एक वर्षमा बैदेशिक रोजगारीमा रहेका १३ सय बढी नेपालीको मृत्यु
काठमाडौँ । पछिल्लो एक वर्षमा वैदेशिक रोजगारीका लागि विभिन्न देशमा गएका एक हजार तीन सयभन्दा बढी नेपालीले ज्यान गुमाएका छन् । गत आर्थिक वर्ष २०८०/०८१ मा विभिन्न कारणले एक हजार ३७८ जना नेपालीले ज्यान गुमाएका हुन । वैदेशिक रोजगार बोर्डको तथ्यांक अनुसार मृत्यु हुनेमा सबैभन्दा बढी विभिन्न रोग लागेका छन् । विभिन्न रोग लागेर २६१ जना नेपालीले ज्यान गुमाएका छन् । त्यसपछि आत्महत्या १९२, प्राकृतिक मृत्यु १९१, हृदयाघात १२०, सवारी दुर्घटनामा