरोना संक्रमितको संख्या १ हजार ४०१  पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा थप १ सय ८९ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको हो ।

शनिबार मन्त्रालयले आयोजना गरेको नियमित पत्रकार सम्मेलनमा   प्रवक्ता डा विकास देवकोटाले संक्रमितको संख्या १ हजार ४०१ पुगेको जनाए । कुल कोरोना संक्रमण देखिने जिल्ला ५३ पुगेको छ ।

यस्तै शनिबार सम्म कोरोना संक्रमण बाट निको भएर घर जानेको संख्या २ सय १९ पुगेको छ भने कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ७ पुगेको छ ।