प्रहरीका २५ एसएसपीले लगाए फूली, जिम्मेवारी तोक्न बाँकी
काठमाडौं: प्रहरी महानिरीक्षक बसन्त बहादुर कुँवरले प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) मा बढुवा भएका २५ जना प्रहरी अधिकृतहरूलाई दर्ज्यानी चिन्ह प्रदान गरेका छन । नेपाल प्रहरी प्रधान कार्यालयमा बुधबार आयोजित विशेष समारोहबीच कुँवरले दर्ज्यानी चिन्ह प्रदान गरेका हुन । गृहमन्त्री रमेश लेखकले बुधबार उनीहरुलाई बढुवा गर्ने निर्णय गरेका हुन् । तर उनीहरुको पदस्थापनको निर्णय भने भइनसकेको प्रहरी प्रवक्ता डीआईजी दिनेशकुमार आचार्यले बताए। एसएसपी बढुवा हुनेमा रमेश थापा, अजय केसी, अनुपम शम्शेर जबरा, बीर