विशेष समाचार

ललन सिंह भण्डारी ‘सुमित’ का दुई गजल

गजल-१ टेन्सन थियो र आज पिएर आएखल्तिको पैसा भट्टिमा दिएर आए पिइरहे पिइरहे पिउदा पिउदैं थाके जवफेरी पनी हातमा बोत्तल लिएर आए हान्न त हानेउ तिमीले नजरको तिरलेलाग्यो तिर मुटुमा फेरी जिएर आए तिमिले मलाई छोडेदेखी बोत्तल नै भयो मेरो साथी,च्यात्तिएको मुटुपनी आज फेरी सिएर आए । गजल- २ पिऊंदिन भन्थे तानी तानी पिलायौं तिमीले,हजारौंको भिडमा छानी छानी पिलायौं तिमीले त्यसैले त आज पिऊने मेरो बानी भयोहो साच्चै भन्छु जानी

घट्यो पेट्रोल-डिजेलको मुल्य,शनिवार बिहानवाट लागु हुने

काठमाडौं :सरकारले पेट्रोलियम पदार्थको मुल्य घटाएको छ। शनिबार बिहान एक बजेबाट लागू हुने गरी नेपाल आयल निगमले पेट्रोल र डिजेल, मट्टीतेलको मुल्य घटाएको हो। निगमले शुक्रबार एक विज्ञप्ति जारी गरी पेट्रोल, डिजेल तथा मट्टीतेल लिटरमा तीन/तीन रूपैयाँ घटाएको जानकारी दिएको हो। निगमका अनुसार इण्डियन आयल कर्पोरेसनले २९ मंसिरमा पठाएको नयाँ मूल्यमा पेट्रोलमा ३ रुपैयाँ ०७ पैसा र डिजेलमा ३ रुपैयाँ १६ पैसा मूल्य घटेर आएको छ । निगमले भने ३ रुपैयाँ मात्र मुल्य घटाएको छ ।

डीएसपीको काज सरूवा

काठमाण्डौं : नेपाल प्रहरीले प्रहरी नायब उपरीक्षक (डीएसपी) हरूको काज सरूवा गरेको छ। प्रहरी प्रधान कार्यालयले आवश्यकताअनुसार ७ जना डीएसपीहरुलाइ काजमा खटाएको हो। डीएसपीहरू गौरव महत इलाका प्रहरी कार्यालय चपुर रौतहट, एकनारायण कोइराला प्रहरी प्रधान कार्यालयअन्तर्गतको कार्य विभा, गगंगाबहादुर थापा इलाका प्रहरी कार्यालय बरथहवा सर्लाही, हरि वली जिल्ला प्रहरी कार्यालय कपिलवस्तु, लिलाराज लामिछाने सुर्खेत गण, एलिजा गिरी जिल्ला प्रहरी कार्यालय रौतहटमा र दामोदर केसी लुम्बिनी प्रदेश प्रहरी कार्यालयमा काज सरूवा

नक्कली शरणार्थी प्रकरण: खाणले बुझाए ३० लाख बैंक ग्यारेन्टी

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा उच्च अदालत पाटनको आदेश अनुसार धरौटीमा रिहा हुन लागेका पूर्व गृहमन्त्री तथा कांग्रेस नेता बालकृष्ण खाँणले बैङ्क ग्यारेन्टी बुझाएका छन् । शुक्रवार उनले अदालतको आदेश अनुसार नविल बैङ्कमार्फत बैङ्क जिल्ला अदालत काठमाडौँमा बैङ्क ग्यारेन्टी बुझाएका हुन् । बैङ्क ग्यारेन्टीबारे कारागारमा जानकारी गराएर पत्र लेखेपछि सम्पत्ति शुद्धीकरणमा उपस्थिति गराइने छ । खाँणलाई बिहीबार उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाले ३० लाख धरौटीमा छाड्न आदेश दिएसँगै छुट्‍न

फ्राइडे रिलिज : 'दुई कदम' र 'जम्प' हलमा

काठमाडौं : आज शुक्रबारबाट दुई नेपाली सिनेमाहरु एकसाथ प्रदर्शनमा आएका छन्। उदय सुब्ब निर्देशित ‘दुई कदम’ र आशुतोषध्वज कार्की निर्देशित ‘जम्प’ देशभर प्रदर्शनमा आएका हुन्। ‘दुई कदम’मा तारादेवी लिम्बूको लगानी छ। दयाराम घिमिरेले सिनेमाको कथा र पटकथा लेखेका हुन्। बिक्रम बिसीले खिचेको सिनेमालाई प्रवीण दाहालले सम्पादन गरेका छन्। सिनेमामा इओन लिम्बू, सिमोन गिरी, सुनिल थापा, गौरव पहारी, प्रेम सुब्बा, कविता आले, बुद्धि तामाङ लगायतका कलाकारहरुको अभिनय रहेको छ। यता ‘जम्प’भने

राष्ट्रियसभा निर्वाचनका लागि दल दर्ता गर्ने समय आज सकिदै

काठमाडौं । निर्वाचन आयोगले माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि दल दर्ताका लागि दिएको समय आज सकिँदै छ । संविधानको धारा २७१ बमोजिम निर्वाचनमा सहभागी हुन चाहने दलले आज कार्यालय समयभित्र दल दर्ता गरिसक्नु पर्ने आयोगले जनाएको हो । आयोगका अनुसार मंसिर २४ देखि २९ गतेसम्म दर्ता भएका दलले मात्रै राष्ट्रियसभा सदस्य निर्वाचनमा भाग लिन पाउनेछन् । एमाले, माओवादी केन्द्र, राप्रपा, जनमत पार्टी र नेमकिपा, जसपा, लोकपा नाउपा लगायतका दलले

सात सचिवको सरुवा

काठमाडौं । सरकारले ७ जना सचिवको सरुवा गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले संघीय मन्त्रालयअन्तर्गत विभिन्न निकायमा कार्यरत सचिवहरु सरुवा गर्ने निर्णय गरेको हो । मन्त्रिपरिषद बैठकले खानेपानी मन्त्रालयका सचिव रामआधार साहको राष्ट्रिय सतर्कता केन्द्रमा सरुवा गरेको छ भने केन्द्रमा रहेका सुरेश आचार्य खानेपानी मन्त्रालय सरुवा भएका छन् । यस्तै, कोशी प्रदेशका प्रमुख सचिव डा. दीपक काफ्ले संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा सरुवा भएका छन् ।यस्तै, नारायणप्रसाद शर्मा

बालकृष्ण खाणलाई ३० लाख धरौटीमा छाड्न उच्च अदालतको आदेश

काठमाडौँ । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका पूर्व गृहमन्त्री तथा कांग्रेसका नेता बालकृष्ण खाँणलाई धरौटीमा छोड्न उच्च अदालत पाटनले आदेश दिएको छ ।  उच्च अदालत पाटनका न्यायाधीश कृष्णराम कोइरालाको इजलासले यस्तो आदेश दिएको हो ।  जिल्ला अदालतको आदेशबमोजिम थुनामा रहेका खाँणलाई छाड्ने विषयमा मङ्सिर १५ गतेको सुनुवाइको क्रममा न्यायाधीशबिच राय बाझिएको थियो । १५ गते भएको आदेशमा न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलबिच राय बाझिएपछि तेस्रो न्यायाधीशको इजलासमा सुनुवाइ

एमाले सांसद लक्ष्मी महतोले पाए सफाई

जनकपुरधाम । थमन बिक हत्या प्रकरणमा अभियुक्त रहेका नेकपा एमाले प्रतिनिधिसभा सदस्य लक्ष्मी महतोले सफाइ पाएका छन् । जिल्ला अदालत महोत्तरीले उनीलाई सफाइ दिएको हो । २०७२ भदौ २५ गते मधेस आन्दोलनका क्रममा आन्दोलनकारीको तर्फबाट घाइते भएका सशस्त्र प्रहरीका असई विकलाई उपचारको लागि जलेश्वरबाट जनकपुर लग्दै गर्दा एम्बुलेन्सबाट थुतेर कुटपिट गरी हत्या गरेको भन्दै २८ जनामाथि ज्यान मुद्दाको अभियोग लागेको थियो।

हिमालयन रि इन्स्योरेन्सको आईपीओ खुल्यो

काठमाण्डौं : आजदेखि हिमालयन रि इन्स्योरेन्सको आईपीओमा आवेदन दिन सकिने छ । कम्पनीले आज बुधबारदेखि प्रिमियम मूल्यमा आईपीओ ल्याएको हो । कम्पनीले अंकित मूल्य एक सय रुपैयाँमा थप एक सय ६ रुपैयाँ थप गरी प्रतिकित्ता २०६ रुपैयाँमा आईपीओको बिक्री खुला गरेको हो । जसमा सर्वसाधारणले न्यूनतम १० कित्तादेखि अधिकतम ३ लाख कित्तासम्म आवेदन दिन पाउने छन् । कम्पनीले प्रिमियममा ल्याउन लागेको आईपीओ रोक्न माग गर्दै परेको रिटमा उच्च अदालत पाटनबाट