चौबिस घण्टाभित्र सरुवा भएको ठाउमा नगए कारबाही गरिने
काठमाडौँ । नेपाल प्रहरीले तोकिएको स्थानमा पदस्थापन वा सरुवा भएका कर्मचारीहरुलाई तत्काल तोकिएको स्थानमा २४ घण्टाभित्र नगए कारबाही हुने जनाएको छ । नेपाल प्रहरीले तोकिएको स्थानमा पदस्थापन वा सरुवा भएका कर्मचारी प्रहरी प्रधान कार्यालय र अनुकूल स्थानमा सोर्समा बस्दै आएकाले सोमबारबाट लागु हुने गरी रवाना लिन निर्देशन दिएको हो। उनीहरुलाई तत्काल तोकिएको स्थानमा नगए कारबाही हुने जानकारी दिँदै सबैलाई पत्राचार गरेको प्रहरी प्रधान कार्यालयले जनाएको छ। नेपाल प्रहरी प्रधान कार्यालय