सवारी दुर्घटना हुँदा धादिङमा १७ जना घाइते
धादिङ । धादिङमा बुधवार मात्रै अलग अलग चार स्थानमा सवारी दुर्घटना हुँदा १८ जना घाइते भएका छन् । पृथ्वी राजमार्गअन्तर्गत गल्छी गाउँपालिका–४ चिरौदी पुल नजिक तीन सवारी साधन एकापसमा ठोक्किएर भएको दुर्घटना हुँदा १२ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक(डिएसपी) सन्तुलालप्रसाद जैसवारका अनुसार धादिङबाट काठमाडौंतर्फ जाँदै गरेको बा३ख ८३९५ नम्बरको बसले विपरीत दिशाबाट आउँदै गरेको बा६०प ४८६९ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा काठमाडौँतर्फ नै जाँदै