विशेष समाचार

फिर्के खोला मिचेर बनाइएका घर भत्काउन पोखरा महानगरको ३५ दिने अल्टिमेटम

काठमाडौं । पोखरा महानगरपालिकाले फिर्केखोला मिचेर बनेका संरचना हटाउन निर्देशन दिएको छ । ३५ दिने सार्वजनिक सूचना जारी गर्दै महानगरले तोकिएको समयभित्र अवैध संरचना हटाउन निर्देशन दिएको हो । ‘पोखरा महानगरपालिका वडा नं १८ को अन्धेरीकुनादेखि वडा नं २, ४, ५, ८, ७, १७ हुँदै वडा नं ६ गाईघाट पुगेर फेवातालमा मिसिने फिर्केखोलाको खोलाघरभित्र पर्ने स्थायी तथा अस्थायी संरचनाहरू (यस अघि महानगरबाट खटिएको प्राविधिक टोलीले स्थलगत नापजाँच गरी पोल गाडिएकोभन्दा

आज बडा दशैंको अन्तिम दिन

काठमाडौं । नेपालीहरुको महानपर्व बडा दशैं आजबाट समापन हुँदैछ । गत असोज २८ गते घटस्थापना गरेर सुरु भएको बडा दशैं कोजाग्रत पुर्णिमासँगै समापन हुन लागेको हो । नेपालीहरुले भव्यरुपमा मनाउने बडादशैँ पर्व धनधान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधनासहित रातमा जाग्राम बसेपछि आजदेखी समापन हुनेछ । आश्विन शुक्ल पूर्णिमाका दिन मनाइने कोजाग्रत पूर्णिमा आज साँझ सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना गरिनेछ, जसका लागि रातभर जाग्राम बस्ने प्रचलन रहदैँ आएको छ

इजरायली आक्रमणमा कम्तीमा ७ हजारको मृत्यु

एजेन्सी । अक्टोबर ७ मा इजरायलमाथि प्यालेष्टिनी कट्टरपन्थी इस्लामिक लडाकू समूह (हमास)ले गरेको आक्रमणपछि गाजामा इजरायली आक्रमणमा परी कम्तीमा सात हजार २८ जनाको मृत्यु भएको प्यालेष्टिनी स्वास्थ्य मन्त्रालयले जनाएको छ । सन् २००५ मा इजरायलले गाजामा एकतर्फी रूपमा आक्रमण रोकेको घोषणा गरेपछि भएको युद्धमा दुई हजार ९१३ बालबालिका र एक हजार ७०९ महिलासहित सात हजारभन्दा बढी प्यालेष्टिनी मारिएका छन् । अक्टोबर ७ मा हमास लडाकूले हवाई, स्थल तथा जलमार्गबाट एकैसाथ

चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको हृदयाघातका कारण निधन

काठमाडौँ । चीनका पूर्व प्रधानमन्त्री ली खछ्याङको आज बिहान सांघाईमा निधन भएको छ। चिनियाँ कम्युनिस्ट पार्टीको १७औँ, १८औँ र १९औँ केन्द्रीय समितिका राजनीतिक ब्यूरोका स्थायी समितिका सदस्यसमेत रहेका लीको हृदयाघातका कारण निधन भएको हो ।  पछिल्ला दिनहरुमा सांघाईमा आराम गरिरहेका  लीलाई बिहीबार अचानक हृदयाघात भएको थियो ।  सबै उद्धारका उपायहरू असफल भएपछि स्थानीय समय अनुसार गए राति १२ः१० मा उनलाई मृत घोषणा गरिएको थियो ।  उनको ६८ वर्षको उमेरमा निधन

दशैको तेस्रो दिन आज पनि टीका–जमरा लगाएर आशीर्वाद थाप्ने क्रम जारी

काठमाडौँ । आज आश्विन शुक्ल द्वादशीका दिन पनि नवदुर्गाको प्रसाद स्वरूप टीका थाप्न र आशीर्वाद लिन मान्यजनका घरमा जाने क्रम जारी छ ।  नौ दिनसम्म पूजा आराधना गरी देवी विसर्जन गरेपछि विजयादशमीका दिनदेखि सुरु भएको प्रसाद लगाउने र मान्यजनबाट आशीर्वाद लिने क्रम कोजाग्रत पूर्णिमाका दिनसम्म जारी रहन्छ।  पश्चिम नेपालका केही जिल्लामा भने विजयादशमीका दिन मात्र दुर्गाको प्रसाद लगाउने र आशीर्वाद थाप्ने प्रचलन रहेको छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिले भने

स्कुटर दुर्घटनामा श्रीमतिको मृत्यु,श्रीमान घाइते

मकवानपुर । काठमाडौं कुलेखानी हेटौँडा सडकखण्डअन्तर्गत मकवानपुर जिल्लाको भीमफेदी गाउँपालिका वडा नं ६ जुरीखेतमा काठमाडौँबाट हेटौँडा आउँदै गरेको ०२–०२७–प ४८४२ नं को स्कुटर बुधबार दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको र एक पुरुष घाइते भएको छ । जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीका अनुसार स्कुटर चालक काठमाडौँ महानगरपालिका–२७ बस्ने वर्ष ६५ का शशीराज पाण्डे घाइते भएका र उनको उपचार हेटौँडा अस्पतालमा भइरहेको । उनकी पत्नी ६२ वर्षीया राज्यश्री

कुटपिटबाट घाइते भएका सल्यानका युवकको मृत्यु

दाङ । कुटपिटबाट घाइते भएका सल्यानका एक युवकको उपचारका क्रममा मृत्यु भएको छ । दाङको बागचौर नगरपालिका–७ कोटबाराका २० वर्षीय घनश्याम वलीमाथि बागचौर–८ स्यालाका २५ वर्षीय केशर वली र २३ वर्षीय सन्तोष वलीले कात्तिक ४ गते कुटपिट गरेका थिए । कुटपिटबाट शक्त घाइते घनश्यामको उपचारका क्रममा बुधबार बिहान भारतको लखनउमा मृत्यु भएको खबर आएको जिल्ला प्रहरी प्रमुख डिएसपी नवीन कार्कीले बतए । उनका अनुसार कुटपिटमा संलग्नमध्ये सन्तोष पक्राउ परेका छन्

सवारी दुर्घटना हुँदा धादिङमा १७ जना घाइते

धादिङ । धादिङमा बुधवार मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक(डिएसपी) सन्तुलालप्रसाद जैसवारका अनुसार धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा६०प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौँतर्फ नै जाँदै

जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ

जनकपुरधाम । जनकपुरबाट पेस्तोलसहित एक किशोरी पक्राउ परेकी छन् । पक्राउ पर्नेमा भारतको बिहार राज्य जिल्ला लख्खी शेराई ग्रामपञ्चायत बडीपोखरी वडा नं.९ बस्ने पप्पु सहनीकी छोरी अन्दाजी १६ वर्षीया पूजा कुमारी सहनी रहेको प्रहरीले जनाएको छ । जनकपुरधामको रेल्वे स्टेसननजिक हनुमान मन्दिरबाट मंगलबार साँझ करिब ८ बजेतिर उनलाई सशस्त्र प्रहरीले पक्राउ गरेको हो । रेल्वे सुरक्षा बेस जनकपुरबाट खटिएको सशस्त्र प्रहरी टोलीले विशेष सूचनाको आधारमा चेकजाँच गर्दा उनको साथबाट एक

पाल्पा जिप दुर्घटनामा मृत्यु हुने सबैको पहिचान खुल्यो

पाल्पा । पाल्पाको रानीमहल नजिकै भएको जीप दुर्घटनाका मृत्यु भएका सबैको पहिचान खुलेको छ । आइतबार साँझ करिब ५ बजेतिर भएको दुर्घटनामा परी मृत्यु हुनेमा नवलपरासीको देवचुली नगरपालिका–१६ का रजघराका ६५ वर्षीय कृष्णबहादुर लोहनी, ३५ वर्षीया सविना धिताल, ५५ वर्षीया पार्वती लोहनी, ११ वर्षका सविस लोहनी, साढे दुई वर्षका इशव लोहनी र लम्जुङको बेसीशहर नगरपालिका–२ बस्ने ५५ वर्षीया चुना धिताल रहेको प्रहरीले जनाएको छ । घटनामा गम्भीर घाइते भएका चालक