विशेष समाचार

२ किलो सुनसहित नागढुंगाबाट ३ जना पक्राउ

काठमाडौं । काठमाडौंको नागढुंगाबाट प्रहरीले दुई किलो सुन बरामद गरेको छ । रसुवा नाकाबाट अवैध रुपमा सुन काठमाडौं ल्याइँदै गरेको भन्ने विशेष सुचनाको आधारमा नगढुंगाबाट उक्त परिणामको सुन बरामत गरेको उपत्यका अपराध अनुसन्धान कार्यालय, काठमाडौंका एसएसपी सोमेन्द्रसिंह राठौरले बताए । उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको टोलीले सुन बरामद गरेर तीन जनालाई नियन्त्रणमा लिएको उनले बताए । प्रहरीले पक्राउ पर्नेहरुको नाम भने सार्वजनिक गरेको छैन ।

मंसिर २७ बाट हिमालयन रि इन्स्योरेन्सको आईपिओ बिक्री हुने

काठमाण्डौं : मंसिर २७ गते बुधवारदेखी हिमालयन रि इन्स्योरेन्स लिमिटेडले आईपीओ निष्काशन तथा बिक्री खुला गर्दैछ । कम्पनीले दोस्रो चरणमा सर्वसाधारणको लागि आईपीओ निष्काशन गर्न लागेको हो । कम्पनीले दश अर्ब रुपैयाँ जारी पूँजीको ३० प्रतिशतले हुन आउने तीन अर्ब रुपैयाँ बराबरको तीन करोड कित्ता शेयर जारी भएको छ। कम्पनीले प्रतिशेयर अंकित १०० रुपैयाँमा १०६ रुपैयाँ प्रिमियम थप गरी प्रति कित्ता २०६ रुपैयाँका दरले हुन आउने ६ अर्ब १८ करोड

सडक निर्माण नहुँदा  स्थानीयले निकाले विरोध र्‍याली

सुर्खेत । मङ्गलगढी–काँक्रेविहार सडक स्तरोन्नतिको काम रोकिएपछि यहाँका स्थानीयले प्रदेश राजधानी वीरेन्द्रनगरमा विरोध र्याली निकालेका छन् । लाटीकोइली युवा समाजको अगुवाइ र स्थानीयको सहभागितामा आज लाटिकोइलीबाट वीरेन्द्रचोक हुँदै मङ्गलगढीसम्म सरोकारवालाको ध्यानाकर्षण गर्दै दबाबमूलक विरोध र्‍याली निकालिएको हो । सडक कालोपत्र सुरु नगरी निर्माण कम्पनी सम्पर्कविहीन भएपछि विरोध र्‍याली निकालिएको समाजका सदस्य थोमस गौतमले बताउनुभयो । अठार महिनाभित्र सक्ने गरी काम सुरु भए पनि पाँच वर्षसम्म सडक निर्माण नहुँदा विरोध ¥याली

एनसेलको सेयर बिक्रीको अभिलेखीकरण नगर्न उच्च अदालतको आदेश

काठमाडौं । उच्च अदालत पाटनले दूरसञ्चार सेवा प्रदायक एनसेलको सेयर बिक्री नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रार कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । न्यायाधीश पुरुषोत्तमप्रसाद ढकालको इजलासले खरिद बिक्री भएका एनसेलका सेयरहरु २५ मंसिरसम्म दर्ता किताबमा दर्ता नगर्नु नगराउनू भनी कम्पनी रजिस्ट्रारको कार्यालयका नाममा अल्पकालीन अन्तरिम आदेश दिएको हो । यो प्रकरणमा अदालतले रिट निवेदक र विपक्षी दुवै पक्षलाई २५ मंसिर छलफलमा बोलाएको छ ।

नक्कली भुटानी शरणार्थी प्रकरण : ६ जना भए थुनामुक्त

काठमाडौं : उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा संलग्न ६ जना कारागारबाट रिहा भएका छन् । अदालतले तोकेको धरौटी बुझाउने ५ जना र साधारण ताखेरमा छाड्न आदेश भएका आशिष बुढाथोकी छुटेका हुन् । ६ जनालाई थुनामुक्त गरिएको केन्द्रीय कारागारका जेलर ललित बस्नेतले बताए । धरौटी तिरेर रिहा हुनेमा शमशेर मियाँ, नरेन्द्र केसी, हरिभक्त महर्जन, रामशरण केसी र सन्दीप रायमाझी छन् । सन्दीप रायमाझी पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझीका छोरा हुन्

सिनेमा 'दुई कदम'को ट्रेलर रिलिज

काठमाडौं : उदय सुब्बा निर्देशित सिनेमा ‘दुई कदम’को ट्रेलर रिलिज गरिएको छ। बुधबार राजधानीको वान सिनेमाजमा एक कार्यक्रमको आयोजना गर्दै निर्माण टिमले ट्रेलर रिलिज गरेको हो। २ मिनेट ३ सेकेन्ड लामो ट्रेलरमा सिनेमाका अधिकांश कलाकारहरुलाई देखाइएको छ। तथापि सिनेमाका नायक इओन लिम्बूलाई चाहिँ बढी नै स्थान दिइएको महशुस हुन्छ। इओन र सिनेमाकी नायिका सिमोन गिरी ट्रेलरमा हाबी छन्। इओनकी प्रेमिकाको रुपमा सिमोनलाई ट्रेलरमा देख्न सकिन्छ। अन्जान हुँदै सुरुभएको इओन र

सुन गाल्ने कारखानामा छापा, करिब ७ किलो सुन सहित  एकजना पक्राउ

काठमाडौँ । राजधानीको न्यूरोडबाट करिब ७ किलो अवैध सुन बरामद भएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धानको टोलीले गएराति कैलालीका पदमप्रसाद पाण्डेले सञ्चालन गरेको पर्ल गोल्ड प्रालिमा छापा मारेको हो । सो क्रममा प्रहरीले सञ्चालक ४१ वर्षीया पाण्डेलाई पक्राउ गरेको छ । कारखानामा तस्करीबाट ल्याइएको सुन गाल्ने गरेको प्रहरीको भनाइ छ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले पाण्डेलाई पक्राउ गरेर सुन जोख्ने कार्य भइरहेको बताए । प्रहरी

सहसचिवमा १५ जना उपसचिव बढुवा सिफारिस

काठमाडौं । सरकारले १५ जना उपसचिवहरूलाई सहसचिव पदमा बढुवाका लागि सिफारिस गरेको छ ।  सामान्य प्रशासन मन्त्रालय अन्र्तगत बढुवा सिफारिस समितिले ज्येष्ठता र कार्यसम्पादन मूल्याङ्कनका आधारमा नेपाल प्रशासन सेवाका उपसचिवहरूलाई राजपत्राङ्कित प्रथम श्रेणी(सहसचिव)मा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेहरूमा खिम बहादुर रायमाझी, कृष्ण बहादुर बस्नेत, सुवास चन्द्र सिवाकोटी, खिम बहादुर कुँवर, जयबहादुर भण्डारी, विष्णु प्रसाद पौडेल, विनोद लामिछाने, रामबाबु पुरी, केशवराज ढकाल,विष्णु प्रसाद ज्ञवाली, नारायण ढकाल, गोपाल

सोती हत्या प्रकरण : २३ जनालाई जन्मकैदको सजाय

काठमाडौं : चौरजहारी नगरपालिका सोती गाउँमा ३ वर्ष अघि भएको हत्या प्रकरणमा २३ जनालाई जन्मकैद हुनेभएको छ। रुकुम पश्चिम जिल्ला अदालतले नवराज बिकसहित ६ जनाको हत्यामा संलग्नलाई मंगलबार जन्मकैदको फैसला सुनाएको हो। हाल पुर्पक्षमा थुनामा रहेका २३ जनालाई न्यायाधीश खड्गबहादुर केसीको इजलासले जन्मकैदको फैसला सुनाएको हो। करिब साढे ३ वर्ष अघि प्रेमिका भेट्न गएका नवराजसहित ६ जनाको सोतीमा हत्या गरिएको थियो। घटनामा संलग्न भएको भन्दै जिल्ला सरकारी वकिलको कार्यालयले २

नयाँ जहाज खरिदमा करोडौं घोटाला

काठमाडौं । राजनीतिक दलका नेता र बिचौलिया दलालहरूलाई लोकतन्त्र फापे पनि नेपाल वायु सेवा निगमलाई भने लोकतन्त्र फाप्न सकेको छैन । निगमले नयां जहाज खरिद गर्दा करोडौ घोटाला हुने तथ्य फेला परेको छ । तत्कालीन पर्यटन मन्त्री प्रेम आलेले युवराज अधिकारीलाई निगमको कार्यकारी अध्यक्ष नियुक्त गर्दा करोडौँ रुपैयाँको चलखेल भएको प्रमाण पूर्व प्रधानमन्त्री एवं एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले फेला पारेपछि अधिकारीलाई मन्त्रिपरिषद्को बैठकले सजायस्वरुप बर्खास्त गरेको थियो । तर,