विशेष समाचार

दुई दिनमै ‘एनिमल’ले कमायो २३६ करोड

काठमाण्डौं: शुक्रबारबाट रिलिज भएको बलिउड फिल्म ‘एनिमल’ले दुई दिनको अवधिमा २३६ करोड भारतीय रुपैयाँ कमाएको छ ।उक्त चलचित्रले विश्वभरबाट शुक्रबार र शनिबारको अवधिमा २३६ करोड कमाएको हो । सन्दिप रेड्डी भांगाले निर्देशन गरेको फिल्ममा रणवीर कपुर, रश्मीका मन्दाना, बबी देवल ,अनिल कपुर , सन्दिप रेड्डी, शक्तृती कपुर तृप्ती डिमरी र परिणिती चोपडा लगायत चर्चित कलाकारको अभिनय रहेको छ । रिलिज भएको पहिलो दिन शुक्रबार ११६ करोड कमाएको ‘एनिमल’ले दोस्रो दिन

'रुम टु रिड'को बालिका शिक्षा कार्यक्रमले प्रभात माविका बालिकामा ल्याएको परिवर्तन

ज्ञानु संगम खड्का/ नेपालगन्ज : शुक्रबार बाँकेको बैजनाथ गाउँपालिका वडा नम्बर ५ स्थित प्रभात नमुना माध्यामिक विद्यालयको एक कक्षा कोठामा १५ जना बालिकाहरु गोल भएर मिलेर बसिरहेका देखिन्थे। कक्षा कोठा शान्त थियो। सबै बालिकाहरु अनुशासित भएर बसिरहेका थिए। बुझ्दा, उनीहरू ‘रुम टु रिड’द्वारा आयोजित ‘खुल्ला अन्तरक्रिया कार्यक्रम’को लागि उपस्थित हुनको लागि उक्त कोठामा बसेका रहेछन्। १५ जनासँगै भएपनि हल्ला नगरि बसिरहेका उनीहरू प्रभात माविका छात्राहरु रहेछन्। हाल उनीहरू मध्ये कोही

आफैँले बोकेको बन्दुक पड्किँदा दोलखामा एक युवकको मृत्यु

दोलखा : दोलखामा सिकार खेल्ने क्रममा भरुवा बन्दुक पड्किँदा एक जना युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा तामाकोशी गाउँपालिका-२, डाँडावारी झुलेका २० वर्षीय संजिव सार्की रहेको प्रहरीले जनाएको छ । ७ जना साथीसँग सिकार खेल्न जम्बोटे जंगलमा गएका संजिवले आफैँले चलाएको भरूवा भाँचिएर छातीमा छर्रा लागेर घाइते भएका थिए। सार्कीको आइतबार बिहान उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीले सार्कीसँगै सिकार खेल्न गएका अन्य ६ जनालाई नियन्त्रणमा

सोती घटनाको निरन्तर सुनुवाइ आजदेखि जिल्ला अदालतमा हुंदै

काठमाडौँ । रुकुम पश्चिमको सोती गाउँमा ६ जनाको हत्या भएको घटनामा आइतबारदेखि निरन्तर सुनुवाइ सुरु भएको छ । जिल्ला अदालतमा सुनुवाइ सुरु भएको रुकुम पश्चिम जिल्ला अदालतका सूचना अधिकारी गोविन्द प्रसाद कोइरालाले बताए । फैसला केन्द्रित सुनुवाइको पहिलो दिन सरकारी वकिलले बहस सुरु गरेका छन् । न्यायाधीश खड्क बहादुर के.सी. को इजलासमा जाहेरवालाको तर्फबाट सरकारी वकिलले बहस थालेका हुन् । प्रतिवादीका तर्फबाट बहसका लागी ९ जना कानुन व्यवसायी अदालतमा पुगेका

'गैर आवासीय नेपाली तारा २०२३' : पहिलो अडिसनबाट ४१ जना छनोट

दर्शन सुनार, दोहा :  यतिबेला कतारमा ‘गैर आवासीय नेपाली तारा’को चौथो संस्करण संचालन भइरहेको छ। राष्ट्रिय आविस्कार केन्द्र सहयोगार्थ आयोजना गरिएको यस् कार्यक्रमको पहिलो अडिसन सम्पन्न गरिएको छ। पहिलो असिसनमा गायन विधाका ४७ र नृत्य विधाका २१ जना सहभागी थिए। जसमध्ये, गायनमा २७ र नृत्य विधामा १४ जना गरि कुल ४१ जना दोस्रो चरणको अडिसनका लागि छनोट भएका छन्। गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतार र तमु (गुरुङ)

बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु, स्थानीयद्वारा बसमा आगजनी

बुटवल । रुपन्देहीमा स्कुल बसको ठक्करबाट २ जनाको मृत्यु भएको छ । लुम्बिनी सांस्कृतिक नगरपालिका वडा नम्बर ४ महुवारीमा आज बिहान सिद्धार्थ बोर्डिङ स्कुलको लु १ क १७७८ नम्बरको बसले लु ३७ प ८४८२ नम्बरको मोटरसाइकललाई पछाडिबाट ठक्कर दिँदा मोटरसाइकलमा सवार २१ वर्षीय मोहम्मद इर्साद र २१ वर्षीया रुक्सना खातुनको मृत्यु भएको हो । बसको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा परी २०

रहस्य कतिकति

टहटह जून लागेको रात । हरिशरण शौचालयबाट निस्किएर घरतर्फ लम्कियो । शौचालय र घरको दूरीबीच चोया बाँसको झ्याङ थियो । बाँसको झ्याङ दायाँ भएर घरको बाटो आँगनतिर उक्लिन्थ्यो । हरिशरण ठ्याक्कै बाँसको झ्याङमा के आइपुगेको थियो, माथि आकाशतिरबाट अनौठो खोला सुसाएको जस्तो स्याँ… आवाज आयो । उसले आकाशतिर हेर्यो । जूनको उज्यालोमा भुईंतिर नुहेका बाँसका टुप्पाहरू र ससाना पातहरू बिनाबतासै हल्लिरहेका थिए ! हरिशरणको सातो जान पनि पाएको थिएन कि

गाजामा फेरी युद्ध सुरु, १ सय ७८ प्यालेस्टिनीको मृत्यु

गाजा । सात दिनको युद्धविरामपछि इजरायल र हमासबिच फेरि युद्ध सुरु भएको छ । इजरायल र हमास दुवैले एकअर्काका कारण युद्धविराम लम्ब्याउन नसकिएको आरोप लगाएका छन् । यसैबिच हमासको स्वास्थ्य मन्त्रालयले इजरायलले गाजामा पुनः बमबारी सुरु गरेपछि अहिलेसम्म १७८ प्यालेस्टिनीको मृत्यु भएको जनाएको छ । उता इजरायलले पनि २ सयवटा ‘आतंकवादी लक्ष्य’ मा आक्रमण गरेको बताएको छ। युद्धविराम लम्ब्याउने वार्तासँग सम्बन्धित एक स्रोतले बीबीसीलाई बताए अनुसार कतारमा इजरायल र हमासबीच युद्धविराम लम्ब्याउने

भुटानी शरणार्थी प्रकरण:आइतबार ७ जना धरौटीमा रिहा हुँदै

काठमाडौं । उच्च अदालत पाटनले नक्कली भुटानी शरणार्थी प्रकरणमा ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको छ । न्यायाधीश जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासले हरिभक्त महर्जनसहित ७ जनालाई धरौटीमा रिहा गर्न आदेश दिएको हो ।  हरिभक्त महर्जनसँग १५ लाख, शमशेर मियाँसँग, १० र आशिष् बुढाथोकीसँग ३० लाख धरौटी माग गरिएको छ । त्यस्तै गरी, टेकनाथ रिजालसँग १५ लाख, रामशरण केसीसँग १५ लाख र नरेन्द्र केसी १० लाख र

खेलकर्मी क्षेत्रीको पुस्तक सपना, विश्वास र अठोट लोकार्पण

काठमाण्डौं : मिस नेपाल आयोजक हिडन ट्रेजरका पूर्वअध्यक्ष तथा खेलकर्मी सुवर्ण क्षेत्रीको संस्मरण पुस्तक ‘सपना, विश्वास र अठोट’ विहीवार काठ्माडौँमा लोकार्पण भएको छ । खेलकर्मी क्षेत्रीले लेखेको उक्त पुस्तकमा खेल पत्रकारिता, नेपाली खेलकुद्, जेसिज यात्रा र मिस नेपाल प्रतियोगिताको अनुभवहरु समेटिएको छ ।नेपालले पहिलो पदक जितेको अन्तर्राष्ट्रिय प्रतियोगिता एसियाली खेलकुद (एसियाड) मा सेभ दि मिसन हुँदाको अनुभवलाई पनि क्षेत्रीले आफ्नो पुस्तकमा समेटेका छन् । क्रियटिभ बुक्सले प्रकाशन गरेको क्षेत्रीको आत्मकथा