विशेष समाचार

बालकुमारी घटना: सुजन र विरेन्द्रलाई शहिद घोषणा गरिने

काठमाडौं । सरकारले बालकुमारीमा प्रहरीको गोली लागेर मृत्यु भएका वीरेन्द्र शाह र सुजन राउतलाई सहिद घोषणा गर्ने भएको छ । मृत्यु भएका युवकका परिवार र सरकारबीच सोमबार भएको चारबुँदे सहमतिमा उनीहरूलाई सहिद घोषणा गर्ने र मृतकका परिवारका एक–एक सदस्यलाई रोजगारी दिने सहमति भएको हो । रोजगारीका लागि कोरिया पठाउनका लागि लिइने परीक्षासम्बन्धी विवादमा झडप हुँदा अछामका वीरेन्द्र शाहको प्रहरीको गोली लागेर तथा दैलेखका सुजन राउतको प्रहरी कुटपिटबाट मृत्यु भएको थियो । सहमतिमा

कारागार ड्यूटीमा रहेका प्रहरी हवल्दार मृत भेटीए

संखुवासभा । संखुवासभा जिल्ला कारागारमा रातको ड्यूटीमा रहेका नेपाल प्रहरीका प्रहरी हवल्दार मृत फेला परेका छन् । आइतबार राती १० बजेदेखि बिहान २ बजेसम्म ड्यूटीमा रहेका प्रहरी हवल्दार डिकबहादुर तामाङ मृत फेला परेका हुन् । ड्युटी सकेर सुत्न पुगेका उनी ड्रेसमै सुतेको पाइएको प्रहरीले जनाएको छ ।४१ वर्षीय तामाङको घर इलाम रहेको बताइएको छ ।

धोती दिवस मनाउँदा माइतीघरबाट सीके राउतसहित कार्यकर्ता पक्राउ

काठमाडौं । जनमत पार्टीका अध्यक्ष सिके राउत पक्राउ परेका छन् । माइतीघरको निषेधित क्षेत्रमा प्रवेश गरी प्रदर्शन गर्न खोजेपछि प्रहरीले राउतसहित ५१ जनालाई नियन्त्रणमा लिएको हो । प्रदर्शन गर्न खोज्ने ४७ जना पुरुष र ४ जना महिलालाई माइतीघरबाट पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी कुमुद ढुंगेलले बताए । उनीहरु सबैलाई नगर प्रहरी कार्यालय भृकुटीमण्डपमा राखिएको छ । सिके राउतसहित भेला भएकाहरूले टोपी दिवससँगै धोती दिवस पनि मनाउन पाउनुपर्छ

नेपालगंजमा स्कारपिओले ठक्कर दिदा २ जनाको घटनास्थलमै मृत्यु

नेपालगंज: नेपालगन्ज कारकादो स्थित एसके पेट्रोल पम्म नजिक आइतबार राती स्कारपिओ दुर्घटना हुंदा दुई जनाको घटनास्थलमै मृत्यु भएको छ । दुर्घटनामा परी एक जना घाइते भएका छन । आइबार राती अन्दाजी १२ बजे नेपालगंज उपमहानगरपालिका- १८ एस के पेट्रोल पम्म नजिकै सु.प.प्र.०१-००१ च ३४६४ नम्बरको स्कारपिओ अनियन्त्रित भै पैदलयात्री लाई ठक्कर दिदा नेपालगंज-१३ बस्ने आस्था शाह र नाम नखुलेको एक पुरुषको घटना स्थलमै मृत्यु भएको बांके प्रहरीले जनाएको छ ।

बालकुमारी घटनामा पक्राउ परेका ७३ जना रिहा

काठमाडौं । ललितपुरको बालकुमारी स्थित प्रदर्शन स्थलबाट पक्राउ गरिएका ७३ जनालाई रिहा गरिएको छ । गएको शुक्रबार रोजगार अनुमति प्रणाली (इपिएस) मार्फत कोरियामा काम गर्न जान खोज्नेहरुले गरेको प्रदर्शनको क्रममा पक्राउ गरिएकाहरुलाई छाड्ने निर्णय भएको उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले बताए । उपत्यका प्रहरी कार्यालयका एआईजी दिपक थापाले पक्राउ परेकाहरूलाइ मुद्दा नचलाउने गरि छाडिएको बताए । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वाला चढ्ने बा २ झ ५८६१ नम्बरको गाडीमा

बर्दियाबाट दाङमा वनभोजका लागी आएको बस दुर्घटना

दाङ: बर्दियाबाट दाङमा वनभोजका लागि आएको यात्रुबाहाक बस दाङमा दुर्घटना भएको छ। बर्दियाबाट दंगीशरण – ३ स्थित थारु संग्रालय रहेको चखौरामा वनभोजका लागि आउँदै गरेको भे १ ख २०४१ नम्बरको बस राप्ती राजमार्ग अन्तरगत अमेलिया –तुलसीपुर सडक खण्डको झञ्ज्याङ नजिकै  दुर्घटनामा परेको हो। दुर्घटनामा २० जना घाइते भएको दाङका जिल्ला प्रहरी प्रमुख एसपी रामबहादुर केसीले बताए ।घटनास्थलमा प्रहरी निरीक्षकको टोली पुगेको र उद्दार कार्य भैरहेको जानकारी दिए । घाइते कति

आज तमु ल्होसार,देशभर सार्वजनिक बिदा

काठमाडौं । गुरुङ समुदायले पुरानो वर्षलाई बिदाइ गर्दै नयाँ वर्षलाई स्वागत गरेर आज ‘तमु ल्होसार’ पर्व मनाउँदैछन् ।‘ल्हो’को अर्थ वर्ष र ‘सार’को अर्थ फेरिनुभएकाले वर्ष फेरिने दिनलाई ‘तमु ल्होसार’ भनिएको हो । तमु ल्होसारलाई गुरुङ समुदायले नयाँ वर्षका रूपमा भव्यरूपमा मनाउने गर्छन् । गुरुङ समुदायको बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वत लगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको छ ।

नेपालगन्जमा पल शाहलाई हेर्न आउने दर्शकको थामिनसक्नुको भिड

नेपालगन्ज : लोकप्रिय नायक पल शाह शनिबार नेपालगन्जमा थिए। नेपालगन्जमा जारी महोत्सवमा सहभागी हुन उनी शनिबार नेपालगन्ज आएका हुन्। पललाई हेर्न लाखौं दर्शकको भिड थियो। महोत्सव स्थल दर्शकको भिडले भरिएको थियो। पलकै लागि भनेर नेपालगन्जको चिसोलाई वास्ता नगरेर भएपनि बेलुली ५ बजेसम्म दर्शकहरु कुरेर बसेका थिए। जब पल स्टेज चढे माहोल बेग्लै बनेको थियो। दर्शकले ताली र हुटिङले स्वागत गरेका थिए। पलले केही गीतहरुमा नृत्य गरेर दर्शकलाई मनोरञ्जन दिएका थिए।

ललितपुरका सिडीओ,प्रहरी प्रमुख र ईपीएस शाखा  प्रमुखलाई जिम्मेवारीबाट हटाइयो

काठमाडौँ । दुई जना युवकको ज्यान जाने गरी  ललितपुरको बालकुमारीमा भएको प्रदर्शनमा गम्भीर लापरबाही देखिएको भन्दै  सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी, प्रहरी प्रमुख र ईपीएस कोरिया शाखाका निर्देशकलाई जिम्मेवारीबाट हटाएको छ ।  सरकारले ललितपुरका प्रमुख जिल्ला अधिकारी रुद्रप्रसाद पण्डित, जिल्ला प्रहरी परिसर, ललितपुरका प्रमुख एसएसपी शिद्धिविक्रम शाह र ईपीएस कोरिया शाखाका निर्देशक गुरुदत्त सुवेदीलाई जिम्मेवारीबाट हटाउने निर्णय गरेको हो । शुक्रबार कोरियाको रोजगार अनुमति प्रणाली (ईपीएस)को परीक्षा दिन नपाएका युवाले

रुपन्देहीमा ७ वर्षीया बालिकाको हत्या, एक जना पक्राउ

रुपन्देही । रुपन्देहीको मर्चवारी गाउँपालिका–१ इस्लामपुरमा एक बालिकाको हत्या भएको छ । सात वर्षीया नन्दनी कुर्मीको हत्या भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ । उक्त कार्यालयका अनुसार कुर्मी शुक्रबारदेखि हराइरहेकी थिइन् । उनको शव शनिबार मर्चवारी–१ इस्लामपुरमा फेला परेको हो । कुर्मीको हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक मनोहर भट्टले बताए । हत्यामा संलग्न रहेको आशंकामा प्रहरीले एक जनालाई पक्राउ गरेको छ