सूर्यको पूजा आराधना गरी छठ मनाइँदै
काठमाडौं । छठ पर्वको मुख्य दिन आज साँझ अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइँदैछ । ब्रतालुले आज रातभर जाग्राम बसेर भोलि बिहान उदाउँदो सूर्यलाई अर्घ्य दिन्छन् । छठ पर्वको मुख्य दिन अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ दिइन्छ भने त्यसको भोलिपल्ट बिहान उदाउँदो सूर्यलाई अर्घ दिएर छठ समापन गरिन्छ । छठका लागि तराईका नदी, खोला, पोखरी सिँगारिएका छन्।छठको अवसरमा सरकारले आज सार्वजनिक बिदा दिएको छ । राजधानीका गौरीघाट, कमलपोखरी,