विशेष समाचार

प्रधानमन्त्री प्रचण्ड जोमसोममा

प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ बुधबार बिहान मुस्ताङको जोमसोम गएका छन्। जलवायु परिवर्तन र हिमाली क्षेत्रको तापमान वृद्धिका असरहरूबारे अध्ययन र स्थानीय जनतासँग अन्तरक्रिया गर्न प्रधानमन्त्री प्रचण्ड बुधबार बिहानै जोमसोम गएका हुन्। ‘मुस्ताङमा प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोष र अन्नपूर्ण संरक्षण क्षेत्रका अधिकारीसँग अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ,’ प्रधानमन्त्रीका प्रेस विज्ञ मनहरि तिमिल्सिनाले जानकारी दिएका छन्। प्रधानमन्त्री प्रचण्ड आजै काठमाडौं फर्कने छन्।

मुख्यमन्त्री कार्कीले आज विश्वासको मत लिने

काठमाडौं। कोसी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले आज विश्वासको मत लिने भएका छन् । सत्तारुढ गठबन्धनवाट बिद्रोह गरी नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री भएका कार्कीले आज बिश्वासको मत लिन लागेका हुन् । गठबन्धन भन्दा बाहिर रहेको एमालेको समर्थनमा संविधानको धारा १६८ को उपधारा (५) बमोजिम उनी मुख्यमन्त्री नियुक्त भएका थिए । उनै नवनियुक्त मुख्यमन्त्री कार्कीले आज संविधानको धारा १६८ को उपधारा (४) बमोजिम विश्वासको मत लिन लागेका हुन् । जसका लागि आज

मुस्ताङमा हिउँ पर्‍यो

जोमसोम । मुस्ताङका उच्चलेंकमा सोमबार राति हिमपात भएको छ । उपल्लो मुस्ताङ हिमपात हुँदा यो वर्ष जाडो ह्वात्तै बढेको छ । जिल्लाको लोघेकर दामोदरकुण्ड र लोमान्थाङ गाउँपालिका क्षेत्रमा सोमबार राति आशिंक हिमपात भएको लोमान्थाङ गाउँपालिकाका कर्मचारी उदय तिमिल्सिनाले जानकारी दिए । लोघेकर दामोदरकुण्डको घिलिङदेखि माथिल्लो उत्तरी क्षेत्र कोरलासम्म हिउँ परेको उनले बताए । उपल्लो मुस्ताङमा असोजमै पहिलो पटक हिउँ परेको गाउँपालिका अध्यक्ष टसीनर्बु गुरुङले जानकारी दिए । हिमपात भएसँगै बस्तीमा

आज नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको पूजा गरिँदै

काठमाडौं । बडा दशैँ एवं नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदैछ । नव दुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार भएको घण्ट लिने भएकाले नै यिनको नाम चन्द्रघण्टा रहन गएको भन्ने विभिन्न पौराणिक एवं धर्मशास्त्रीय ग्रन्थमा उल्लेख गरिएको छ । यस्ती देवीको पूजा आराधनाले शक्ति प्राप्त हुने भएकाले नवरात्रका अवसरमा विशेष पूजा आराधना गर्ने गरिएको नेपाल संस्कृत विश्वविद्यालयका पूर्व

झापा जाँदै गरेको हायस दुर्घटना,१८ जना घाइते

उदयपुर । काठमाडौंबाट झापातर्फ जाँदै गरेको हायस मदन भण्डारी राजमार्गअन्तर्गत उदयपुरको कटारी–गाईघाट सडक खण्डको अधेरीमा दुर्घटना भएको छ । जिल्ला ट्राफिक कार्यालय उदयपुरका अनुसार प्र. १–०२–०००४ क २०७६ नम्बरको हायसको पछाडिको चक्का खुस्केर दुर्घटनामा परेको हो । दुर्घटनामा परि चालकसहित १८ जना घाइते भएका छन् । घाइते मध्ये तीन जनाको अवस्था चिन्ताजनक छ । चालक सिन्धुलीको सुनकोशी–५ का २३ वर्षीय सागर ठकुरी र पाँचथरको फिदिम ननगरपालिका– ६ का ७२ वर्षीय

३ महिनादेखि तलब नपाएपछी धनुषा हुलाकका कर्मचारी उत्रिय आन्दोलनमा

जनकपुरधाम । तलब नपाएपछि जिल्ला हुलाक कार्यालय धनुषाका कर्मचारीले आन्दोलन थालेका छन् । पहिलो चरणको आन्दोलनअन्तर्गत उनीहरू कार्यालय अगाडि काम ठप्प पारेर धर्नामा बसेका छन् । कर्मचारी मनिता महतोले चाडपर्वको मुखमा तलब नदिएको भन्दै आन्दोलनका लागि बाध्य भएको बताइन् । उनले भनिन्, ‘तलबका लागि पटक-पटक कार्यालय प्रमुखसँग आग्रह गर्‍यौं । तर उहाँ कुनै वास्ता गरिराख्नु भएको छैन ।’ जिल्ला हुलाक कार्यालयमा ५० जनाबढी कर्मचारी छन् । उनीहरूले तीन महिनादेखि तलब

खाद्यद्धारा च्यांग्रा र खसीबोकाको मूल्य निर्धारण

काठमाडौं । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले खसीबोका र च्यांग्राको मूल्य निर्धारण गरेको छ । आज बसेको कम्पनीको सञ्चालक समितिको बैठकले जिउँदो खसी र बोकाको मूल्य प्रतिकेजी ६८० कायम गरेको छ भने च्यांग्राको मूल्य प्रतिकेजी एक हजार २६० रुपैयाँ निर्धारण गरेको छ । यो मूल्यमा १० रुपैयाँ छुट दिने निर्णय भएको कम्पनीकी प्रवक्ता शर्मिला न्यौपाने सुवेदीले जानकारी दिइन् । कम्पनीले धादिङ, मकवानपुर र दाङबाट खरिद गरेर खसीबोका र च्यांग्रा

महामन्त्रीद्वयले भने- कोशी घटनाको जिम्मेवारी सभापतिले लिनुपर्छ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले कोशी प्रदेश सरकार गठन घटनाको जिम्मेवारी सभापति शेरबहादुर देउवाले लिनुपर्ने बताएका छन् । सोमबार सभापति देउवाले कोशी घटनाबारे छलफल गर्न महामन्त्री थापा र शर्मालाई आफ्नो निवासमा बोलाएका थिए । छलफलपछि महामन्त्रीद्वयले कोशीमा अहिले परिस्थिति देखापर्नुमा सबैभन्दा ठूलो कमजोरी सभापतिबाटै भएको बताए ।कोशीमा कांग्रेसममा विद्रोह गरेका ८ र एमालेका ३९ सांसदको समर्थनमा केदार कार्कीले मुख्यमन्त्रीमा दाबी पेश गरेका थिए । र,

कोशीमा मन्त्रिपरिषद् गठन, शम्शेर र रामबहादुर बने मन्त्री

विराटनगर : कोशी प्रदेशमा तीन सदस्यीय मन्त्रिपरिषद् गठन भएको छ । नवनियुक्त मुख्यमन्त्री केदार कार्कीले तीन सदस्यीय मन्त्रिपरिषद् गठन गरेका हुन् । उनले एमाले र कांग्रेसका एक–एक जनालाई मन्त्री बनाएका छन् । जसअनुसार कार्कीको शपथपछि प्रदेश प्रमुखले शम्शेर राई र राम बहादुर रानाले पनि मन्त्रीको शपथ लिएका हुन् । मगर एमाले र राई विद्रोही काँग्रेस हुन् ।  कार्की शनिबार मुख्यमन्त्री नियुक्त भएका हुन् । उनी कांग्रेसका ८ सांसदको विद्रोह र एमालेको

कोशी प्रदेशका मुख्यमन्त्रीले लिए शपथ

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री केदार कार्कीले पद तथा गोपनीयताको शपथ लिएका छन् । आइतबार प्रदेश प्रमुख परशुराम खापुङले कार्कीलाई एक विशेष समारोहका बीच पद तथा गोपनीयताको शपथ दिलाएका हुन् । कार्की शनिबार कोशीको मुख्यमन्त्री नियुक्त भएका थिए ।