विशेष समाचार

माधव दम्पतीले गरे विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान

बांके: माधव दम्पतीले बाँकेको राप्तीसोनारी गाउँपालिका–१ बाघखोरस्थित ज्ञानपूर्णोदय प्राविका विद्यार्थीलाई शैक्षिक सामाग्री प्रदान गरेका छन् । मंसिर २९ गते विवाह बन्धनमा बाँधिएका स्थानीय माधव रावत र कोमल खड्काले मंगलवार २० हजार बढी मूल्य बराबरको शैक्षिक सामाग्री विद्यार्थीलाई सहयोग गरेको विद्यालयका प्रधानाध्यापक भरत खड्काले जानकारी दिए । नेपाल प्रहरीमा कार्यरत माधव सोही विद्यालयका पूर्व विद्यार्थी हुन् भने कोमल पूर्व शिक्षिका हुन् । उनीहरुले विद्यार्थीहरुलाई कापि, कलम र पेन्सील सहयोग गरेको प्रधानाध्यापक

बारामा बस र ट्रक ठोक्किंदा चालकसहित ३ को मृत्यु, २७ जना घाइते

बारा । बारामा आज बुधवार बिहान २ बजे भएको बस दुर्घटनामा परी तीन जनाको मृत्यु भएको छ भने २७ जना घाइते भएका छन्। काकड्भिट्टाबाट काठमाडौँ जादै गरेको बा ३–००१ ख २५८७ नम्बरको बस र हेटौडाबाट पथलैयातर्फ जाँदै गरेको ना ७ ख ७३०० नम्बरको ट्रक आज बुधबार बिहान २ बजे बाराको अमलेखगन्जमा एक आपसमा ठोक्किएका थिए । दुर्घटनामा परि ट्रक चालक तनहुँ घर भएका २८ वर्षीय पूर्ण गुरुङ, मकवानपुर हेटौँडाका बस

शुभकलाको हट्यो चिसो भुइँमा सुत्नुपर्ने बाध्यता, पाइन् बेड बिस्तारा

नेपालगन्ज : साघुँरो कोठा । भुईमा त्रिपाल विछाएर त्यसमाथि तन्नाको विस्तारा । पुरानो कम्बलको न्यानो कति पुग्यो होला ? बाँके खजुरा गाउँपालिका वडा नम्बर ४ बस्ने सुभकला कुमाल छोरा छोरी सहित भुईमा सुत्नपरेको भिडियो खबरगन्जले प्रशारण गरेपछि अमेरिका बस्ने लिल बहादुर थापाले सहयोग पठाएका छन । भिडियो राखेको एक घण्टा नहुदैं लिल बहादुरले सुभकलाको परिवारमा तत्काल राहत उपलव्ध गराउन खबरगन्जका संचालक पत्रकार खगेन्द्र दाहाल मार्फत रकम पठाए । दाहालले मंगलबार सुभकलाको

'खुल्ला नकआउट फुटबल प्रतियोगिता'को प्रायोजकमा जोडियो सुबि एजुकेसन

नेपालगन्ज : आगामी पौष ७ गतेदेखि बाँकेको खजुरामा संचालनमा हुन गईरहेको ‘खुल्ला नकआउट फुटबल प्रतियोगिता’को प्रायोजकमा सुबि एजुकेसन एण्ड भिजा सर्भिसेज जोडिएको छ। प्रतियोगिताको लागि ‘ब्यानर’ र ‘म्यान अफ द म्याच’को लागि प्रायोजन गर्ने गरि आयोजक टिम र सुबि एजुकेसनबीच सम्झौता भएको हो। नेपालगन्जको बिपि चोकस्थित सुबिको कार्यालयमा मंगलबार आयोजक टिमका पदाधिकारी र सुबिका कोर्डिनेटर तथा इन्सट्रक्टर संजय बरालबीच सम्झौता गरिएको हो। सम्झौता अनुसार प्रतियोगितामा प्रत्येक खेलका ‘म्यान अफ द

राजु लामासँग म्युजिक भिडियो खेल्दै मिस पबी

काठमाडौं : लोकप्रिय गायक राजु लामासँग पवित्रा साँकी ‘मिस पबी’ले सहकार्य गरेकी छिन्। उनले राजु लामाको एउटा नयाँ गीतको भिडियोमा काम गरेकी हुन्। मंगलबार राजु लामासँगको एक तस्वीर आफ्नो फेसबुकमा सार्वजनिक गर्दै नयाँ गीतमा काम गर्न लागेको मिस पबीले जानकारी दिएकी हुन्। राजु लामासँग उनको पहिलो सहकार्य हो। मिस पबीले सार्वजनिक गरेको तस्वीर अनुसार यतिबेला राजु लामाको नयाँ गीतको भिडियो छायांकन हुँदैछ। छायांकन सेटबाटै मिस पबीले तस्वीर सार्वजनिक गरेकी हुन्।

रुपन्देहीबाट हतियारसहित दुई जना पक्राउ

रुपन्देही । रुपन्देहीबाट प्रहरीले हतियारसहित दुई जनालाई पक्राउ गरेको छ। सोमबार रुपन्देहीको तिलोत्तमा वडा नम्बर ८ स्थित गणेश नगरको करैया सामुदायिक वनबाट हतियारसहित स्थानीय दीपक परियार र कर्ण बहादुर परियारलाई पक्राउ गरिएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायव उपरीक्षक (डीएसपी) दान बहादुर थापाले जानकारी दिए। उनीहरूको साथबाट भरुवा बन्दुक नाल २ थान, धातुको गोली, छर्रा ३२ पिस, फलामको काटिएको स/साना छर्रा ११० पिस, बारुद जस्तो देखिने कालो धुलो पदार्थ, फलामको

कोहलपुरमा पल शाह : बहिनीको रिसेप्सन पार्टीमा बहिनीसँगै नाचे छमछमी

नेपालगन्ज : अभिनेता पल शाह गत शनिबार धनगढी महोत्सवमा पुगे। जहाँ उनलाई हेर्न आउने दर्शकको संख्या लाख बढी थियो। लामो समयपछि स्टेज चढेका पलको क्रेज शनिबार धनगढीमा बेग्लै थियो। धनगढी महोत्सवमा सहभागी भएर आइतबार पल कोहलपुर आइपुगे। बहिनी रोशनी शाहको रिसेप्सन पार्टीमा सहभागी हुन पल आइतबार कोहलपुर आइपुगेका हुन्। कोहलपुरको पाँचतारे होटल ‘सेन्ट्रल प्लाजा’मा रोशनीको विवाहको भव्य पार्टी आयोजना गरिएको थियो। रिसेप्सन पार्टीमा हजारौंको उपस्तिथि रहेको थियो। जब पल उक्त

डीआईजी र एसपी सरुवाको तयारी

काठमाडौं । गृह मन्त्रालयले सातै प्रदेशका प्रहरी प्रमुख (डीआईजी) हेरफेरको तयारी गरेको छ । हाल प्रदेशमा कार्यरत प्रहरी प्रमुखको अवधि एक वर्ष पुगेकाले नयाँलाई पठाउन लागिएको हो । हाल कोशीमा डीआईजी राजेश बाँस्तोला, मधेसमा जनक भट्टराई, बागमतीमा किरण राणा, गण्डकीमा बुद्धी गुरुङ, लुम्बिनीमा उमेशराज जोशी, कर्णालीमा भिम ढकाल तथा सुदुरपश्चिममा भरत बोहरा कार्यरत छन् । उनीहरुको ठाउमा नयांलाई पठाउने तयारी छ । डिआइजीहरू कुबेर कडायत, विष्णु केसी, यज्ञबिनोद पोखरेल, लालमणि आचार्य,विकासराज

वडा अध्यक्ष कार्की पाँच लाख घुससहित पक्राउ

बारा । जितपुरसिमरा उपमहानगरपालिका–३ का वडा अध्यक्ष तारा कार्की घुस रकमसहित पक्राउ परेका छन् । आज सोमबार कार्कीले एक स्थानीय ब्यपारीबाट जितपुरको एक मिठाइ भण्डारमा पाँच लाख घुस रकम लिँदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा कार्यालयले पक्राउ गरेको हो । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको हेटौँडा प्रमुख उमाकान्त आचार्यले जितपुरसिमरा उपमहानगरपालिका ३ का वडा अध्यक्ष घुस लिँदै गर्दा पक्राउ गरिएको बताए । कार्की एमालेबाट वडा अध्यक्षमा निर्वाचित भएका थिए ।

पूर्वराजा शाह दम्पती पश्चिम र मध्य क्षेत्रको भ्रमणमा जाँदै

काठमाडौं । पूर्वराजा ज्ञानेन्द्र शाह दम्पती पश्चिम नेपालको भ्रमणमा जाँदैछन् । पश्चिम र मध्य क्षेत्रका केही जिल्लाको भ्रमणका लागि शाह दम्पती आगामी हप्ता भैरवा जाने उनको संवाद सचिव डा.फणिराज पाठकले जानकारी दिए ।