दशगजामा सशस्त्र प्रहरीको टोलीद्धारा हवाई फायर
अनिश यादव सर्लाही १८ जेठ । ३०–४० जना भारतीय नागरिकहरुको समूह दशगजा हुदै जबरजस्ती नेपाल प्रवेश गर्न खोजेपछि सर्लाहीको सीमा सुरक्षार्थ खटिएको सशस्त्र प्रहरीको टोलीले हवाई फायर गरेको छ । सर्लाहीको विष्णु गाउँपालिका–२ पकडी स्थित दशगजा क्षेत्रबाट करिब ३०–४० जनाको समूह नेपाल प्रवेश गर्न खोजेको र हुलहुज्जत गरी हतियार समेत खोस्ने प्रयाससमेत गरेपछि एक राउन्ड हवाई फायर गर्नु परेको सशस्त्र प्रहरीले वताएको छ । त्यस्तै सर्लाहीका प्रमुख जिल्ला अधिकारी